मंगलवार, जेष्ठ ०८ गते, २०७५
विहिवार, २०७३ पुस २७ गते ०२:४१

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘हिमालको गोठालो’ को विमोचन गर्नुभयो । विमोचनपछि डा. भट्टराईले ‘यो कृति मार्फत् नेपालको हिमाली क्षेत्र, पर्यटन क्षेत्र र गुरुङ जनजीवनको सुन्दर चित्रण भएकोमा म निकै गर्व गर्छु’ भन्नुभयो ।
 
पूर्व प्रधानमन्त्री भट्टराईले भन्नुभयो– ‘नेपाल सबै जातजातिको मुलुक हो । अबको राजनीतिक परिवेशले यो विविध समाजलाई सम्मान गर्नुपर्छ ।’
 
कृतिको समीक्षा गर्दै वरिष्ठ साहित्यकार युवराज नयाँघरेले भन्नुभयो– ‘सङ्घर्षका अनेक कथाहरुले हिमालको गोठालो भरिएको छ । गोठालो, भरिया हुँदै अन्तर्राष्ट्रिय स्तरको तालिम लिने सुनारको संघर्षशील कथाले यो कृति सबैका लागि प्रेरणादायी बनेको छ ।’
 
धार्चे मनास्लु पत्रिकाद्वारा आयोजित लोकार्पण समारोहमा बालाराम घर्ती मगर, सन्तोष गुरुङ, आङ छिरिङ शेर्पा, मन बहादुर पुन मगर लगायतले बोल्नु भएको थियो । 
 
पहिलो अन्तर्राष्ट्रिय पर्वतीय पथ प्रदर्शक सुनारबहादुर गुरुङद्वारा लेखिएको हिमालको गोठालोको प्रकाशन सुनार ट्रष्ट नेपालद्वारा गरिएको हो ।
 
लेखक गुरुङ गोरखा– लाप्राकका हुनुहुन्छ । पछिल्लो समय उहाँ शिक्षा क्षेत्रमा विशिष्ट ढंगले योगदान पु¥याइरहनु भएको छ । समाजसेवी गुरुङकै नेतृत्वमा धेरै विद्यालयहरु निर्माण र व्यवस्थापन हुँदै आएका छन् । हिमालको गोठालोबाट उठेको रकम समेत लेखक गुरुङले गोरखाकै शिक्षा क्षेत्रमा लगानी गर्ने बताउनु भएको छ ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: साहित्य
1.   खप्तडमा काठमाडौंका लेखकहरु
2.   बिकुको ‘सपनाको ट्रान्जिटमा’ विमोचित
3.   राष्ट्रिय कलाश्री सम्मान चार जनालाई
4.   मुनामदनका संगीतकार शर्माको निधन
5.   सिड्नीमा निबन्धकार नयाँघरे सम्मानित
6.   क्यानबेरामा साहित्यकार नयाँघरे सम्मानित
7.   भविनको ‘छायाँ’ विमोचित
8.   तिम्रो विर्यको मुल्य कति ?
9.   वरिष्ठ कलाकार डिना वाङ्देलको निधन
10.   झापामा नयाँघरे र धनकुटे कान्छा सम्मानीत
11.   संचारकर्मी डब्बु क्षत्रीको 'नमस्ते काठमाडौं' सार्वजनिक
12.   अनुभूति : सुन्दर गोरखा र ती राष्ट्रनिर्माता
13.   सेल्फी भनेपछि भुतुक्कै भद्रिका
14.   बसन्तले ल्याए भुमरी उपन्यास
15.   नयाँघरे र धनकुटेलाई प्रतिभा पुरस्कार
16.   हिमालको गोठालो लोकार्पित
17.   सुष्माको उपन्यास ‘सिमल’ सार्वजनिक
18.   विश्वमा सबैभन्दा बढी बिक्रि भएका १० पुस्तक यि हुन
19.   वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन
20.   अफ्रिकामा जीवा लामिछानेको ‘सरसर्ती संसार’ विमोचित
21.   उपन्यासकार कटुवालको ‘अधुरो सपना’ सार्वजनिक
22.   नारी स्रष्टाहरु सम्मानित
23.   रेडियोमा जागिर खानेको कथा: रेडियोमा कन्डमको कुरा गर्दा घरमा आमाको गाली
24.   निवन्धकार नयाँघरेको नियात्रा संग्रह ‘हाराबारा’ विमोचित
25.   हे भगवान मलाई किन ‘आइमाई’ बनाएनौ ?
Results 65: You are at page 1 of 3
1 2 3 Next Last

Powered By : Unitech Media