सोमवार, असार ११ गते, २०७५
सोमवार, २०७३ फाल्गुन ०८ गते ०३:१५

रोजगार मञ्च । नेपालका राजनीतिक दलहरुमा प्रवासमा बस्ने नेपालीहरुलाई समेट्ने होड चलेको छ । काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा प्रवासका प्रतिनिधीहरु मध्येबाट मलेसियामा कार्यरत युवा व्यवसायी यज्ञप्रसाद कुँवर (योगेन्द्र)ले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । 
 
कुँवर राप्रपाको नेपाली प्रवासी एकता समाज मलेसियाका अध्यक्ष हुन् । कुँवरले मलेसियामा रहेका मात्र नभएर प्रवासमा रहेका लाखौ नेपालीको आफुले प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएको जनाएका छन् । 
 
‘राप्रपाको केन्द्रीय सदस्य चयनमा प्रवासबाट २ वटा कोटा छुट्याइएको छ । यसमा पनि मलेसिया सबैभन्दा धेरै नेपाली रहेको र पार्टीका लागि पनि महत्वपूर्ण क्षेत्र रहेकाले केन्द्रीय सदस्यमा प्रतिनिधत्व आवश्यक देखेर नै उम्मेद्वारी घोषणा गरेको हुँ,’ कुँवरले आफुलाई जिताउन अपिल गरेका छन् । 
 
कुँवरले प्रवासमा रहेका नेपालीहरुको हक अधिकार र प्रवासमा रहेका नेपालीहरुमाझ पनि राप्रपालाई पु¥याउने उद्देश्यका साथ आफु उम्मेदवार बनेको बताएका छन् ।  प्रवासमा रहेका श्रमिकहरुको समस्या समाधान गर्न र राप्रपालाई विश्वमा रहेका नेपालीमाझ चिनाउने उद्देश्यले आफु केन्द्रीय सदस्यमा आउनु पर्ने कुँवरको भनाई छ । 


 
गुल्मी जिल्लाको ठूलो लुम्पेकमा जन्मिएका कुँवर विगत १३ वर्षदेखि मलेसियामा बस्दैं आएका छन् । उनी मलेसियामा बसेर पनि सफल व्यवसायीका रुपमा परिचित छन् । कुँबरले आफ्नो व्यवसायिक यात्रासँगै मलेसियामै रहेर नेपाली कामदारको हकहितका लागि सधैं लागि परिरहेका छन् । कुँबरले मलेसियामा रहेका धेरै नेपालीलाई सहयोग गर्दै आएका छन् भने मलेसियामा सामाजिक कार्यकर्ताका रुपमासमेत परिचित छन् । ‘धेरै नेपाली रहेको मुलुक र नेपालमा धेरै रेमिट्यान्स भित्र्याउने मुलुकको नाताले पनि राप्रपामा मलेसियाबाट प्रतिनिधत्व हुने अपेक्षामा गरेको छु ।’ कुँबरले महाधिबेशनमा आएका राप्रपा प्रतिनिधिहरुलाई भोटको अपिल गरेका छन् । 
 
यद्यपी अहिले प्रवासतर्फको केन्द्रिय सदस्यमा कुवँरको दरिलो प्रतिस्पर्धीमा अन्य कुनैको उम्मेदवारी देखिएको छैन ।  
 



प्रतिक्रियाहरु
Baburam Bhattarai, Sunsari, Inaruwa-09
Best of Luck Brother
उपेन्द्र विक्रम पुरुष , now lalitapur Nepal
राष्ट्रिय प्रजातन्त्र पार्टीमा यज्ञ कुवर जस्ता झुजरु ब्यक्ती हुनै पर्छ तब मात्र पार्टी अर्थमा सुत्रता पाउछ।

प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
151.   प्रवासीतर्फ राप्रपा केन्द्रीय सदस्यमा कुँवरको उम्मेदवारी
152.   भिजिट भिषामा यूएई आउनेलाई व्यवस्थित गर्नु पर्ने माग
153.   जिल्ला समन्वय समिति कतारको अन्तरक्रिया सम्पन्न
154.   लेवनानबाट डिपोट भएका सुजना र रोजीको अपिल: ‘हामीलाई न्याय र फसाउनेलाई कारवाही होस्’
155.   कुवेतमा नेपाली दुताबासको हटलाइन सेवा सुरु
156.   मृतकको परिवारलाई युएर्इबाट सहयोग
157.   मोरङ्ग–सुनसरी कतारको अध्यक्षमा कार्की
158.   मलेसियामा भएको हिमालयन गोल्डकप फुटबलको उपाधि आयोजकलाई
159.   मलेसियामा हिमालय गोल्डकप फुटबलको उद्घाटन
160.   कतारमा अलपत्र परेका तीन नेपालीको उद्धार
161.   इजरायलको लागि जासूसी गरेको अभियोगमा लेबनानमा दुई नेपाली महिला पक्राऊ
162.   जनसम्पर्क समिति अष्ट्रेलियाद्धारा प्रशिक्षण कार्यक्रम सम्पन्न
163.   मलेसियामा हिमालय गोल्ड कप फुटबलको अन्तिम तयारी
164.   मलेसियामा एकता दिवस मनाइयो
165.   नेपाली विद्यार्थीलाई अमेरिकी अवार्ड
166.   साउदीमा नेपाली कामदारका संकटबारे अन्तरक्रिया
167.   पत्रकार महासंघ यूएई अध्यक्षमा बस्याल
168.   अष्ट्रेलियाको सर्बोच्च शिखर चढेर नेपालीहरुले राखे कीर्तिमान
169.   अमेरिकामा १० अवैतनिक दूत
170.   उद्योगी बिनोद चौधरीले अमेरिकाको पशुपति बुद्ध मन्दिरलाई बुद्धको मुर्ति उपहार दिने
171.   धुर्मुस सुन्तलीलाई मुसहर बस्ती बनाउन कतारका व्यवसायी कोइरालाले दिए ४० लाख
172.   सुडानमा अपहरित दुई नेपालीसहित तीनजना राष्ट्रसङ्घ कर्मचारी अपहरणमुक्त
173.   पर्यटनमन्त्री शाही र अष्ट्रेलियाका छायाँमन्त्री बुर्केबीच भेटवार्ता
174.   युएईमा संचालित ग्रीनलाइन ट्राभलले बार्षिकोत्सवको अवसरमा विशेष छुट दिने
175.   युएईको राष्ट्रिय दिवसमा नेपाली नृत्य प्रस्तुत
Results 416: You are at page 7 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media