शुक्रवार, बैशाख १४ गते, २०७५
सकारात्मक नेतृत्व विकास विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न ।
आइतवार, २०७४ बैशाख १६ गते ०४:३१

काठमाण्डौ, १६ बैशाख । लिस्नर्स क्लव नेपालद्धारा आयोजित सकारात्मक नेतृत्व विकास सम्वन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।



‘इष्टर्न रिसर्च इन्सिच्यूट अफ पोजिटिभ साइन्स (इरिप्स)’ संयोजकत्वमा ‘इरिप्स’को सभाहलमा  चलेको तालिममा विभिन्न क्षेत्रका २५ जनाको सहभागिता रहेको थियो ।

मानिसहरुमा नकारात्मक सोचाई बढ्दै गएकाले सकरात्मक सोचाईको बिकास गरी असल नेतृत्व निर्माण गर्न उत्प्रेरणा मिलोस तथा समाजको हरेक क्षेत्रमा नेतृत्व वहन गर्न विशेष गरि युवा वर्गलाई लक्षित गरि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको क्लवका अध्यक्ष हरिराम पौडेलले बताए । 



अन्र्तक्रिया कार्यक्रमले सहभागीहरुको सोचमा परिवर्तन ल्याई सकारात्मक सोचको विकासका साथै सकारात्मक नेतृत्व क्षमता वृद्धि भएमा अन्र्तक्रिया कार्यक्रम सफल हुने सामुदायिक रेडियो प्रशारक संघका कार्यकारी निर्देशक तथा अन्र्तक्रिया कार्यक्रमका सहजकर्ता डा. रामचन्द्र लामिछानेले बताए । 



अन्र्तक्रिया कार्यक्रममा लिस्नर्स क्लव नेपाल कि संरक्षक रोजु अधिकारी, पूर्व अध्यक्ष उत्तम भट्टराई, क्लवका कार्यसमितिका पदाधिकारीहरु, आजीवन तथा साधारण सदस्यहरु, चर्चित गायक तथा संगीतकार नारायण सुवेदी, गंगाधर पराजुली, गजलकार मिलन कोइराला लगायतको सहभागिता रहेको थियो । 






क्लवद्धारा आयोजित यस्ता खाले कार्यक्रमहरुले सकारात्मक सोचको विकास गरि समाजमा सकारात्मक संचार प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सहभागीहरुले बताए । 

‘इरिप्स’ले सकारात्मक नेतृत्व विकास, गुणस्तरीय शिक्षाका लागी  विद्यालय व्यवस्थापन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, परियोजना संचालन तथा प्रस्तावपत्र लेखन, मानवअधिकार, विकासमा अधिकारमुखी अवधारणा लगायत अन्य  विभिन्न क्षेत्रमा तालिम, कार्यशाला गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम संचालन गर्दै आइरहेको छ । 

तपाइँको कतिको सकारात्मक हुनुहुन्छ ? अब आफैंलाई प्रश्न पो गर्ने की । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: फिचर
26.   विजयादशमिको पहिलो दिन घटस्थापना
27.   कस्तो फोटो मान्य हुन्छ डिभी लटरीमा ?
28.   नर्बेमा मध्यरातमा घाम ?
29.   विदेशमा ज्यान गुमाउनेको डरलाग्दो तथ्याङ्क
30.   इन्टरनेटबाट मितेरी साइनो
31.   वाह् सेक्स टोय
32.   अञ्जूको वियोगान्त कथा
33.   कतारमा मल अफ एसिया
Results 33: You are at page 2 of 2
First Prev 1 2

Powered By : Unitech Media