सोमवार, असार ११ गते, २०७५
सोमवार, २०७३ फाल्गुन ०८ गते ०३:१५

रोजगार मञ्च । नेपालका राजनीतिक दलहरुमा प्रवासमा बस्ने नेपालीहरुलाई समेट्ने होड चलेको छ । काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा प्रवासका प्रतिनिधीहरु मध्येबाट मलेसियामा कार्यरत युवा व्यवसायी यज्ञप्रसाद कुँवर (योगेन्द्र)ले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । 
 
कुँवर राप्रपाको नेपाली प्रवासी एकता समाज मलेसियाका अध्यक्ष हुन् । कुँवरले मलेसियामा रहेका मात्र नभएर प्रवासमा रहेका लाखौ नेपालीको आफुले प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएको जनाएका छन् । 
 
‘राप्रपाको केन्द्रीय सदस्य चयनमा प्रवासबाट २ वटा कोटा छुट्याइएको छ । यसमा पनि मलेसिया सबैभन्दा धेरै नेपाली रहेको र पार्टीका लागि पनि महत्वपूर्ण क्षेत्र रहेकाले केन्द्रीय सदस्यमा प्रतिनिधत्व आवश्यक देखेर नै उम्मेद्वारी घोषणा गरेको हुँ,’ कुँवरले आफुलाई जिताउन अपिल गरेका छन् । 
 
कुँवरले प्रवासमा रहेका नेपालीहरुको हक अधिकार र प्रवासमा रहेका नेपालीहरुमाझ पनि राप्रपालाई पु¥याउने उद्देश्यका साथ आफु उम्मेदवार बनेको बताएका छन् ।  प्रवासमा रहेका श्रमिकहरुको समस्या समाधान गर्न र राप्रपालाई विश्वमा रहेका नेपालीमाझ चिनाउने उद्देश्यले आफु केन्द्रीय सदस्यमा आउनु पर्ने कुँवरको भनाई छ । 


 
गुल्मी जिल्लाको ठूलो लुम्पेकमा जन्मिएका कुँवर विगत १३ वर्षदेखि मलेसियामा बस्दैं आएका छन् । उनी मलेसियामा बसेर पनि सफल व्यवसायीका रुपमा परिचित छन् । कुँबरले आफ्नो व्यवसायिक यात्रासँगै मलेसियामै रहेर नेपाली कामदारको हकहितका लागि सधैं लागि परिरहेका छन् । कुँबरले मलेसियामा रहेका धेरै नेपालीलाई सहयोग गर्दै आएका छन् भने मलेसियामा सामाजिक कार्यकर्ताका रुपमासमेत परिचित छन् । ‘धेरै नेपाली रहेको मुलुक र नेपालमा धेरै रेमिट्यान्स भित्र्याउने मुलुकको नाताले पनि राप्रपामा मलेसियाबाट प्रतिनिधत्व हुने अपेक्षामा गरेको छु ।’ कुँबरले महाधिबेशनमा आएका राप्रपा प्रतिनिधिहरुलाई भोटको अपिल गरेका छन् । 
 
यद्यपी अहिले प्रवासतर्फको केन्द्रिय सदस्यमा कुवँरको दरिलो प्रतिस्पर्धीमा अन्य कुनैको उम्मेदवारी देखिएको छैन ।  
 



प्रतिक्रियाहरु
Baburam Bhattarai, Sunsari, Inaruwa-09
Best of Luck Brother
उपेन्द्र विक्रम पुरुष , now lalitapur Nepal
राष्ट्रिय प्रजातन्त्र पार्टीमा यज्ञ कुवर जस्ता झुजरु ब्यक्ती हुनै पर्छ तब मात्र पार्टी अर्थमा सुत्रता पाउछ।

प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
301.   टोरोन्टोमा नया वर्ष २०७२ को भव्य स्वागत
302.   सामाजिक सेवा सँगै व्यबसायको सुरुवात
303.   नेपालको सिको गर्दै मलेसियामा हड्तालमा उत्रिएका नेपाली काममा फर्किए
304.   ओमानमा अवैधानिक आप्रवासी कामदारलाई घरफिर्तीको अवसर
305.   कतारमा रक्तदान गर्न एनआरएनको साथमा अन्य संघसंस्था
306.   ‘नेपाल टिभी क्यानाडा’ शनिवारदेखि प्रशारण आरम्भ
307.   मृगौला पिडित परियारलाई कतारबाट ४ लाख सहयोग
308.   नेपालीको दक्षता अनुसार रोजगारी दिइने – ओन्टारियो प्रिमियर
309.   स्याङजा सहयोग समाज कतारको साधारणसभा सम्पन्न
310.   नेपालि व्यवसायीद्वारा कतारमा सुपर मार्केट संचालन
311.   ओमानमा एनआरएनको महिला दिवश कार्यक्रम सम्पन्न
312.   क्यानाडामा शेर्पा लोसार पर्व सम्पन्न
313.   यूएईमा ३३ औं मगर दिवस सम्पन्न
314.   तेश्रो एशियन कम्युनिटी फुटबल टुर्नामेन्टमा नेपाली टिम पनि सहभागी हुँदै
315.   काठमाडौमा क्यानेडियन भिषा अफिस खोल्न पहल
316.   जनप्रगतिशील मञ्च ओमानको बार्षिक भेला सम्पन्न
317.   नेपाली फुटबल टिमलाई अल अहली क्लवले दियो डेड दर्जन फुटबल
318.   मलेसियामा राहदानी नविकरणबारे एसएमएसबाटै थाहा पाइने
319.   अमेरिकामा नेपालीलाई १० करोडको चिठ्ठा
320.   बेलायतमा नेपालीले किने नर्सिङ् होम
321.   मलेसियाका मेनपावर व्यवसायीहरुको छुट्टै संघ गठन
322.   समयमा तलव नदिने कम्पनीले थप कामदार ल्याउन नपाउने
323.   स्याङजा सहयोग समाज क्याक्मी ईकाईमा राना
324.   भोजपुर समाज कतारद्धारा विभिन्न संस्था तथा व्यक्तित्व सम्मानित
325.   हङकङ निवासी राईले दिए कलेजलाई ३ सय थान पुस्तक
Results 416: You are at page 13 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media