सोमवार, असार ११ गते, २०७५
सोमवार, २०७३ फाल्गुन ०८ गते ०३:१५

रोजगार मञ्च । नेपालका राजनीतिक दलहरुमा प्रवासमा बस्ने नेपालीहरुलाई समेट्ने होड चलेको छ । काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा प्रवासका प्रतिनिधीहरु मध्येबाट मलेसियामा कार्यरत युवा व्यवसायी यज्ञप्रसाद कुँवर (योगेन्द्र)ले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । 
 
कुँवर राप्रपाको नेपाली प्रवासी एकता समाज मलेसियाका अध्यक्ष हुन् । कुँवरले मलेसियामा रहेका मात्र नभएर प्रवासमा रहेका लाखौ नेपालीको आफुले प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएको जनाएका छन् । 
 
‘राप्रपाको केन्द्रीय सदस्य चयनमा प्रवासबाट २ वटा कोटा छुट्याइएको छ । यसमा पनि मलेसिया सबैभन्दा धेरै नेपाली रहेको र पार्टीका लागि पनि महत्वपूर्ण क्षेत्र रहेकाले केन्द्रीय सदस्यमा प्रतिनिधत्व आवश्यक देखेर नै उम्मेद्वारी घोषणा गरेको हुँ,’ कुँवरले आफुलाई जिताउन अपिल गरेका छन् । 
 
कुँवरले प्रवासमा रहेका नेपालीहरुको हक अधिकार र प्रवासमा रहेका नेपालीहरुमाझ पनि राप्रपालाई पु¥याउने उद्देश्यका साथ आफु उम्मेदवार बनेको बताएका छन् ।  प्रवासमा रहेका श्रमिकहरुको समस्या समाधान गर्न र राप्रपालाई विश्वमा रहेका नेपालीमाझ चिनाउने उद्देश्यले आफु केन्द्रीय सदस्यमा आउनु पर्ने कुँवरको भनाई छ । 


 
गुल्मी जिल्लाको ठूलो लुम्पेकमा जन्मिएका कुँवर विगत १३ वर्षदेखि मलेसियामा बस्दैं आएका छन् । उनी मलेसियामा बसेर पनि सफल व्यवसायीका रुपमा परिचित छन् । कुँबरले आफ्नो व्यवसायिक यात्रासँगै मलेसियामै रहेर नेपाली कामदारको हकहितका लागि सधैं लागि परिरहेका छन् । कुँबरले मलेसियामा रहेका धेरै नेपालीलाई सहयोग गर्दै आएका छन् भने मलेसियामा सामाजिक कार्यकर्ताका रुपमासमेत परिचित छन् । ‘धेरै नेपाली रहेको मुलुक र नेपालमा धेरै रेमिट्यान्स भित्र्याउने मुलुकको नाताले पनि राप्रपामा मलेसियाबाट प्रतिनिधत्व हुने अपेक्षामा गरेको छु ।’ कुँबरले महाधिबेशनमा आएका राप्रपा प्रतिनिधिहरुलाई भोटको अपिल गरेका छन् । 
 
यद्यपी अहिले प्रवासतर्फको केन्द्रिय सदस्यमा कुवँरको दरिलो प्रतिस्पर्धीमा अन्य कुनैको उम्मेदवारी देखिएको छैन ।  
 



प्रतिक्रियाहरु
Baburam Bhattarai, Sunsari, Inaruwa-09
Best of Luck Brother
उपेन्द्र विक्रम पुरुष , now lalitapur Nepal
राष्ट्रिय प्रजातन्त्र पार्टीमा यज्ञ कुवर जस्ता झुजरु ब्यक्ती हुनै पर्छ तब मात्र पार्टी अर्थमा सुत्रता पाउछ।

प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
101.   ‘संघमा सचिव भएर काम गरेको अनुभव अव एक कार्यकाल प्रयोग गर्नेछु’ : केसी
102.   ‘विभागमा आफ्नो फाइल बढाउन मात्रै संघमा नजानोस्’ : सतार
103.   समस्याहरु पहिचान गरी दीर्घकालिन समाधानमा प्रतिवद्ध छु
104.   व्यवसायी र कामदारलाई जोड्ने भिजन लिएर आएको छु
105.   ललितपुर क्षेत्रका संघको उम्मेदवारलाई आज शुभकामना
106.   स्थानीय निर्वाचनले संघको चुनावी रौनकता सेलाउँदै
107.   साउदीमा राजदूत राजपुतको स्वागत
108.   संघ निर्वाचनमा ढकाल नेतृत्वको संयुक्त ब्यवसायी समूहद्धारा उम्मेदवारी घोषणा
109.   ‘बिहान ५ बजेदेखि राति १२ सम्म भोट माग्नेहरु अरु बेला पनि सक्रिय हुनुहोस्’ :बरिष्ठ व्यवसायी केसी
110.   ओमानबाट प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र
111.   क्यान्सर पीडित गौतमलाई कात्तिकेदेउराली समाज कोरियाको सहयोग
112.   राजदूत बस्न्यातद्धारा मलेसियामा गोर्खालीले देखाएको साहसको प्रशंसा
113.   साउदी अरेविया, बहराइन, युएई र इजिप्टद्वारा कतारसँग कुटनीतिक सम्बन्ध अन्त्यको घोषणा
114.   ओमानमा गणतन्त्र दिवस भब्यरुपमा सम्पन्न
115.   ओमान रोजगारीमा सन्तुष्ट बनेका सापकोटा
116.   ३ सय १८ नेपाली विदेशी जेलमा
117.   दुवईमा नेपाली चेली रिताको हत्या
118.   दुबर्इमा बस दुर्घटना, तीन नेपालीसहित आठको मृत्यु
119.   कतारमा ३ कामदारको मृत्यु, एकजना नेपाली रहेको पुष्टि
120.   प्रवासी नेपालीको प्रश्न नोट चल्ने भोट नचल्ने ?
121.   भवन भट्टले जापानमा एकैपटक थपे १४० रेष्टुँरा
122.   इजरायलमा नेपाली पर्यटनको प्रवर्द्धन
123.   मलेसियामा अलपत्र परेका १८ नेपाली कामदारको उद्दार
124.   भलिबल प्रतियोगितासहित नयाँ वर्षको स्वागत गरे साउदीका नेपालीले
125.   कालोराडोको सडकमा नेपाली परेड
Results 416: You are at page 5 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media