बुधवार, माघ ०३ गते, २०७४
विहिवार, २०७३ पुस १४ गते २१:५९

नेपाली भाषा–साहित्यसेवी कमलमणि दीक्षितको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको छ । श्वासप्रश्वासको समस्याबाट पीडित उनको ललितपुरको बीएन्डबी अस्पतालमा उपचारको क्रममा बिहान दुई बजेर ४५ मिनेटमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । तीन महिनायता फोक्सोको क्यान्सरबाट पीडित उनलाई गाह्रो भएपछि गत सोमबार अस्पताल लगिएको थियो ।
 
 
उनको आजै बिहान ७ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । १९८६ भदौ कुशे औंशीमा काठमाडौंको गैरीधारामा जन्मिएका उनी ललितपुरको पाटनढोकास्थित निवासमा बस्दै आएका थिए ।
 
दीक्षितका आफ्ना सिर्जना र सम्पादित पुस्तक गरी ७५ भन्दा बढी कृति प्रकाशित छन् । विशेष गरेर साहित्यिक अनुसन्धानमा चाख राख्ने उनका ‘यस्तो पनि’, ‘कालो अक्षर’, ‘कागतीको सिरप’, ‘चार कन्था’, ‘शाखा सन्तान’ लगायत कृति उल्लेख्य छन् ।
 
मदन पुरस्कार गुठी र मदन पुरस्कार पुस्तकालयका संस्थापक तथा अध्यक्ष  रहेका दीक्षित विभिन्न सामाजिक, साहित्यिक, शैक्षिक र व्यवसायिक संघसंस्थामा सक्रिय थिए । मदन पुरस्कार गुठीबाट प्रकाशन हुने नेपाली त्रैमासिक पत्रिकाको वि। सं। ०१३ देखि सम्पादन गर्दै आएका थिए ।
 
उनका तीन सन्तान छन् । छोराहरु कुन्द दीक्षित र कनकमणि दीक्षित तथा छोरी रूपा जोशी पत्रकारितामा क्रियाशील छन् । पत्नी अञ्जु पौडेलको गत वर्ष पुस ३ गते निधन भएको थियो ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: साहित्य
1.   मुनामदनका संगीतकार शर्माको निधन
2.   सिड्नीमा निबन्धकार नयाँघरे सम्मानित
3.   क्यानबेरामा साहित्यकार नयाँघरे सम्मानित
4.   भविनको ‘छायाँ’ विमोचित
5.   तिम्रो विर्यको मुल्य कति ?
6.   वरिष्ठ कलाकार डिना वाङ्देलको निधन
7.   झापामा नयाँघरे र धनकुटे कान्छा सम्मानीत
8.   संचारकर्मी डब्बु क्षत्रीको 'नमस्ते काठमाडौं' सार्वजनिक
9.   अनुभूति : सुन्दर गोरखा र ती राष्ट्रनिर्माता
10.   सेल्फी भनेपछि भुतुक्कै भद्रिका
11.   बसन्तले ल्याए भुमरी उपन्यास
12.   नयाँघरे र धनकुटेलाई प्रतिभा पुरस्कार
13.   हिमालको गोठालो लोकार्पित
14.   सुष्माको उपन्यास ‘सिमल’ सार्वजनिक
15.   विश्वमा सबैभन्दा बढी बिक्रि भएका १० पुस्तक यि हुन
16.   वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन
17.   अफ्रिकामा जीवा लामिछानेको ‘सरसर्ती संसार’ विमोचित
18.   उपन्यासकार कटुवालको ‘अधुरो सपना’ सार्वजनिक
19.   नारी स्रष्टाहरु सम्मानित
20.   रेडियोमा जागिर खानेको कथा: रेडियोमा कन्डमको कुरा गर्दा घरमा आमाको गाली
21.   निवन्धकार नयाँघरेको नियात्रा संग्रह ‘हाराबारा’ विमोचित
22.   हे भगवान मलाई किन ‘आइमाई’ बनाएनौ ?
23.   संस्मरण : आहै, भट्याउनेको, आहै, स्वरै सुक्यो – उत्तम भट्टराई
24.   साहित्य संगालोको सम्मान तथा पुरस्कार वितरण समारोह सम्पन्न
25.   कथा : विदेशिएकी गर्लफ्रेन्ड
Results 62: You are at page 1 of 3
1 2 3 Next Last

Powered By : Unitech Media