बुधवार, माघ ०३ गते, २०७४
छिटो कार्यस्थलमा पठाउन माग
मंगलवार, २०७३ फाल्गुन ०९ गते ०५:५९

सरकारले सोमबार १४ मुलुकका लागि राजदूत सिफारिस गरेको छ ।  मन्त्रिपरिषद्को बैठकले सरकारमा रहेका र सरकार समर्थित प्रमुख चार राजनीतिक दलहरुबीच भागबण्डा गरेर सिफारिस गरेको हो । भागबण्डामा माओवादीका चार, काँग्रेसका छ, राप्रपाको तीन र फोरम लोकतान्त्रिकको एक रहेका छन् । 

राजदूतामा सिफारिस भएकामा माओवादीको तर्फबाट अष्ट्रेलियाका लागि पूर्व सभासद् लक्की शेर्पा, डेनमार्कका लागि राईजिङ नेपालका पूर्व सम्पादक युवनाथ लम्साल, साउदी अरेवीयाका लागि त्रिभूवन विश्व विद्यालयका पूर्व रजिष्टार महेन्द्र सिंह र बहराइनका लागि राज्य पुनर्सरचना आयोगका पूर्व अध्यक्ष पदम सुन्दास रहेका छन् । 

त्यसैगरी कांग्रेसको कोटामा श्रीलंकाका लागि अर्थविद् डा. विश्वम्भर प्याकुरेल, बंंगलादेशका लागि चिकित्सक डा. चोपलाल भूषाल, म्यानमारका लागि गैरआवासीय नेपाली संघका संरक्षक भीम उदास, दक्षिण कोरियाका लागि पूर्व परराष्ट्र राज्यमन्त्री अर्जुनजंगबहादुर सिंह, कतारका लागि पूर्व श्रमतथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङका सल्लाहकार रमेशप्रसाद कोइराला र यूनाइटेड अरव इमिरेट्सका लागि मेनपावर व्यावसायी आशा लामा रहेकी छिन् । 

त्यसैगरी राप्रपाबाट स्पेनका लागि पूर्व सैनिक अधिकारी भरत रायमाझी, इजरायलका लागि पूर्व कानुन मन्त्री निरञ्जन थापा र जापानका लागि प्रतिभा राणा रहेका छन् । राणा राप्रपा नेतृका साथै काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवाकी आमा हुन् । स्पेनमा राजदूतावास नभएकोले नयाँ स्थापना गर्नेसमेत निर्णय भएको छ ।  

सरकारमा नरहेको तर, सरकारलाई बाहिरबाटै समर्थन गरेको फोरम लोकतान्त्रिकको तर्फबाट ओमनका लागि शर्मिला पराजुली ढकाल सिफारिसमा परेकी छिन् । उनी खाडी राष्ट्रमा व्यवसाय गरिरहेकी महिला हुन्  ।



नेपाली युवाहरुको प्रमुख श्रम गन्तव्यको रुपमा रहेको कतारमा सन् २०१३ को नोभेम्बरबाट नै राजदुत छैनन् । साउदी, यूएई, दक्षिण कोरिया, अस्ट्रेलिया, इजरायल, म्यानमारमा सन् २०१५ को अगस्तदेखि राजदूत पद खाली छ । ओमान र बहराइनमा दुतावासमा चार वर्षअघि स्थापना गरिएपनि आजसम्म राजदुत नियुक्ती गरिएको थिएन । स्पेनमा भने राजदूतावास छैन । नयाँ राजदूतसंगै दूतावास स्थापना गर्ने निर्णय गरिएको छ ।

को–को भए राजदूत ?

अर्जुनजंगबहादुर सिंह( दक्षिण कोरिया, (नेपाली कांग्रेस)
भीम उदास (म्यानमार (नेपाली कांग्रेस)
चोपलाल भुसाल ( बंगलादेश, (नेपाली कांग्रेस)
विश्वम्भर प्याकुरेल ( श्रीलंका, (नेपाली कांग्रेस)
रमेशप्रसाद कोइराला ( कतार (नेपाली कांग्रेस)
आशा लामा ( यूएई (नेपाली कांग्रेस)
युवनाथ लम्साल( डेनमार्क (माओवादी)
लक्की शेर्पा(अष्ट्रेलिया (माओवादी)
महेन्द्रवहादुर सिंह( साउदी अरब (माओवादी)
पदम सुन्दास ( बहराइन (माओवादी)
प्रतिभा राणा ( जापान, (राप्रपा)
भरत रायमाझी ( स्पेन (प्रस्तावित) (राप्रपा)
निरन्जन थापा ( इजरायलका (राप्रपा)
शर्मिला पराजुली ( ओमान (फोरम लोकतान्त्रिक)
 



प्रतिक्रियाहरु
mahadev baral, bharatpur 19 phulbari chitwan
यो गलत भयो राजदुत देशको प्रतिनिधित्व गर्ने पद हो,तर राजनीतिक दलले भाग बण्डाको आधारमा कमाउनको लागि जसरी आफ्नो मान्छे नियुक्त गरे त्यो गलत हो ।

प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
151.   मुसहर समूदायलाई धुर्मुस-सुन्तलीको उपहार, एकीकृत नमुना बस्ती हस्तान्तरण
152.   उपत्यकाको हावा चौबीसै घन्टा सास फेर्न अयोग्य
153.   वैदेशिक रोजगारीमा गएका नेपालीलाई मताधिकार दिन विवेकशीलको माग
154.   ९३ हजार अमेरिकी डलरसहित नेपाल एयरलाइन्सका क्याप्टेन पक्राउ
155.   बचत गराउन मेगाको ‘नानीमा लागेको बानी’ मा पारस र प्रियंका
156.   आउने भए निगमका २ वाइड बडी जहाज, भयो खरिद सम्झौता
157.   भूकम्पपीडितलाई जेठ दोस्रो सातादेखि ट्याक्सी
158.   २०७५ वैशाख १५ सम्म देशभरिका सबै केवल टेलिभिजनलाई डिजिटल बनाइने
159.   अब खाडी मुलुक घुम्न जान नपाइने, टुरिस्ट भिसा रोक्न निर्देशन
160.   मानव तस्करीमा संलग्नको प्रमाण देखाए राजिनामा दिन्छुः परराष्ट्रमन्त्री
161.   घोराही उप–महानगरपालिकाको मेयरमा कांग्रेसबाट किरणकिशोर घिमिरे बलियो दावेदार
162.   २४५ फिट अग्लो धरहरा बनाउन दुई अर्ब ८० करोड रुपैयाँ लागत
163.   उपत्यकामा आज घोडेजात्रा मनाइँदै
164.   रगत ... म पनि दिन्छु !
165.   ट्रम्प प्रशासनको नयाँ आदेश : अझै कठिन हुनेछ अमेरिकी भिसा पाउने प्रक्रिया
166.   बोनम्यारो पीडित कल्पनालाई गन्तव्य नेपाल साउदीको सहयोग
167.   सरकारद्धारा १२ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन
168.   राहदानी लिएका यी महिलाहरु कहाँ गए ?
169.   मृतक कामदारको पैसा खाएको आरोपमा पूर्वराजदूत अन्सारीलाई जेल सजाय
170.   नेपाली टुरिस्ट गाइडलाई अमेरिकी अवार्ड
171.   निर्वाचन गराउन दुई लाख कर्मचारी आवश्यक
172.   पुनर्निर्माणमा सक्दो सहयोग गर्न तयार छौं : विश्व बैंक
173.   चेपाङ समुदायको स्थलगत अवस्था बुझ्दै चितवन युवा समुह
174.   आज अन्तर्राष्ट्रिय नारी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
175.   छोराले रेस्लिङ्ग जित्दा आमा रिङमा
Results 631: You are at page 7 of 26
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last

Powered By : Unitech Media