विहिवार, कार्तिक ०२ गते, २०७४
छिटो कार्यस्थलमा पठाउन माग
मंगलवार, २०७३ फाल्गुन ०९ गते ०५:५९

सरकारले सोमबार १४ मुलुकका लागि राजदूत सिफारिस गरेको छ ।  मन्त्रिपरिषद्को बैठकले सरकारमा रहेका र सरकार समर्थित प्रमुख चार राजनीतिक दलहरुबीच भागबण्डा गरेर सिफारिस गरेको हो । भागबण्डामा माओवादीका चार, काँग्रेसका छ, राप्रपाको तीन र फोरम लोकतान्त्रिकको एक रहेका छन् । 

राजदूतामा सिफारिस भएकामा माओवादीको तर्फबाट अष्ट्रेलियाका लागि पूर्व सभासद् लक्की शेर्पा, डेनमार्कका लागि राईजिङ नेपालका पूर्व सम्पादक युवनाथ लम्साल, साउदी अरेवीयाका लागि त्रिभूवन विश्व विद्यालयका पूर्व रजिष्टार महेन्द्र सिंह र बहराइनका लागि राज्य पुनर्सरचना आयोगका पूर्व अध्यक्ष पदम सुन्दास रहेका छन् । 

त्यसैगरी कांग्रेसको कोटामा श्रीलंकाका लागि अर्थविद् डा. विश्वम्भर प्याकुरेल, बंंगलादेशका लागि चिकित्सक डा. चोपलाल भूषाल, म्यानमारका लागि गैरआवासीय नेपाली संघका संरक्षक भीम उदास, दक्षिण कोरियाका लागि पूर्व परराष्ट्र राज्यमन्त्री अर्जुनजंगबहादुर सिंह, कतारका लागि पूर्व श्रमतथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङका सल्लाहकार रमेशप्रसाद कोइराला र यूनाइटेड अरव इमिरेट्सका लागि मेनपावर व्यावसायी आशा लामा रहेकी छिन् । 

त्यसैगरी राप्रपाबाट स्पेनका लागि पूर्व सैनिक अधिकारी भरत रायमाझी, इजरायलका लागि पूर्व कानुन मन्त्री निरञ्जन थापा र जापानका लागि प्रतिभा राणा रहेका छन् । राणा राप्रपा नेतृका साथै काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवाकी आमा हुन् । स्पेनमा राजदूतावास नभएकोले नयाँ स्थापना गर्नेसमेत निर्णय भएको छ ।  

सरकारमा नरहेको तर, सरकारलाई बाहिरबाटै समर्थन गरेको फोरम लोकतान्त्रिकको तर्फबाट ओमनका लागि शर्मिला पराजुली ढकाल सिफारिसमा परेकी छिन् । उनी खाडी राष्ट्रमा व्यवसाय गरिरहेकी महिला हुन्  ।



नेपाली युवाहरुको प्रमुख श्रम गन्तव्यको रुपमा रहेको कतारमा सन् २०१३ को नोभेम्बरबाट नै राजदुत छैनन् । साउदी, यूएई, दक्षिण कोरिया, अस्ट्रेलिया, इजरायल, म्यानमारमा सन् २०१५ को अगस्तदेखि राजदूत पद खाली छ । ओमान र बहराइनमा दुतावासमा चार वर्षअघि स्थापना गरिएपनि आजसम्म राजदुत नियुक्ती गरिएको थिएन । स्पेनमा भने राजदूतावास छैन । नयाँ राजदूतसंगै दूतावास स्थापना गर्ने निर्णय गरिएको छ ।

को–को भए राजदूत ?

अर्जुनजंगबहादुर सिंह( दक्षिण कोरिया, (नेपाली कांग्रेस)
भीम उदास (म्यानमार (नेपाली कांग्रेस)
चोपलाल भुसाल ( बंगलादेश, (नेपाली कांग्रेस)
विश्वम्भर प्याकुरेल ( श्रीलंका, (नेपाली कांग्रेस)
रमेशप्रसाद कोइराला ( कतार (नेपाली कांग्रेस)
आशा लामा ( यूएई (नेपाली कांग्रेस)
युवनाथ लम्साल( डेनमार्क (माओवादी)
लक्की शेर्पा(अष्ट्रेलिया (माओवादी)
महेन्द्रवहादुर सिंह( साउदी अरब (माओवादी)
पदम सुन्दास ( बहराइन (माओवादी)
प्रतिभा राणा ( जापान, (राप्रपा)
भरत रायमाझी ( स्पेन (प्रस्तावित) (राप्रपा)
निरन्जन थापा ( इजरायलका (राप्रपा)
शर्मिला पराजुली ( ओमान (फोरम लोकतान्त्रिक)
 



प्रतिक्रियाहरु
mahadev baral, bharatpur 19 phulbari chitwan
यो गलत भयो राजदुत देशको प्रतिनिधित्व गर्ने पद हो,तर राजनीतिक दलले भाग बण्डाको आधारमा कमाउनको लागि जसरी आफ्नो मान्छे नियुक्त गरे त्यो गलत हो ।

प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   अध्यागमन कर्मचारी र प्रहरी नै मानव तस्करमा संलग्‍न : सेटिङबाट युएई गएका १५ जनाको उद्धार
2.   एनआरएनए संस्थापक अध्यक्ष महतोको मेडिसिटी अस्पताल संचालनमा
3.   भूकम्प पीडितलाई सामुहिक जमानीमा ऋण दिने मन्त्रिपरिषद्को निर्णय
4.   कोजाग्रत पूर्णिमा आज,दशै सकियो
5.   अमेरिकाले खुलायो इडिभी चिट्ठा २०१९ को फर्म, कात्तिक २१ सम्म भर्न सकिने
6.   अरुण तेस्रो शिलान्यास गर्न भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने
7.   अमेरिकाले लगायो ८ मुलकमाथि अमेरिका घुम्न प्रतिबन्ध
8.   कुलेश्वर पोलिक्लिनिक सहित ४ संस्थाको आयोजनामा रक्तदान कार्यक्रम
9.   सात लाख भूकम्पपीडितको दशैं टहरामै
10.   आजबाट बडादसैँ सुरु घरघरमा जमरा राखिँयो
11.   टेक्ससको समुद्रि बाढीमा सहयोग गदै नेपाली युवा
12.   फेरी आमरण अनशन बस्ने केसीको घोषणा
13.   मनराम–एसकाज पत्रकारिता पुस्कार गिरीलाई प्रदान
14.   नेपाल आयल निगमका कार्यकारी निर्देशक खड्का बर्खास्त
15.   अमेरिकाले नेपाललाई रु ५० अर्ब सहयोग गर्ने, आज सम्झौता हुदै
16.   एकैपटक १९७ जिल्ला न्यायाधीशको सरुवा
17.   मङ्गलबारदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला हुने
18.   आज निजामती सेवा दिवस मनाइँदै
19.   काठमाडौमा ८८ किलो सुनसहित १ व्यक्ति पक्राउ
20.   आज बकर इद मनाइदै, राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मको शुभकामना
21.   टुंगो लाग्यो प्रतिनिधिसभा निर्वाचन क्षेत्र, कुन जिल्लामा कति ?
22.   प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा
23.   कर्मचारीबाट खोसेर अध्यागमन प्रहरीलाई जिम्मा लगाउने तयारी
24.   अधिकारकर्मी प्याकुरेललाई अमेरिकामा ‘हिरो अवार्ड’
25.   संखुवासभालाई दुई निर्वाचन क्षेत्र नै निर्धारण गर्न माग
Results 578: You are at page 1 of 24
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 Next Last

Powered By : Unitech Media