मंगलवार, मंसिर २६ गते, २०७४
बुधवार, २०७४ बैशाख १२ गते ०४:२२

नवीन पोखरेल, लन्डन । दुई वर्षअघि आजकै दिन (अप्रिल २५) नेपाल महाभूकम्पको चपेटामा पर्‍यो । ७.८ म्याग्नेच्यूडको भूकम्पले करिब ९ हजार मारिए भने झण्डै २४ हजार घाइते भए । ५ लाख बढी भवन क्षतिग्रस्त भएको अनुमान छ । 
 
उक्त प्राकृतिक विध्वंशमा चमत्कारिक रुपमा बाँचेका ९ जनाको कथा समेटेर तयार पारिएको वृत्तचित्र पहिलो पटक लन्डनमा प्रदर्शन भएको छ, त्यो पनि बेलायती संसद भवनभित्र । निर्देशक गणेश पाण्डे संसद भवनभित्र आफ्नो वृत्तचित्रबारे बेलिविस्तार लगाउँदा सपना झैं ठानिरहेका थिए । ‘बेलायतको संसद भवनमा मेरो वृत्तचित्र देखाइएला भन्ने त कल्पना पनि थिएन’, पाण्डेले भने, ‘यस्तो ऐतिहासिक अवसर दिलाइदिने एसएनपी सांसद स्टेफेन गेथिन्स् र आयोजकप्रति आभारी छु ।’
 
कमिटी रुम ६ भित्र वृत्तचित्र प्रदर्शनीका क्रममा बेलायती सांसद भने सहभागी हुन पाएनन् । बेलायतमा जुन ८ मा आमनिर्वाचन गर्ने तयारी तीव्र भइरहँदा सांसदहरुलाई आचारसंहिताले रोकेर डकुमेन्ट्री हेर्न उनीहरु अनुपस्थित रहे । 
 
कार्यक्रममा निर्देशक पाण्डेले करिब ४५ मिनेट लामो र १३ विभिन्न भाषामा सबटाइटल भएको उक्त वृत्तचित्रले १५ वटा अन्तर्रास्ट्रिय अवार्ड जितिसकेको बताए । ३२ मुलुकका ६० भन्दा बढी चलचित्र महोत्सवमा छानिइसकेको पाण्डेले जनाए । उक्त वृत्तचित्र अमेरिका, अस्ट्रेलिया र केही युरोपेली देश गरी एकसय भन्दा बढी स्थानमा प्रदर्शन भइसकेको छ । वृत्तचित्रले महाभूकम्पको त्रासदी, बाँचेकाहरुको रोदन, तिनले स्मृतिमा साँचेका कहालीलाग्दो अनुभव र भूकम्प इतिहास खोतल्ने प्रयास गरेको छ । 

 
कार्यक्रममा प्रमुख अतिथि लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरनले आफू महाभूकम्पको प्रत्यक्ष साक्षी भएको स्मरण गर्दै नेपाल सरकारले पुनर्निर्माणलाई विशेष प्राथमिकता दिएको बताए । उनले सरकारको नीतिगत र व्यवस्थापकीय प्रबन्धपछि पुनर्निर्माण प्राधिकरण पुनर्निर्माणमा जुटिसकेको उल्लेख गरे । 
 
वृत्तचित्र प्रदर्शनीपछि भूकम्पमा परेर दिवंगत भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्न मौनधारण समेत गरियो । प्रदर्शनीपछि भावुक देखिएका केही सहभागीले वृत्तचित्रमा समेटिएका पात्रलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने चासो समेत देखाएका थिए । 
 
उक्त अवसरमा कार्यक्रम संयोजन गरेका यूके नेपाल फ्रेण्डसीप सोसाइटीका कार्यकारी निर्देशक एलान सान्का र नेपाल पर्यटन बोर्डका यूके प्रतिनिधि पशुपति भण्डारी, लिटिल शेर्पा फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत जेम्स् ल्याम्ब लगायतले भूकम्प अनुभव साँटेका थिए । कार्यक्रममा नेपाल पर्यटनसम्बन्धी भिडियो पनि देखाइयो । 
 
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
1.   चलचित्र घनचक्करका लागि जेविडिसी अनुबन्धित, अरु कलाकार फाइनल हुनै बाकी
2.   कर्ण शाक्यको ‘म नागरिक कसरी बनौ’ सार्वजनिक (गितसहित)
3.   सानै उमेरमा चर्चा बटुलेका गायक मेक्सम भन्छन–‘संगीत मेरो सपना हो’
4.   कुलतमा फसेपछि ठडिएको ‘पर्खाल’ले रुवायो दर्शकलाई
5.   कतारमा राष्ट्रिय कलाकारहरु सम्मानित
6.   विसंगतिले भत्काएको नेपाली समाजको‘पर्खाल’ कार्तिक १४ र १५ गते नाचघरमा जोडिंदै
7.   नेपाल आइडलका निर्देशक पौडेलसहितको प्राविधिक टोली कतारमा
8.   अमेरिकामा ‘भाग्यले बाँचेकाहरु’ ले जित्यो उत्कृष्ट डकुमेन्ट्री अवार्ड
9.   नेपाल आइडलको ग्राण्ड फिनाले कतारमा हुँदै
10.   छक्का पञ्जा-२ को नयाँ गीत 'नसमाउ नाडीमा' सार्वजनिक (भिडियोसहित)
11.   विश्वचर्चित गायक चेस्टर बेनिङ्गटनले गरे आत्महत्या
12.   युवा व्यवसायी आचार्यको तीजको कोसेली ‘कोही भन्दा छैनौ कम’ (भिडियोसहित)
13.   'मिसेस मंगोल नेपाल २०१७'को ताज मेलिना मोक्तानलाई
14.   रहिनन् 'मोहनी लाग्ला है' की गीतकार कुसुम गजमेर
15.   संचारकर्मी तथा गीतकार शान्तिप्रियले ल्याए पहिलो एकल गीतिसंग्रह ‘अधर’
16.   अब नयाँ नेपाली चलचित्र हाम्रो मुभि डटकमबाट सजिलै हेर्न सकिने
17.   नेपाली चलचित्र ‘मन्दिरा’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)
18.   बलिउड अभिनेता बिनोद खन्नाको निधन
19.   बेलायती संसद भवनमा ‘भाग्यले बाँचेकाहरु’को प्रर्दशन
20.   रेवन्त बने इन्डियन आइडलका बिजेता, सचिनले दिए अवार्ड
21.   राजेशले तताए नाइजेरिया
22.   चलचित्र ‘मन्दिरा’ को रिलिज डेट घोषणा, असारमा देशभर प्रदर्शनमा आउने
23.   सफलमान र कट्रिना फेरि रोमान्स गर्दै, देखिए अष्ट्रेलियामा
24.   हिन्दी गीतमा स्वस्तीमा र कर्माको जोडी
25.   ‘बाहुबली–२’ को ट्रेलर सार्वजनिक (हेर्नुहोस भिडियो)
Results 152: You are at page 1 of 7
1 2 3 4 5 6 7 Next Last

Powered By : Unitech Media