बुधवार, जेष्ठ ०९ गते, २०७५
शुक्रवार, २०७३ फाल्गुन १९ गते ००:०६

डा.शेखर कोइराला, नेता, नेपाली कांग्रेस
देशको अर्थतन्त्रमा कूल ग्राहस्त उत्पादनको लगभग ३० प्रतिशत हिस्सा ओगटेको वैदेशिक रोजगार व्यावसायलाई मर्यादित र व्यवस्थित बनाई बाध्यताबस विदेश जाने युवाहरूलाई सस्तो र शूलभ तरिकाले विदेश पठाउँने वातावरण सिर्जना गर्नूपर्नेमा राज्य मौन छ । राज्यको अदूरदर्शिता र गलत व्यक्तिको सिमित स्वार्थले यो क्षेत्र अस्तव्यस्त भएको छ ।
 
केहीबर्ष अगाडीसम्म रू ७ सय लाग्ने मलेसियाको भिसालाई आज करिब रू १८ हजार तिर्न कामदारहरू बाध्य छन । अर्को तिर ‘फ्रि भिसा–फ्रि टिकट’ ले पनि जटिलता सिर्जना गरेको छ । सुन्दा राम्रो लागे पनि यसको व्यवहारिकताका बारेमा कतै बहस भएको देखिदैन । माईग्राम्स, OSC,  ISC र बायोमेट्रिक मेडिकलका नाममा नेपाली कामदार ठगिंदा सरकारले कुनै चासो देखाएको छैन । सरकार र बिभिन्न पार्टीका प्रभावशाली नेताहरूको समेत यसमा संलग्नता भएको चर्चा सुनिन्छ । यस्तै प्रकारको चर्को शूल्क असूल्ने प्रपन्च गरेकोमा म्यानमार सरकारले त्यसलाई ठाडै अस्विकार गरि बरू आफ्ना नागरिक मलेसिया नपठाउँने निर्णय गरेको छ । हाम्रो सरकारले यस्तो निर्णय गर्न किन सक्दैन ? सरकारको कूटनितिक क्षमता किन यति कमजोर ? सरकार किन यति मौन ? आफ्ना नागरिकप्रति सरकारको कुनै जिम्मेवारी छैन ?
 
अर्कोतर्फ मलेसियामा रहेका केहि नेपाली माफिया जसले नेपालबाट गएका बैध कामदारलाई अबैध बनाई गलत र गैरकानूनी धन्दामा लगाउँने गरेका छन र यस्ता कामलाई त्यहाँस्थित राजदूतावासका उच्च अधिकारीहरूकै संरक्षण रहेको सून्नमा आएको छ । यदि यो साँचो हो भने मुलुककै निम्ति दूर्भाग्य हो ।
 
यो क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउँनु भन्दा यसलाई अलपत्र बनाई व्यक्तिगत फाईदा लिने परिपाटीले गर्दा यो क्षेत्र दिनप्रतिदिन बदनाम भैरहेको छ । सरकार कति गैरजिम्मेवार छ भन्ने तथ्य हाल बिभिन्न मुलुकमा राजदूत सिफारिस गरेबाट पनि प्रष्ट हुन्छ । सक्षम र ईमान्दार व्यवसायीलाई भारत, चिन, अमेरिका जस्ता महत्वपूर्ण मूलूकमा राजदूत बनाउँदा कुनै आपत्ती हुँदैन तर यही क्षेत्रमा कार्यरत व्यक्तीहरूलाई अधिकांश नेपाली कार्यरत रहेका खाडी तथा मलेसिया जस्ता मुलुकमा राजदूत बनाएर पठाउँदा कामदारका हकहित भन्दा आफ्नै हितमा लाग्ने खतरा सदैव रहन्छ ।

वैदेसिक रोजगार व्यवसायमा संलग्न व्यक्तिलाई मन्त्री बनाउँदा यो क्षेत्रमा नकारात्मक सन्देस गएको र यसले झन अन्योल सिर्जना गरेको परिवेसमा तत्कालिन मन्त्रीका सल्लाहकार रहेका ब्यक्ति कतारका लागि राजदूत सिफारिस हुनु दूर्भाग्य हो । तत्कालिन समयमा उनी बायोमेट्रिक मेडिकल, जसले बिवादास्पद प्रणाली लागू गराउँने डिजाईनरको रूपमा काम गरेको श्रम मन्त्रालयका कर्मचारी तथा आम व्यावसायीको बुझाई छ । सल्लाहकार पदको आडमा महिनै पिच्छे मलेसिया भ्रमण गर्ने र मलेसिया जाने नेपाली युवाहरूलाई आर्थिक भार पार्ने माईग्राम्स बायोमेट्रिक मेडिकल OSC र ISC जस्ता सिण्डिकेट लागू गराउँन ति व्यक्तिको महत्वपूर्ण भूमिका रहेको चर्चा चलिरहेकै समयमा यिनै व्यक्तिलाई कतारको राजदूत सिफारिस गरिनुले अब कतारमा पनि मलेसियामा जस्तै अनेकौं प्रपन्च रचेर नेपाली युवाहरूलाई ठगि आफ्नो स्वार्थ पूरा गर्ने राज्यका केही ठुलाबडाहरूको योजना त हैन भन्ने आशंका उत्पन्न भएको छ । ब्यक्ति बिशेषको सम्बन्धले मन्त्रीका सल्लाहकार भै बिवादमा मुछिएको व्यक्तिलाई कामदारको हकहितका लागि काम गर्नुपर्ने मुलुकमा राजदूत बनाउँदा यसले राष्ट्रलाई फाईदा गर्दैन ।
 
एकातिर मापदण्ड नबनाईनु र अर्कोतर्फ परराष्ट्र मन्त्रालयलाई छाँयामा राखेर मनोमानी ढंगले राजदूतको नाम सिफारिस गरिनु राष्ट्रकै निम्ती दूर्भाग्य हो ।
 
त्यसैले आज देशभित्र रोजगारीको अवस्था सिर्जना गर्न नसकी बेरोजगार नेपाली युवाहरू विदेश पठाउँनुपर्ने बाध्यात्मक अवस्थामा ति मुलुकमा यसै क्षेत्रसँग प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न व्यक्तिहरूलाई नपठाई अन्य सक्षम व्यक्तिहरूलाई पठाउँदा त्यहाँ कार्यरत नेपालीहरूको भलाई हुन्छ ।

Bank And Financial Institution Act (Bafia) बैंकिंग क्षेत्रमा लगानी गरेका ब्यक्ति तथा सांसदहरूलाई बैंकको संचालक समितीमा बस्न नपाउँने गरी संसदले पारित गरेको (Bafia) कानून जस्तै वैदेशिक रोजगार क्षेत्रमा प्रत्यक्ष र परोक्ष रूपमा संलग्न व्यक्तीहरूलाई नेपाली कामदार बढी रहेको मुलुकमा राजदूत बनाई कुनैपनि हालतमा पठाउँन हुन्न ।
 
यी र यस्ता महत्वपूर्ण बिषयमा सरकार, पार्टी र बिभागिय मन्त्रीहरू संबेदनशिल बन्नुपर्ने देखिन्छ । यस्ता गलत कार्यको संसदिय सुनुवाई समितीले कडाईका साथ हेर्नुपर्ने हुन्छ । र सरकारले गरेका गलत कार्यहरूको संसदिय सुनुवाई समितीले चेक एण्ड ब्यालेन्स गर्नुपर्छ ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अन्तर्वार्ता / बिचार
1.   नेपालका युवा सुहाउँदो काम कफी व्यवसाय हो
2.   सुन भरियाको कथा : वैध बाटो, अवैध कारोबार
3.   एनआरएनप्रतिको अपेक्षा र उनीहरुले जगाएको आशा
4.   एनआरएनएको संस्थागत तथा दिगो विकासका लागि 'भिजन २०२०'
5.   एसिया प्यासिफिक क्षेत्रका समस्या समाधानका लागि मेरो उम्मेदवारी
6.   वैदेशिक रोजगार सुधार्न फिलिपिन्सबाट सिक्नेकी !
7.   बिपत्तिमा डुबेको वैदेशिक रोजगारको स्रोत क्षेत्रलाई व्यवसायीको उपहार ! ‘ब्ल्याक लेबल’
8.   एनआरएनए साझा चौतारी बन्नुपर्छ
9.   एक परदेशिको आत्मकथन : नचाहदा नचाहदै जन्मियो अपराध - शम्भु सुस्केरा
10.   असोज पहिलो सातासम्म संघको भवन निर्माण शुरु हुन्छ
11.   अनुभूति : बरदुबई पार्कमा नेपाली जोडीका पीडा - युवराज नयाँघरे
12.   भाषण होइन स्पष्ट रोडम्याप र पुरा गर्ने आधारसहित अघि बढेको छु : गडतौला
13.   २०७३ मा वैदेशिक रोजगार उपलब्धिभन्दा विवादै विवाद
14.   संघको नेतृत्वतहमा श्रेष्ठको खोजी
15.   म व्याक हुन तयार छु, तर फोरमबाट एउटै प्यानल आउछ : प्रज्ञान न्यौपाने
16.   वैदेशिक रोजगार विभागले दिने अनलाइन सेवाबारे विस्तृत जानकारी : सूर्यप्रसाद भण्डारी
17.   वैदेशिक रोजगार व्यवसायीलाई त्यसै क्षेत्रको जिम्मेवारी दिनु गलत : डा.शेखर कोइराला
18.   म पद दोहोर्याउन्न, अध्यक्षको स्वभाविक दावेदार हुँ : कुमार पन्त
19.   माफियातन्त्र उखेल्न संघ नेतृत्व अनवरत लागिरहेको छ
20.   कोरियामा नेपालीले गर्ने भनेको ‘थ्री डी’ नै हो
21.   अझै नयाँ रेमिट्यान्स कम्पनी ?
22.   आप्रवासी कामदारको सम्मान नै सुरक्षित आप्रवासन
23.   मेहनत र संघर्ष गरिरहेको छु
24.   त्रासै त्रासले घेरिएको छ वैदेशिक रोजगार
25.   इमान्दार हुँदा न्याय पाइन्छ भन्ने नजिर बस्यो
Results 59: You are at page 1 of 3
1 2 3 Next Last

Powered By : Unitech Media