मंगलवार, बैशाख ११ गते, २०७५
बुधवार, २०७० आश्विन ०१ गते ०९:४४


सम्बन्ध विच्छेदपछि पुरुषहरुमा सम्भोगको चाहना कम हुन्छ होला वा बढि ? डिभोर्स भएर श्रीमतीबाट अलग्गिएका पुरुषहरुमा यौनेच्छा बढि होला की विवाह नै नगरेका तन्नेरीहरुमा ? सामान्य अड्कल काट्ने हो भने सहबासबाट एक प्रकारले अघाएका भुक्तभोगी एकल पुरुषहरुमा भन्दा अविवाहित ठिटाहरुमा सम्भोगको भोक बढि हुन्छ । तर यस्तो अड्कलबाजी गलत रहेछ । एक अन्तराष्ट्रिय अनलाइन डेटिङ साइटले गरेको अध्ययन अनुसार ६७ प्रतिशत एकल पुरुषहरुमा अविवाहित ठिटाहरुमा भन्दा यौन इच्छा बढि हुन्छ । अध्ययनका अनुसार डिभोर्स खेपिसकेका पुरुषहरु वैवाहिक जिवन टुटेपछि नयाँ स्त्रीसँगको यौन सम्बन्धका बेला भावनामा बहँदैनन् । तर त्यस्ता पुरुषहरुले सम्भोगका बेला बढि रोमाञ्चकता तथा आनन्द प्राप्त गर्छन् जो उनीहरुले आफ्नी श्रीमतीसँगको सहबासमा अनुभुत गर्न पाएका थिएनन् ।
१०८० जना पुरुषमा गरिएको उक्त अध्ययन अनुसार डिभोर्स गरेका पुरुषहरुमा संयोगले बन्ने यौन पार्टनरसँगको सम्बन्ध प्रतिको कुनै भावनात्मक लगाव नहुने भएकाले उनीहरुले त्यस्तो यौन सम्बन्धलाई तनावमुक्त ढंगले ग्रहण गर्छन् र बढि भन्दा बढि आनन्द प्राप्तिको दिशामा लाग्छन् । उनीहरुमा पार्टनरलाई आनन्द दिन सकिएन भन्ने चिन्ता हुँदैन र आफु नामर्द होइने हो की भन्ने डर पनि हुँदैन । अर्को एक अध्ययन अनुसार डिभोर्सले महिलाको स्वास्थ्यमा भने नकारात्मक असर पूराउँछ । सम्बन्ध विच्छेदको मानसिक तथा शारीरिक प्रभाव हुने र यसले महिलाको हृदयस्वास्थ्यमा नकारात्मक असर पुराउने विज्ञहरु बताउँछन् ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रमाइलो संसार
1.   मध्यरातमा भुत बनेर सडकमा निस्कँदा (भिडियो)
2.   क्रिकेटमा कहिल्यै नतोडिने रेकर्डः १ बलमा २८६ रन
3.   बुढी वेश्याहरुको जिन्दगी (फोटोफिचर)
4.   रेष्टुँरामा लोकप्रिय बन्न थाल्यो मुसाको कवाब
5.   आफूमा मात्र सिमित राख्नुपर्ने ६ कुरा
6.   सेक्स लगत्तै भन्न नहुने कुराहरु
7.   एक्लो महसुस गर्दै हुनुहुन्छ ? अधबैंसे मानिसलाई भाडामा लिनुहोस्
8.   छोरीका लागि मरिन् आमा
9.   जोडी टुटेकाहरुमा सम्भोगको चाहना तिब्र
10.   महिलाको झोला कति फोहोर ?

Powered By : Unitech Media