सोमवार, असार ११ गते, २०७५
सोमवार, २०७३ फाल्गुन ०८ गते ०३:१५

रोजगार मञ्च । नेपालका राजनीतिक दलहरुमा प्रवासमा बस्ने नेपालीहरुलाई समेट्ने होड चलेको छ । काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा प्रवासका प्रतिनिधीहरु मध्येबाट मलेसियामा कार्यरत युवा व्यवसायी यज्ञप्रसाद कुँवर (योगेन्द्र)ले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । 
 
कुँवर राप्रपाको नेपाली प्रवासी एकता समाज मलेसियाका अध्यक्ष हुन् । कुँवरले मलेसियामा रहेका मात्र नभएर प्रवासमा रहेका लाखौ नेपालीको आफुले प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएको जनाएका छन् । 
 
‘राप्रपाको केन्द्रीय सदस्य चयनमा प्रवासबाट २ वटा कोटा छुट्याइएको छ । यसमा पनि मलेसिया सबैभन्दा धेरै नेपाली रहेको र पार्टीका लागि पनि महत्वपूर्ण क्षेत्र रहेकाले केन्द्रीय सदस्यमा प्रतिनिधत्व आवश्यक देखेर नै उम्मेद्वारी घोषणा गरेको हुँ,’ कुँवरले आफुलाई जिताउन अपिल गरेका छन् । 
 
कुँवरले प्रवासमा रहेका नेपालीहरुको हक अधिकार र प्रवासमा रहेका नेपालीहरुमाझ पनि राप्रपालाई पु¥याउने उद्देश्यका साथ आफु उम्मेदवार बनेको बताएका छन् ।  प्रवासमा रहेका श्रमिकहरुको समस्या समाधान गर्न र राप्रपालाई विश्वमा रहेका नेपालीमाझ चिनाउने उद्देश्यले आफु केन्द्रीय सदस्यमा आउनु पर्ने कुँवरको भनाई छ । 


 
गुल्मी जिल्लाको ठूलो लुम्पेकमा जन्मिएका कुँवर विगत १३ वर्षदेखि मलेसियामा बस्दैं आएका छन् । उनी मलेसियामा बसेर पनि सफल व्यवसायीका रुपमा परिचित छन् । कुँबरले आफ्नो व्यवसायिक यात्रासँगै मलेसियामै रहेर नेपाली कामदारको हकहितका लागि सधैं लागि परिरहेका छन् । कुँबरले मलेसियामा रहेका धेरै नेपालीलाई सहयोग गर्दै आएका छन् भने मलेसियामा सामाजिक कार्यकर्ताका रुपमासमेत परिचित छन् । ‘धेरै नेपाली रहेको मुलुक र नेपालमा धेरै रेमिट्यान्स भित्र्याउने मुलुकको नाताले पनि राप्रपामा मलेसियाबाट प्रतिनिधत्व हुने अपेक्षामा गरेको छु ।’ कुँबरले महाधिबेशनमा आएका राप्रपा प्रतिनिधिहरुलाई भोटको अपिल गरेका छन् । 
 
यद्यपी अहिले प्रवासतर्फको केन्द्रिय सदस्यमा कुवँरको दरिलो प्रतिस्पर्धीमा अन्य कुनैको उम्मेदवारी देखिएको छैन ।  
 



प्रतिक्रियाहरु
Baburam Bhattarai, Sunsari, Inaruwa-09
Best of Luck Brother
उपेन्द्र विक्रम पुरुष , now lalitapur Nepal
राष्ट्रिय प्रजातन्त्र पार्टीमा यज्ञ कुवर जस्ता झुजरु ब्यक्ती हुनै पर्छ तब मात्र पार्टी अर्थमा सुत्रता पाउछ।

प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
51.   मलेसियामा तेस्रो हिमालयन गोल्डकप सम्पन्न, हिमालयन फुटबल क्लब ‘ए’ लाई उपाधि
52.   ओमानमा सिस्नुपानीको ‘दुई थोपा हासो’
53.   कात्तिके देउराली समाज कोरियामा गौतम
54.   नेपालीले खोले मलेसियामा उत्कृष्ट क्लब
55.   साउदीको जजानमा नेपाली श्रमिकहरुको स्वास्थ्य जाँच
56.   सेफहरुको विश्वव्यापी जर्मन सेमिनारमा युएईबाट नेपाली युवा थापाको सहभागीता
57.   बेल्जियम एक्स्पोमा नेपालको पनि स्टल
58.   कुवेतमा अवैध आप्रवासी कामदारका लागि २५ दिने आममाफि सुरु
59.   जनसम्पर्क समिति ओमानमा पोखरेल
60.   साउदी राजकुमार तलाल थुनामुक्त
61.   दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा ४१ को मृत्यु
62.   मलेसियामा तेश्रो हिमालयन गोल्ड कप फुटबल हुँदै
63.   सडक दुर्घटनामा परी जापानमा एक नेपालीको मृत्यु, १ जना गम्भीर
64.   चौलागाईको अध्यक्षतामा नेपाल कतार विजिनेश एशोसिएशन गठन
65.   तामाङ सोसाइटी अमेरिकाको अध्यक्षमा भरत मोक्तानको दावी
66.   मेलवर्नमा नेपाली सामुदायिक भवन बनाउन घले दम्पत्तिद्वारा २ लाख डलर प्रदान
67.   साउदी सरकारको नियमको स्वागत
68.   क्यान्सर पीडित भूजेललाई संखुवासभा समाज कतारको सहयोग
69.   क्यान्सर रोगी चौलागाईको उपचारार्थ कात्तिके–देउराली समाज कोरियाको सहयोग
70.   नेपाली चेली कञ्चन पूर्व अमेरिकी राष्ट्रपति क्लिन्टनद्वारा सम्मानित
71.   साउदी राजकुमारको हेलिकप्टर दुर्घटनामा मृत्यु
72.   धुमुर्स–सुन्तली फाउण्डेशनलाई संखुवासभा समाज कतारको सहयोग
73.   काठमाडौं–कुवेत सिधा हवाई उडान सुरु हुदै
74.   मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना, ८ को मृत्यु
75.   हङकङ सरकारद्धारा नेपाली चेली गुरूङ सम्मानित
Results 416: You are at page 3 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media