बुधवार, जेष्ठ ०९ गते, २०७५
जुनु गुरुङ, उपाध्यक्ष, गैरआवासीय नेपाली संघ, दक्षिण कोरिया
विहिवार, २०७३ पुस १३ गते ०८:१६

जुनु गुरुङ, उपाध्यक्ष
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, दक्षिण कोरिया

ब्यापारिक भिसामा सन् २००६ मा कोरिया प्रवेश गर्नुभएकी जुनु गुरुङ अहिले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको उपाध्यक्ष हुनुहुन्छ । सानो मार्ट सेन्टर खोलेर व्यवसाय शुरु गर्नुभएकी उहाँले केहि समयपछि रेष्टुरेण्ट व्यवसाय पनि आरम्भ गर्नुभयो । व्यवसायका अलवा सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय गुरुङलाई कोरिया सरकारले मानार्थ नागरिकतासमेत प्रदान गरेको छ । उहाँ मानार्थ नागरिकता पाउने पहिलो नेपाली महिला हुनुहुन्छ । कोरियामा रहेका नेपालीहरुको समस्या समाधानमा निकै सक्रियतासँग लाग्नुभएकी गुरुङ वमन फर वमन संस्थाको अध्यक्ष पनि भैसक्नु भएको छ । । सामाजिक अभियन्ता गुरुङसँग कोरियामा रहेका नेपाली विशेषगरी महिला कामदार, कोरिया रोजगारीको अवस्था तथा त्यहाँका समस्या र समाधानका विषयमा अर्थ र रोजगारले गरेको कुराकानीको सारसंक्षेप :

 
दक्षिण कोरिया नेपालीहरुका लागि आकर्षक गन्तव्यमा रुपमा लिइन्छ, त्यहाँ कार्यरत नेपाली कामदार अझ बिशेषगरी महिला कामदारको अवस्था कस्तो छ ?

हो, दक्षिण कोरिया वैदेशिक रोजगारका लागि राम्रो गन्तब्य मानेर नेपालीहरुको संख्या बढिरहेको छ । कोरियामा इपिएस प्रणालीमार्फत गएका २ हजारका हाराहारीमा नेपाली महिला कामदार कार्यरत रहेको हाम्रो अनुमान छ । उनीहरुमध्ये झण्डै ८० प्रतिशत कृषि क्षेत्रमा गएका छन् । पढे लेखेका र शिक्षित भए पनि कृषिको क्षेत्रमा धेरै नै खटेर काम गर्नुपर्ने हँुदा खासै काम गर्ने बानी नभएका नेपाली महिला दिदीबहिनीहरुलाई कोरियामा काम गर्न भने सहज छैन । उता कृषि क्षेत्रमा जाने महिलाहरु शुरुशुरुमा बेरोजगार बन्ने गरेको अवस्थाले पनि समस्या चाँही छ । यस्तै कोरियामा म्यारिज भिसामा पनि आफ्नै प्रयास तथा दलालको सहायतामा जाने महिलाहरु प्रसस्तै छन् । उनीहरु अधिकांश २० देखि ३० वर्ष उमेर समूहका छन् तर कोरियन श्रीमान भने ५० वर्ष र अझै बृद्ध हँुदा उमेरको ग्यापले पनि उनीहरुमा विभिन्न खाले समस्याहरु देखिएका छन् । 
 
तपाई आफै पनि नेपाली महिला कामदारका हकहित, अधिकार र सुरक्षाका लागि लडिरहनुभएको छ । प्रवासी भूमिमा महिला कामदारका सवालमा समस्या समाधानका लागि कस्तो खाले पहल गरिरहनु भएको छ ?

हामीले कतियय अवस्थामा नेपाली महिलाहरु समस्यामा परेको ठाँउमै गएर काम गर्नुपर्ने हुन्छ तर विदेशको ठाउँमा आउनेजाने समस्याका कारण पनि यसमा पक्कै कठिनाई छ । उता पीडितहरुलाई पनि न्याय माग्ने ठाउँसम्म जान कठिनाई, भाषा, आर्थिक लगायतका समस्या हुन्छन् । कोही ठाउँमा तलब नपाएका, कोही ठाउँमा पीडित बनाइएका, शारीरिक शोषणमा परेका दिदीबहिनीहरु पनि छन् । कतिपय अवस्थामा त नेपाली दाजुभाईबाटै पीडित बन्नुपरेको अवस्थासमेत हामीले पाएका छौ । हामी महिला दिदीबहिनीहरुको यीनै विभिन्न खाले समस्या समाधानमा निरन्तर लागिरहेका छौ ।
 
महिला अधिकार सम्वन्धी संस्था वमन फर वमनको अध्यक्ष पनि हुनुहुन्छ । यो संस्थाले कोरियामा रहेका नेपाली महिला कामदारका हकमा कस्तो काम गरिरहेको छ ? 

हामी कोरियामा रहेका केहि महिला साथीहरुको सरसल्लाहबाट यो संस्था जन्मिएको हो । हामीले फिल्डमै गएर समस्यामा परेका महिला दिदीबहिनीहरुका समस्या बुझने, समाधान गर्ने र उहाँहरुलाई परामर्श दिने काम ग¥यौ । बेरोजगार भएकाहरुलाई हामीले सेल्टरमा बस्ने व्यवस्था मिलायौ । कोरियन श्रीमानबाट यातना भोगेकाहरुलाई दूतावासको सहयोगमा उद्धार ग¥यौ, खर्च अभाव भएकाहरुलाई निःशुल्क उपचार गर्ने व्यवस्थादेखि पीडितहरुलाई त्यहाँ रहेका चर्च तथा गुम्बाहरुसँगको सहयोगमा आर्थिक सहायता गर्ने कामसम्म ग¥यौं । यसबाहेक हामीले हरेक महिनाको अन्तिम आइतबार फ्री मेडिकल सेन्टर संचालन गरेका थियौं यो अहिलेसम्म संचालनमा छ ।


 
कोरिया सरकार, नेपाली नियोग तथा त्यहाँ रहेका विभिन्न नेपाली संघसंस्थाले नेपाली कामदारका समस्या समाधानमा कत्तिको पहल गरेको पाउनुभएको छ ?

कोरियामा झण्डै ६० वटा संघसंस्थाहरु स्थापना भैसकेका छन् । उनीहरुले स्वदेशका लागि तथा कोरियामै कार्यरत नेपालीका सन्दर्भमा केहि न केहि भूमिका निभाइरहेका छन् । यो आधारमा संस्था बढ्नु पनि राम्रो नै हो जस्तो लाग्छ । ४० हजारका हाराहारीमा नेपालीहरु कोरियामा रहेका छन् । बेरोजगारी हुँदा होस् या विरामी पर्दा अथवा कुनै समस्या पर्दा नै होस् सबै संघसंस्थाले आफुले सकेको सहयोग गरिरहेको अवस्था छ । नेपाली दूतावासले पनि आफ्नो क्षमता र स्रोत साधन अनुसार काम गरिरहेकै छ । 
 
पछिल्लो समय कोरियामा नेपालीहरुको आत्महत्याका घटना बढ्दो छ । यस्तो अवस्था किन सिर्जना भैरहेको छ ?

हो, एकै महिनामा ४ वटा यस्ता घटना भएकोसम्म पनि हामीले पाएका छौ । विशेषगरी पढेलेखेकाहरुनै त्यहाँ डिप्रेशनको शिकार भैरहेका छन् । आफुभन्दा कम पढेका र साना भाइबहिनिहरुले पनि आफुभन्दा बढि कमाई गरेको देख्दा तथा आफ्नो पढाइ र क्षमताको कुनै काम नहुँदा उनीहरु हीनतावोध र डिप्रेशनको शिकार हुनेगरेको देखिएको छ । नेपालमा परिश्रम नगर्नेहरु कोरिया पुगेर बलको काम गनुपर्ने र त्यस्तो काम गर्न नसक्ने हुँदा पनि आत्महत्या रोज्न पुग्दछन् । बिशेषगरी पढेलेखेका यस्तै दाजुभाईहरुले नै बढि आत्महत्या गर्ने गरेको हामीले पायौं । 
 
दक्षिण कोरिया जान चाहनेहरुलाई तपाई कस्तो सुझाव दिनुहुन्छ ?

आम्दानीको हिसावले भन्ने हो भने कोरियामा नेपालीहरुले डेढलाखदेखि ३ लाखसम्म हरेक महिना कमाइ गरिरहेका छन् । तर कामको हिसावले हेर्ने हो भने यहाँ निकै कठिन परिश्रम गर्नुपर्छ । ‘थ्री डी’ अर्थात धेरै परिश्रमको काम नै हो नेपालीहरुले गर्ने कोरियामा । ९० प्रतिशतभन्दा बढी नेपाली गाह्रो काममा नै कार्यरत छन । न्यूनतम पनि दिनको १२ घण्टा त खट्नै पर्ने हुन्छ । यही कुरा बुझेर आफुलाई मानसिकरुपमा तयार बनाउने हो भने कोरिया रोजगारी आम्दानीका हिसावले राम्रो नै छ । कोरियामा पैसाको रुख छैन, परिश्रम गरेर अर्थात पाखुरा बजारेर नै पैसा कमाउने हो भन्ने कुरा सबैले बुझ्नु पर्छ ।
 
अर्कोतर्फ सीप सिकेर र राम्रोसँग भाषा जानेर मात्र कोरिया जानु उपयुक्त हुन्छ । सरकारले पनि सीप सिकाएर मात्र नेपालीहरुलाई पठाउन प्रोत्साहन गर्नुपर्छ । 
 
अन्त्यमा प्रसंग बदल्छु, तपाईले कारियामा मानार्थ नागरिकता प्राप्त गर्नु भएको छ , कसरी संभव भयो ?

हो, मलाई कोरिया सरकारले मानार्थ नागरिकता प्रदान गरेको छ । सामाजिक कार्यमा सक्रिय भएर लागेको कारण नै मैले मानार्थ नागरिकता पाएको हो जस्तो लाग्छ । महिलाहरुको सेवामा म ब्यक्तिगतरुपमा बिगतदेखि नै लागि रहेँ । नेपाली समाजमा सक्रिय भएर महिलाहरु भएको ठाउँमा नै गएर उनीहरुको समस्या राम्रोसँग समाधान गर्न सकेँ । समस्यामा समाधानका लागि नेपाली महिलाहरु राख्नका लागि छुट्टै सेल्टरको स्थापना ग¥र्यौ । महिलाहरुलाई बाहिर बस्न असहज हुने हुँदा सेल्टर निकै उपयोगी भएको छ । नेपाली दूतावासकोे सहयोग र आग्रहमा मैले मानार्थ नागरिकता पाउन सफल भएको हो । यस्तो नगारिकता पाउने अन्य नेपाली महिला छैनन जस्तो मलाई लाग्छ ।  
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अन्तर्वार्ता / बिचार
1.   नेपालका युवा सुहाउँदो काम कफी व्यवसाय हो
2.   सुन भरियाको कथा : वैध बाटो, अवैध कारोबार
3.   एनआरएनप्रतिको अपेक्षा र उनीहरुले जगाएको आशा
4.   एनआरएनएको संस्थागत तथा दिगो विकासका लागि 'भिजन २०२०'
5.   एसिया प्यासिफिक क्षेत्रका समस्या समाधानका लागि मेरो उम्मेदवारी
6.   वैदेशिक रोजगार सुधार्न फिलिपिन्सबाट सिक्नेकी !
7.   बिपत्तिमा डुबेको वैदेशिक रोजगारको स्रोत क्षेत्रलाई व्यवसायीको उपहार ! ‘ब्ल्याक लेबल’
8.   एनआरएनए साझा चौतारी बन्नुपर्छ
9.   एक परदेशिको आत्मकथन : नचाहदा नचाहदै जन्मियो अपराध - शम्भु सुस्केरा
10.   असोज पहिलो सातासम्म संघको भवन निर्माण शुरु हुन्छ
11.   अनुभूति : बरदुबई पार्कमा नेपाली जोडीका पीडा - युवराज नयाँघरे
12.   भाषण होइन स्पष्ट रोडम्याप र पुरा गर्ने आधारसहित अघि बढेको छु : गडतौला
13.   २०७३ मा वैदेशिक रोजगार उपलब्धिभन्दा विवादै विवाद
14.   संघको नेतृत्वतहमा श्रेष्ठको खोजी
15.   म व्याक हुन तयार छु, तर फोरमबाट एउटै प्यानल आउछ : प्रज्ञान न्यौपाने
16.   वैदेशिक रोजगार विभागले दिने अनलाइन सेवाबारे विस्तृत जानकारी : सूर्यप्रसाद भण्डारी
17.   वैदेशिक रोजगार व्यवसायीलाई त्यसै क्षेत्रको जिम्मेवारी दिनु गलत : डा.शेखर कोइराला
18.   म पद दोहोर्याउन्न, अध्यक्षको स्वभाविक दावेदार हुँ : कुमार पन्त
19.   माफियातन्त्र उखेल्न संघ नेतृत्व अनवरत लागिरहेको छ
20.   कोरियामा नेपालीले गर्ने भनेको ‘थ्री डी’ नै हो
21.   अझै नयाँ रेमिट्यान्स कम्पनी ?
22.   आप्रवासी कामदारको सम्मान नै सुरक्षित आप्रवासन
23.   मेहनत र संघर्ष गरिरहेको छु
24.   त्रासै त्रासले घेरिएको छ वैदेशिक रोजगार
25.   इमान्दार हुँदा न्याय पाइन्छ भन्ने नजिर बस्यो
Results 59: You are at page 1 of 3
1 2 3 Next Last

Powered By : Unitech Media