शुक्रवार, बैशाख १४ गते, २०७५
सोमवार, २०७३ फाल्गुन ०८ गते ०३:१५

रोजगार मञ्च । नेपालका राजनीतिक दलहरुमा प्रवासमा बस्ने नेपालीहरुलाई समेट्ने होड चलेको छ । काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा प्रवासका प्रतिनिधीहरु मध्येबाट मलेसियामा कार्यरत युवा व्यवसायी यज्ञप्रसाद कुँवर (योगेन्द्र)ले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । 
 
कुँवर राप्रपाको नेपाली प्रवासी एकता समाज मलेसियाका अध्यक्ष हुन् । कुँवरले मलेसियामा रहेका मात्र नभएर प्रवासमा रहेका लाखौ नेपालीको आफुले प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएको जनाएका छन् । 
 
‘राप्रपाको केन्द्रीय सदस्य चयनमा प्रवासबाट २ वटा कोटा छुट्याइएको छ । यसमा पनि मलेसिया सबैभन्दा धेरै नेपाली रहेको र पार्टीका लागि पनि महत्वपूर्ण क्षेत्र रहेकाले केन्द्रीय सदस्यमा प्रतिनिधत्व आवश्यक देखेर नै उम्मेद्वारी घोषणा गरेको हुँ,’ कुँवरले आफुलाई जिताउन अपिल गरेका छन् । 
 
कुँवरले प्रवासमा रहेका नेपालीहरुको हक अधिकार र प्रवासमा रहेका नेपालीहरुमाझ पनि राप्रपालाई पु¥याउने उद्देश्यका साथ आफु उम्मेदवार बनेको बताएका छन् ।  प्रवासमा रहेका श्रमिकहरुको समस्या समाधान गर्न र राप्रपालाई विश्वमा रहेका नेपालीमाझ चिनाउने उद्देश्यले आफु केन्द्रीय सदस्यमा आउनु पर्ने कुँवरको भनाई छ । 


 
गुल्मी जिल्लाको ठूलो लुम्पेकमा जन्मिएका कुँवर विगत १३ वर्षदेखि मलेसियामा बस्दैं आएका छन् । उनी मलेसियामा बसेर पनि सफल व्यवसायीका रुपमा परिचित छन् । कुँबरले आफ्नो व्यवसायिक यात्रासँगै मलेसियामै रहेर नेपाली कामदारको हकहितका लागि सधैं लागि परिरहेका छन् । कुँबरले मलेसियामा रहेका धेरै नेपालीलाई सहयोग गर्दै आएका छन् भने मलेसियामा सामाजिक कार्यकर्ताका रुपमासमेत परिचित छन् । ‘धेरै नेपाली रहेको मुलुक र नेपालमा धेरै रेमिट्यान्स भित्र्याउने मुलुकको नाताले पनि राप्रपामा मलेसियाबाट प्रतिनिधत्व हुने अपेक्षामा गरेको छु ।’ कुँबरले महाधिबेशनमा आएका राप्रपा प्रतिनिधिहरुलाई भोटको अपिल गरेका छन् । 
 
यद्यपी अहिले प्रवासतर्फको केन्द्रिय सदस्यमा कुवँरको दरिलो प्रतिस्पर्धीमा अन्य कुनैको उम्मेदवारी देखिएको छैन ।  
 



प्रतिक्रियाहरु
Baburam Bhattarai, Sunsari, Inaruwa-09
Best of Luck Brother
उपेन्द्र विक्रम पुरुष , now lalitapur Nepal
राष्ट्रिय प्रजातन्त्र पार्टीमा यज्ञ कुवर जस्ता झुजरु ब्यक्ती हुनै पर्छ तब मात्र पार्टी अर्थमा सुत्रता पाउछ।

प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
351.   मृत्युदण्ड पाएका अनिस बचाउ अभियान व्यापक हुँदै
352.   स्वदेश फर्कन साउदीवाट श्यामवहादुरको हारगुहार
353.   नेपाल लोकतान्त्रिक मञ्च कतारको प्रथम राष्ट्रिय भेला सम्पन्न
354.   मृत्युदण्ड पाएका अनिस बचाउ अभियान व्यापक हुँदै
355.   मलेसियाले विदेशी कामदारको माग घटाउने
356.   मलेसियामा अबैध कामदारमाथि भोलिवाट फेरी धरपकड
357.   स्याङ्गजा सहयोग समाज कतारमा बस्याल
358.   बहराइनले नेपाली कामदारलाई थप अवसर दिने
359.   एनआरएन मलेसियाले गर्यो राजदुत वस्न्यातको भब्य स्वागत
360.   दार्चुलाका बाढिपीडितलाई बहराइनका नेपालीको सहयोग
361.   ओमानमा नेपाली दुतावासको उदघाटन
362.   सन्ध्या ग्रुपद्धारा खनालको बिदाई
363.   नेपाली दुतावास ओमान आगामी मंसिर ५मा उ्दघाटन हुने
364.   साउदीमा धरपकड शुरु
365.   मलेसियाको भिषा शुल्क बढ्यो
366.   महिला फुटवल टोलीलाई कतारमा सम्मान तथा विदाई
367.   साउदीमा नेपाली कामदारको मृत्यु
368.   प्रबासको दशै, म र मेरी आमा
369.   मलेसियाका लागि नेपाली राजदूतमा बस्न्यात
370.   किन अवैध बस्छन् कोरियामा नेपाली?
371.   सन् २०२२ मा कतारमा हुने विश्वकपको मिति सर्ने
372.   मलेसियामा गैरकानूनी रुपमा कार्यरत २३ नेपाली सेक्युरिटी गार्ड पक्राउ
373.   बर्खास्त गर्ने निर्णयको विरुद्ध राजदुत शर्मा सर्वोच्चमा
374.   नेपाल–ईटाली उद्योग वाणिज्य संघ गठन
375.   राजदूत शर्मा अदालत जाने
Results 387: You are at page 15 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media