आइतवार, जेष्ठ १३ गते, २०७५
विहिवार, २०७३ मंसिर १५ गते ०३:०३


मोरङ जिल्लाको इटहरा गाविसवासीहरुले आफ्नै प्रयासमा गाँउमा आधुनिक सभा भवन बनाउने अभियान शुरु गरेका छन् । इटहराको दाम्राभिट्टा बजारको त्रिपुरेश्वर महादेव मन्दिरको प्राङ्गणमा बन्ने उक्त भवन निर्माणमा आर्थिक सहयोग जुटाउन आउदो माघ २४ गतेदेखि फागुन २ गतेसम्म श्रीमद्भागवत महाज्ञान यज्ञसमेत आयोजना गरिएको सभाभवन निर्माण अभियानका सचीव गोपी चापागाईंले जानकारी दिए ।

पूर्व प्रधानमन्त्री झलनाथ खनालबाट शिलान्यास गरिने भवन देश–विदेशमा छरिएर रहेका शुभचिन्तक तथा सहयोगी मन भएका दाताबाट आर्थिक संकलन गरि जनता आफैले निर्माण गर्ने लक्ष्य लिएको अभियानकर्ताहरुले बताए । नेपाल कै नमुना योजनाकारुपमा जनता आफैंले निर्माण गर्न लागेको यो पवित्र कार्यका लागी संसारभर छरिएर रहेका सहयोगी मन भएका नेपालीहरुलाई आर्थिक सहयोगको लागि सार्वजनिक अपिल समेत गरिएको छ ।

पूर्बी नेपालको सुन्दर तथा शहरीकरणका रुपमा बिकशित हुँदै गरेको दाम्राभिट्टा बजारमा आधुनिक सभा भवनको तत्काल आवश्यकता महसुस गरि देश–विदेशमा रहेका नेपालीहरुसँग सहयोगको याचना गर्दै सभाभवन निर्माणमा स्थानीय आफै जुटेका हुन् ।

‘सबै नेपालीको सहयोगमा हामीले आधुनिक सभाभवन बनाउने आट गरेका छौ, आशा छ हाम्रो यस पवित्र कार्यलाई विश्वभर छरिएर रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले सहयोग गर्नुहुनेछ’ भवन निर्माण अभियानका संयोजक तथा मोरङका लोकप्रिय सामाजिक अभियान्त डि.बी. कार्कीले बताए । सबै सहयोगी दाताहरुकोे नाम र रकम सामाजिक संजालबाट पनि सार्वजनिक गरिने र भवन प्राङगनमा शिलालेखमासमेत अभिलेख राखिने बताउदै उहाँले सबैमाझ आर्थिक सहयोगको अपिल गरेका छन् ।

स्थानियस्तरमा लोकप्रिय  र स्वच्छछवि भएका सामाजिक अभियान्ता डि.बी. कार्कीको अगुवाई र स्थानियवासीहरुको उत्साहजनक सहभागिताले पनि भवन निर्माणमा सहयोगी हातहरु थपिने र भवन निर्माणले समयलेनै पूर्णता पाउनेमा आफुहरु विश्वस्थ रहेको भवन निर्माण समितिले जनाएको छ ।

आर्थिक पारदर्शीता र सहजताका लागि सहयोगी दाताहरुको सुविधालाई ध्यान राखी सहयोग रकम सिधै बैक खातामा पनि जम्मा गर्न सकिने व्यवस्था मिलाईएको भवन निर्माण समितिले जनाएको छ । समितिले न्युनतम लागतमा आधुनिक सभाभवन निर्माण गरि खर्चको विवरणसमेत सार्वजनिक गर्ने बताएको छ ।

बैक खाता यस प्रकार रहेकोछ :
Tripureshwar Mahadeb Mandir
Itahara-7,Damravitta, Morang
Prabhu Bank Limited
A/c :-0140010083878000000
Swift Code:-PRVUNPKA
Damak ,Jhapa ,Nepal
 



प्रतिक्रियाहरु
D.B.Karki , Basundhara-3,Kathmandu ,Nepal

प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
2.   नयाँ अमेरिकी राजदूत नेपाल आउदै, को हुन् र्‍यान्डी ?
3.   चक्रपथमा मोनोरेल चलाउन कानमपा र चिनियाँ कम्पनीबीच सम्झौता
4.   केन्द्र सरकारमा २१ प्रतिशत कर्मचारीमात्र रहने, सबैभन्दा धेरै स्थानिय तहमा
5.   सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ
6.   आर्थिक वृद्धिदर १० प्रतिशत पुर्‍याउने सरकारको घोषणा
7.   आजबाट त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने
8.   नागढुंगा–धुलिखेल मेट्रो रेल बनाउन विश्वव्यापी टेन्डर खोलियो, लागत करिब दुई खर्ब
9.   सिन्डिकेट हटाउन भूमिका खेलेका महानिर्देशकलाई मन्त्री महासेठले हटाए
10.   आउदो सोमवार संसदमा सरकारका नीति तथा कार्यक्रम पेश हुदै
11.   सन्दीप लामिछानेको अर्को फड्को : वेष्ट इन्डिजविरुद्ध आइसिसी विश्व ११ टिममा परे
12.   रन-वेको पिच उप्किएपछि त्रिभुवन विमानस्थल बन्द
13.   लोडसेडिङ अन्त्यको घोषणा, औद्योगिक क्षेत्रमा पनि बत्ती नजाने
14.   ताइवानी–नेपाली व्यापारिक अन्तरक्रिया सम्पन्न
15.   पोखरा विमानस्थलमा बम फेला, बम डिस्पोज
16.   आइतबार उपत्यकामा सार्वजनिक बिदा
17.   भारतीय प्रधानमन्त्री मोदी नेपालमा
18.   स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष खड्कालार्इ एसियाको ४० प्रभावशाली युवा उद्यमीको अवार्ड
19.   कृषिमन्त्रीले ल्याए कृषिमा आत्मनिर्भर बन्ने लक्ष्यसहित ५८ बुँदे मार्गचित्र
20.   तातोपानी नाका खुल्ने सम्भावना :नेपाली र चिनियाँ अधिकारीबीच निर्माण सम्झौता
21.   श्रमिकका अधिकार पूरा भएको छैन् : पूर्वप्रम नेपाल
22.   वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय प्रमुखमा पाण्डे नियुक्त
23.   आन्तरिक उडानमा बुद्ध एयर अग्रस्थानमा
24.   श्रमिकको न्यूनतम ज्याला बढाउने सरकारको तयारी
25.   आज २५६२ औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
Results 710: You are at page 1 of 29
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media