बुधवार, जेष्ठ ०९ गते, २०७५
विहिवार, २०७३ पुस १३ गते ०२:०३

फणिन्द्र दाहाल / अन्दाधुन्द ढंगमा विभिन्न संस्थाहरुलाई काम गर्न दिइने अनुमतिले हाम्रो देशमा विभिन्न व्यवसायीक क्षेत्र अस्तव्यस्त मात्र भएका छैनन्कि सरकारको नियन्त्रण बाहिर गएर आर्थिक क्षेत्रनै धरासायी बन्दै गइरहेको छ । 
 
हिजोका दिनमा बैंक, मेनपावर, सहकारीलगायतका संस्था संचालनमा मनपरीढंगले अनुमति दिदा अनियन्त्रित अवस्था सिर्जना हुन पुग्यो जसका कारण यी संस्थाहरुमा आज नयाँ अनुमति नै दिन बन्द गरेर व्यवस्थितका लागि मर्ज वा सुदृढिकरणको दिशामा लाग्नुपरेको अवस्था छ । त्यसैगरी बिद्यालय, अस्पताल, हाइड्रोपावरको क्षेत्र पनि त्यस्तै अवस्थामा पुगिसकेको छ । झोलामा लाइसेन्स बोकेर खोला ओगट्ने तथा गुणस्तरहीन संस्थाका कारण आम सर्वसाधारण मर्कामा छन् । अस्तब्यस्तताका कारण आज सर्वसाधारणको अर्बौ रुपैया जोखिममा परेको छ ।
 
यस्तै अस्तव्यस्त अवस्थामा गुज्रिरहेको अर्को क्षेत्र हो रेमिट्यान्स व्यवसाय । नेपाल राष्ट्र बैंकले रेमिन्ट्यान्स कम्पनीलाई जथाभावी संचालन अनुमति दिदा यस क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा र व्यवसायिक जोखिम उत्तिकै बढ्दो छ । अहिले राष्ट्र बैंकबाट अनुमति लिएर संचालित रेमिट्यान्स कम्पनीहरुको संख्या ५३ वटा छ । जसमा १ दर्जनभन्दा बढी कम्पनी निश्कृय छ । संचालनमा भएकै रेमिट्यान्स कम्पनीहरुले राम्रो बजार पाउन नसकिरहेको अवस्थामा अहिले राष्ट्र बैंकमा २० भन्दा बढी रेमिट्यान्स कम्पनीहरु संचालन अनुमतिको पाइपलाइनमा छन् । यी संस्था पनि थपिँदा  यो क्षेत्र झन अस्तव्यस्त बन्ने खतरा बढ्दो छ । 
 
अहिले अस्वस्थ प्रतिष्पर्धाकै कारण नेपाली रेमिट्यान्स कम्पनीहरुले विदेशी साझेदारहरुसँग सहकार्य या सम्झौता गर्दा आफ्नो स्वार्थका लागि आफुले पाउने सेवासुविधाबाट पछि हटेर जथाभावीढंगमा न्यूनतम कमिशनमा सम्झौता गरिरहेका छन् ।  यसले कमिशनवापत नेपाल भित्रने ठुलो मात्राको धनराशी नोक्सानी अर्थात विदेशीलाई नै बुझाइरहेको अवस्था छ ।
 
समयमै राष्ट्र बैंक तथा सरोकारित निकायले ध्यान नदिने हो र जथाभावि रेमिट्यान्स कम्पनी संचालन अनुमति दिदै जाने हो भने भोलिका दिनमा यो व्यवसायको क्षेत्रमा ठुलै संकट पैदा हुने देखिन्छ । 
 
यसर्थ नयाँ कम्पनी दर्तामा तत्कालका लागि रोक लगाई संचालनमा रहेका कम्पनीहरुलाई व्यवस्थित र सहज बनाउन सबै निकाय लाग्नुपर्ने आवश्यकता देखिएको छ । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अन्तर्वार्ता / बिचार
1.   नेपालका युवा सुहाउँदो काम कफी व्यवसाय हो
2.   सुन भरियाको कथा : वैध बाटो, अवैध कारोबार
3.   एनआरएनप्रतिको अपेक्षा र उनीहरुले जगाएको आशा
4.   एनआरएनएको संस्थागत तथा दिगो विकासका लागि 'भिजन २०२०'
5.   एसिया प्यासिफिक क्षेत्रका समस्या समाधानका लागि मेरो उम्मेदवारी
6.   वैदेशिक रोजगार सुधार्न फिलिपिन्सबाट सिक्नेकी !
7.   बिपत्तिमा डुबेको वैदेशिक रोजगारको स्रोत क्षेत्रलाई व्यवसायीको उपहार ! ‘ब्ल्याक लेबल’
8.   एनआरएनए साझा चौतारी बन्नुपर्छ
9.   एक परदेशिको आत्मकथन : नचाहदा नचाहदै जन्मियो अपराध - शम्भु सुस्केरा
10.   असोज पहिलो सातासम्म संघको भवन निर्माण शुरु हुन्छ
11.   अनुभूति : बरदुबई पार्कमा नेपाली जोडीका पीडा - युवराज नयाँघरे
12.   भाषण होइन स्पष्ट रोडम्याप र पुरा गर्ने आधारसहित अघि बढेको छु : गडतौला
13.   २०७३ मा वैदेशिक रोजगार उपलब्धिभन्दा विवादै विवाद
14.   संघको नेतृत्वतहमा श्रेष्ठको खोजी
15.   म व्याक हुन तयार छु, तर फोरमबाट एउटै प्यानल आउछ : प्रज्ञान न्यौपाने
16.   वैदेशिक रोजगार विभागले दिने अनलाइन सेवाबारे विस्तृत जानकारी : सूर्यप्रसाद भण्डारी
17.   वैदेशिक रोजगार व्यवसायीलाई त्यसै क्षेत्रको जिम्मेवारी दिनु गलत : डा.शेखर कोइराला
18.   म पद दोहोर्याउन्न, अध्यक्षको स्वभाविक दावेदार हुँ : कुमार पन्त
19.   माफियातन्त्र उखेल्न संघ नेतृत्व अनवरत लागिरहेको छ
20.   कोरियामा नेपालीले गर्ने भनेको ‘थ्री डी’ नै हो
21.   अझै नयाँ रेमिट्यान्स कम्पनी ?
22.   आप्रवासी कामदारको सम्मान नै सुरक्षित आप्रवासन
23.   मेहनत र संघर्ष गरिरहेको छु
24.   त्रासै त्रासले घेरिएको छ वैदेशिक रोजगार
25.   इमान्दार हुँदा न्याय पाइन्छ भन्ने नजिर बस्यो
Results 59: You are at page 1 of 3
1 2 3 Next Last

Powered By : Unitech Media