विहिवार, असार ०७ गते, २०७५
बुधवार, २०७० आश्विन ०१ गते ०९:३९

bag
प्रायः युवतीहरु चिटिक्क परेर, चिटिक्कको ह्याण्डब्याग समातेर हिँड्छन् । तर उनीहरुले समातेको त्यो झोला कति धेरै फोहोर हुँदो रहेछ भन्ने कुरा थाहा पाउने हो भने आङै जिरिंग हुन्छ । महिलाको त्यो हाते झोलामा विभिन्न खाले हानिकारक जिवाणु, विषाक्त व्याक्टेरियाका साथै केही मलमुत्र समेत रहेको हुन्छ भन्ने सुन्दा के तपाइँलाई पत्यार लाग्यो ? नपत्याए नपत्याउनुस् तर सत्य यहीँ हो ।
बेलायतमा गरिएको एक अध्ययनले महिलाको ह्याण्डब्यागको पिँधमा कस्ता कस्ता हानिकारक ब्याक्टेरिया र फोहोर पदार्थ हुँदोरहेछ भन्ने कुरा पत्ता लगाएको छ । ह्याण्डब्यागको पिँधमा जमेको फोहोरको परीक्षण गर्दा त्यसमा हानिकारक इ कोली जिवाणुका साथै विभिन्न खाले विषाक्त ब्याक्टेरिया र मलमुत्रको अंश समेत पाइयो । महिलाको झोलामा पाइएको अर्को जिवाणु भनेको फिकल स्ट्रेप्टोकोकस हो । यो जिवाणुले मानिसमा मेनेन्जाइटिस गराउँछ । त्यस्तै मानिसमा इन्फेक्सन गराउने स्युडोमोनास जिवाणु पनि महिलाको झोलामा पाइयो ।
शोधकर्ताहरुका अनुसार आफ्नो जिउ सफा गरेपनि झोला कहिल्यैपनि सफा नगर्ने बानीका कारण महिलाको झोला ब्याक्टेरियाको घर बनेको हो । अध्ययनका क्रममा एक तिहाइ महिलाले आफुले आफ्नो ह्याण्डब्याग कहिल्यैपनि सफा नगरेको बताए । कतिपय महिलाले त आफुले आफ्नो हाते झोलामा फोहोर जुत्ता, फोहोर पेन्टी तथा भिजेको प्याड बोक्ने गरेको बताएका थिए । कतिपयले त आफुले चपाएर फ्याँकेको चुइंगम झोलामै अडि्कने गरेको बताए ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रमाइलो संसार
1.   सेताे बिरालाेकाे भविष्यवाणी मिल्याे !
2.   मध्यरातमा भुत बनेर सडकमा निस्कँदा (भिडियो)
3.   क्रिकेटमा कहिल्यै नतोडिने रेकर्डः १ बलमा २८६ रन
4.   बुढी वेश्याहरुको जिन्दगी (फोटोफिचर)
5.   रेष्टुँरामा लोकप्रिय बन्न थाल्यो मुसाको कवाब
6.   आफूमा मात्र सिमित राख्नुपर्ने ६ कुरा
7.   सेक्स लगत्तै भन्न नहुने कुराहरु
8.   एक्लो महसुस गर्दै हुनुहुन्छ ? अधबैंसे मानिसलाई भाडामा लिनुहोस्
9.   छोरीका लागि मरिन् आमा
10.   जोडी टुटेकाहरुमा सम्भोगको चाहना तिब्र
11.   महिलाको झोला कति फोहोर ?

Powered By : Unitech Media