बुधवार, माघ ०३ गते, २०७४
सोमवार, २०७३ पुस ११ गते २३:१७

जीवा लामिछानेको पुस्तक ‘सरसर्ती संसार’को तान्जानियाको दार-एस्स-लाममा विमोचन भएको छ । गैरआवासिय नेपाली संघ (एनआरएनए) अफ्रिकाको दोस्रो क्षेत्रीय बैठकको समापनपछि आयोजित कार्यक्रममा दक्षिण अफ्रिका तथा तान्जानियाका लागि नेपाली राजदूत अमृतबहादुर राईले पुस्तकको विमोचन गरेका छन् ।
 
नेपाल अफ्रिका साहित्य समाजले आयोजन गरेको कार्यक्रममा पत्रकार सुवास ढकालले राजदूत राई, लेखक लामिछाने र समाजका अध्यक्ष हिक्मत कार्कीसँग पुस्कतको बारेमा चर्चा गरेका थिए । लेखक लामिछानेले स्कुले जीवनकालका केही लेखेपनि तत्कालीन उच्च शिक्षाका लागि तत्कालीन सोभियत संघ पुगेपछि त्यो क्रम जुटेको जानकारी गराएका थिए । 
 
‘पछिल्लो समयमा सामाजिक सञ्जालमा गरेको टिप्पणीहरुलाई लेख्न थालेपछि आएको सुझावपछि लेख्न थालेको हुँ’ लामिछानेले भने, ‘घुम्ने रुची सानैदेखिको हो । रुसी छात्रवृत्तिको पैसा जोगाएर एक्लै रुकस्याक बोकेर धेरै पटक घुमे ।’ उनले आफूलाई सय पुस्तक पढेभन्दा एक पटकको यात्रा धेरै ज्ञानवर्द्धक हुने भनाइले सधै आकर्षित गरिरहेको बताए । ‘अर्को पुस्तक लेखे भने पनि नियात्रा नै हुने छ’ उनको भनाइ थियो ।
 
पत्रपत्रिका फुटकर नियात्राहरु लेख्दै आएका लामिछानेले पुस्तक लेख्नका लागि काठमाडौंको साहित्यक मोहत्सवमा भएको घटनापछि साथीहरुले जोड गरेको बताए ।
 
दुई साताअघि काठमाडौमा सो पुस्तकको बिमोचन भएको थियो । अफ्रिका विमोचन कार्यक्रममा बोल्दै राजदूत राईले सरसर्ती संसारको पढ्दा र अन्य देशमा भएका प्रसंगहरुलाई लेखेकले राम्रोसँग उतारेको बताए । ‘हिराको पारख जुवाहरीलाई थाहा हुन्छ । चुरौटेलाई होइन’ राईले भने ।
 
‘पुस्तकमा कहाँ गए के भयो भन्ने मात्रै छैन । गएको ठाउँको इतिहास, संस्कृति र अन्य पक्ष पनि राम्रोसँग उतारिएको छ’राईले भने, ‘त्यसलाई नेपालसँग जोड्न यसलाई झनै सुन्दर बनाइएको छ ।’
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: साहित्य
1.   मुनामदनका संगीतकार शर्माको निधन
2.   सिड्नीमा निबन्धकार नयाँघरे सम्मानित
3.   क्यानबेरामा साहित्यकार नयाँघरे सम्मानित
4.   भविनको ‘छायाँ’ विमोचित
5.   तिम्रो विर्यको मुल्य कति ?
6.   वरिष्ठ कलाकार डिना वाङ्देलको निधन
7.   झापामा नयाँघरे र धनकुटे कान्छा सम्मानीत
8.   संचारकर्मी डब्बु क्षत्रीको 'नमस्ते काठमाडौं' सार्वजनिक
9.   अनुभूति : सुन्दर गोरखा र ती राष्ट्रनिर्माता
10.   सेल्फी भनेपछि भुतुक्कै भद्रिका
11.   बसन्तले ल्याए भुमरी उपन्यास
12.   नयाँघरे र धनकुटेलाई प्रतिभा पुरस्कार
13.   हिमालको गोठालो लोकार्पित
14.   सुष्माको उपन्यास ‘सिमल’ सार्वजनिक
15.   विश्वमा सबैभन्दा बढी बिक्रि भएका १० पुस्तक यि हुन
16.   वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन
17.   अफ्रिकामा जीवा लामिछानेको ‘सरसर्ती संसार’ विमोचित
18.   उपन्यासकार कटुवालको ‘अधुरो सपना’ सार्वजनिक
19.   नारी स्रष्टाहरु सम्मानित
20.   रेडियोमा जागिर खानेको कथा: रेडियोमा कन्डमको कुरा गर्दा घरमा आमाको गाली
21.   निवन्धकार नयाँघरेको नियात्रा संग्रह ‘हाराबारा’ विमोचित
22.   हे भगवान मलाई किन ‘आइमाई’ बनाएनौ ?
23.   संस्मरण : आहै, भट्याउनेको, आहै, स्वरै सुक्यो – उत्तम भट्टराई
24.   साहित्य संगालोको सम्मान तथा पुरस्कार वितरण समारोह सम्पन्न
25.   कथा : विदेशिएकी गर्लफ्रेन्ड
Results 62: You are at page 1 of 3
1 2 3 Next Last

Powered By : Unitech Media