मंगलवार, माघ ०२ गते, २०७४
- उद्धव भट्टराई
सोमवार, २०७३ पुस ०३ गते ०४:०४

उद्धव भट्टराई/ कच्चा तेलमा आएको गिरावटसँगै खाडी मुलुकमा कार्यरत धेरै नेपालीहरूको रोजगारी गुमिरहेको छ, उनीहरू समस्यामा परिरहेका छन् । कोही नेपाली खान र बस्नको समस्याले भोकभोकै उद्धारको अपील गरिरहेका छन् भने कोही महिनौ पारिश्रमिक नपाएर काम गर्न बाध्य रहेका छन् । अर्कोतर्फ विदेशका जेलमा उद्धारको पर्खाइमा बसेका नेपालीहरू पनि हजारौको संख्यामा छन् । झुटा बाचा खुवाएर विदेशमा पुगेका अधिकांश नेपालीहरूको चित्कार र रोदनले सबैको मन चसक्क मात्र गर्दैन, रुवाउने नै अवस्थामा पु¥याउँछ । बिशेष गरी वैदेशिक रोजगारमा नेपालीहरूको समस्याहरू चर्को लागत तिर्नुपर्ने, समयमा विदेश उड्न नपाउने, विदेशमा अलपत्र पारिने, समयमा तलब सुविधा नपाउने, चर्को श्रम शोषणमा पर्ने घटना प्राय नभएको नै हुँदैन । 
 
आप्रवासी नेपाली कामदारका यस्ता समस्या दिनानु दिन बढिरहँदा प्रत्येक बर्ष अन्तर्राष्ट्रियरूपमा उनै आप्रवासी कामदारको दिवस मनाउने गरिन्छ । विश्वभर आप्रवासनमा जाने क्रम बढेसँगै उनीहरूको संरक्षण, मानव अधिकार, सेवासुविधा, तथा हक–अधिकारका लागि विभिन्न प्रयत्न र कामहरू हुनेगरेका छन् । संयुक्त राष्ट्र संघले पनि आप्रवासी कामदारको सरोकारलाई स्वीकार्दै १८ डिसेम्बर १९९० मा ‘आप्रवासी कामदार र तिनको परिवारको सदस्यहरूको अधिकार संरक्षण सम्बन्धी महासन्धी’ पारित गरेपछि हरेक वर्ष विश्वभर डिसेम्बर १८ लाई ‘माइग्रेसन डे’ का रूपमा मनाइने गरिएको छ । नेपालमा पनि यस दिवसको अवसर पारेर सरकारले हरेक वर्ष साताव्यापीरूपमा विभिन्न कार्यक्रम गर्ने गरेको छ । सो अवसरमा आप्रवासी कामदारको हकहीतका लागि आवाजहरू उठ्ने गर्दछन् । उनीहरूका चित्कार र आवाजहरूलाई सरोकारवालाले सुन्ने पनि गर्दछन् तर दीर्घकालिन सामाधानका लागि कुनै ठोस काम बन्न सकेका छैनन् । 

रोजगारीको खोजीमा विदेश जाने प्रचलन विश्वभरका मुलुकमा रहिआएको छ । झन सन् १९९० को दशक यता विश्वका विभिन्न मुलुकका नागरिकहरू रोजगारी, अध्ययन तथा व्यापार व्यवसायको सिलसिलामा विदेशिने क्रम निकै बढ्न पुगेको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का अनुसार अहिले संसारभर २ अर्व ३२ करोडभन्दा बढि मानिस आप्रवासीकारूपमा रहेका छन् । 
 
हाम्रै मुलुकको सन्दर्भमा हेर्ने हो भनेपनि ब्रिटिस सैनिकमा भर्ना हुन जाने इतिहासबाट सुरु भएको आप्रवासनको यात्रा अहिले संसारभर छरिएर रहेको छ । विं।सं २०५१ बाट विदेशिनेको तथ्यांक राखिन थाले यता मात्र झण्डै ४४ लाख नेपालीहरू सार्क मुलुकबाहिर रहेका छन् भने बर्षेनी ५ लाखका हाराहारीमा नेपालीहरू विदेशी श्रम बजारमा प्रवेश गरिरहेका छन् ।
 
नेपाल जस्तो अल्पविकसित र आप्रवासी कामदारकै आयमा भर परेका मुलुकहरूका लागि त आप्रवासन हकअधिकार र सुरक्षा महत्वपूर्ण विषय हो । गत आर्थिक वर्ष २०७१/०७२ मा नेपालको कुल ग्राहस्थ उत्पादनमा रेमिट्यान्सको हिस्सा २९.६ प्रतिशत रहेको थियो । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गतवर्ष कूल ६ सय १७ अर्ब रूपैयाँ विप्रेषण स्वदेश भित्रिएको थियो । तर, अहिलेसम्म  वैदेशिक रोजगारीको क्षेत्र मर्यादित र सुरक्षित बनाउन नसक्दा नेपालीहरू आप्रवासनको क्षेत्रमा समस्यामा पर्ने घटना दिनानुदिन बढ्दो छ । 


 
नेपालको जनसंख्याको ठुलो हिस्सा वैदेशिक रोजगारीको क्षेत्रमा छ । विशेषगरी नेपालीहरू रोजगारीका लागि जाने खाडि मुलुकहरू तथा मलेसियामा दिनानुदिन समस्याका घटनाहरू बढिरहेका छन् । अलपत्र पारिने, समयमा तलब सुविधा नपाउने, चर्को श्रम शोषणमा पर्ने घटना बाहिर आइरहदा नयाँ आकर्षक तथा सुरक्षित गन्तव्य खोजिमा हामी चुकिरहेका छौ । अहिलेसम्म हामीले विना सीपका अदक्ष जनशक्तिलाई नै वैदेशिक रोजगारीमा पठाइरहदा समस्याका झन बढदो छ । 
 
लाखौ नेपाली प्रवासी भूमिमा रहदा तथा दैनिक १५ सयका हाराहारीमा त्यसतर्फ गैरहदा पनि धेरै नेपाली कार्यरत मुलुकमा श्रम सहचारीको व्यवस्था गर्न नसक्नु र प्राय मुलुकसँग श्रम सम्झौता गर्न नसक्नु हाम्रो अर्को कमजोरी हो । उता आवश्यक जनचेतना अभावका कारण विदेशमा मात्र होइन देशमै पनि नेपालीहरू पाइलै पिच्छे ठगिनु परेको यर्थाथ भोगिरहनुपरेको अवस्था छ ।
 
हरेक वर्ष सरकार, सरोकारित निकाय तथा दातृ निकायका सहयोगमा स्थापित संस्थाहरूले देशभरि जनचेतना जगाउने तथा वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउन लागिपरेको भएपनि अधिकांक्ष लक्षितवर्गमा त्यो प्रयत्न पुग्न सकेको छैन । यसर्थ नारा, दिवश तथा कार्यक्रमभन्दा पनि सरोकारित निकाय गाँउघर, दुरदराजसम्म पुगेर बास्तबिक सूचना प्रवाह गर्न सके, विदेशमा समस्यामा परेका, अलपत्र परेका, परिबन्धमा जेलभित्र रहेका नेपालीको हकअधिकार प्रत्याभूत गराएर उद्धार तथा सुरक्षा गर्न सके, श्रम सम्झौता गरेर सीपयुक्त जनशक्ति मात्रै विदेशिने वातावरण बनाउन सके सच्चिकै ‘माइग्रेशन डे’ अर्थात आप्रवासी कामदार दिवस मनाउनुको सान्दर्भिकता रहला । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अन्तर्वार्ता / बिचार
1.   एनआरएनप्रतिको अपेक्षा र उनीहरुले जगाएको आशा
2.   एनआरएनएको संस्थागत तथा दिगो विकासका लागि 'भिजन २०२०'
3.   एसिया प्यासिफिक क्षेत्रका समस्या समाधानका लागि मेरो उम्मेदवारी
4.   वैदेशिक रोजगार सुधार्न फिलिपिन्सबाट सिक्नेकी !
5.   बिपत्तिमा डुबेको वैदेशिक रोजगारको स्रोत क्षेत्रलाई व्यवसायीको उपहार ! ‘ब्ल्याक लेबल’
6.   एनआरएनए साझा चौतारी बन्नुपर्छ
7.   एक परदेशिको आत्मकथन : नचाहदा नचाहदै जन्मियो अपराध - शम्भु सुस्केरा
8.   असोज पहिलो सातासम्म संघको भवन निर्माण शुरु हुन्छ
9.   अनुभूति : बरदुबई पार्कमा नेपाली जोडीका पीडा - युवराज नयाँघरे
10.   भाषण होइन स्पष्ट रोडम्याप र पुरा गर्ने आधारसहित अघि बढेको छु : गडतौला
11.   २०७३ मा वैदेशिक रोजगार उपलब्धिभन्दा विवादै विवाद
12.   संघको नेतृत्वतहमा श्रेष्ठको खोजी
13.   म व्याक हुन तयार छु, तर फोरमबाट एउटै प्यानल आउछ : प्रज्ञान न्यौपाने
14.   वैदेशिक रोजगार विभागले दिने अनलाइन सेवाबारे विस्तृत जानकारी : सूर्यप्रसाद भण्डारी
15.   वैदेशिक रोजगार व्यवसायीलाई त्यसै क्षेत्रको जिम्मेवारी दिनु गलत : डा.शेखर कोइराला
16.   म पद दोहोर्याउन्न, अध्यक्षको स्वभाविक दावेदार हुँ : कुमार पन्त
17.   माफियातन्त्र उखेल्न संघ नेतृत्व अनवरत लागिरहेको छ
18.   कोरियामा नेपालीले गर्ने भनेको ‘थ्री डी’ नै हो
19.   अझै नयाँ रेमिट्यान्स कम्पनी ?
20.   आप्रवासी कामदारको सम्मान नै सुरक्षित आप्रवासन
21.   मेहनत र संघर्ष गरिरहेको छु
22.   त्रासै त्रासले घेरिएको छ वैदेशिक रोजगार
23.   इमान्दार हुँदा न्याय पाइन्छ भन्ने नजिर बस्यो
24.   चारवर्ष भित्र बैंकलाई उत्कृष्ट बैंक बनाउछौं
25.   कमिशन मिलाउन श्रममन्त्री मलेसिया गएका हुन : न्यौपाने
Results 57: You are at page 1 of 3
1 2 3 Next Last

Powered By : Unitech Media