आइतवार, जेष्ठ १३ गते, २०७५
बुधवार, २०७० मंसिर १२ गते १७:५४

वैदेशिक रोजगार विभागका महानिर्देशक बिनोद केसीलाई विभागवाट बुधवार विदाई गरिएको छ भने उनको ठाउँमा रविन्द्र मोहन भट्टराई महानिर्देशक भएर आउने पक्का भएको छ । तर भट्टराई आउने विषयमा भने श्रम तथा रोजगार मन्त्रालयले आधिकारिक निर्णय भने गरिनसकेको बताएको छ ।
विभागमा महानिर्देशक केसीलाई कर्मचारीहरुले बुधबार पाँच बजेपछाडि बिदाई गरे । महानिर्देशक केसी विभागमा आए यता अख्तियार काण्डदेखि धेरै घटना दोाहेरिएपछि उनी निकै विवादमा तानिएका थिए । विभागमा विदाई हुँदा समेत संचारकर्मीसँग प्रतिक्रिया दिन अफठ्यारो मानेका केसीले आफ्नो कार्यकालमा विभागमा उल्लेख्य काम भएका र ती कामहरु विस्तारै सवैले देख्दै जाने बताए । उनले जादाजादै आफ्नो कार्यकालमा महत्वपूर्ण काम गर्दा तथा विभिन्न चुनौति र समस्याका समयमा साथ दिने कर्मचारी, वैदेशिक रोजगार व्यवसायी, संचारकर्मी तथा सरोकारवाला सम्पूर्ण निकायलाई आभार प्रकट गरे ।  लामो समयदेखि सरुवाको प्रतिक्षामा रहेका केसी शान्ति तथा पुर्नस्थापना मन्त्रालयमा जाने भएका छन ।  
राष्ट्रपति कार्यालयमा सहसचिवका रुपमा रहेका नयाँ आउन लागेका महानिर्देशक भट्टराई सामान्य प्रशासन हुँदै श्रम मन्त्रालयमा केही समयअघि मात्र सरुवा भएर आएका हुन् । यस्तै विभागमा मंगलबार नै मन्त्रालयबाट नयाँ निर्देशककारुपमा कमल भण्डारी हाजिर भइसकेका छन् । यस्तै निर्देशक भेषबहादुर कार्की पनि नयाँ निर्देशकका रुपमा विभागमा आइसकेका छन्  । निर्देशक भण्डारी र कार्की दुवै बैदेशिक रोजगारको क्षेत्रमा दक्ष, अनुभवी र छिटाछरिताका रुपमा मानिन्छन् । यसअघि आएका केही कर्मचारीहरु आफ्नो दायित्व निर्वाह भन्दा केवल जागिर पकाउने ढंगका मात्र भएको आरोप बैदेशिक रोजगार व्यवसायीहरुको रहेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
2.   नयाँ अमेरिकी राजदूत नेपाल आउदै, को हुन् र्‍यान्डी ?
3.   चक्रपथमा मोनोरेल चलाउन कानमपा र चिनियाँ कम्पनीबीच सम्झौता
4.   केन्द्र सरकारमा २१ प्रतिशत कर्मचारीमात्र रहने, सबैभन्दा धेरै स्थानिय तहमा
5.   सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ
6.   आर्थिक वृद्धिदर १० प्रतिशत पुर्‍याउने सरकारको घोषणा
7.   आजबाट त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने
8.   नागढुंगा–धुलिखेल मेट्रो रेल बनाउन विश्वव्यापी टेन्डर खोलियो, लागत करिब दुई खर्ब
9.   सिन्डिकेट हटाउन भूमिका खेलेका महानिर्देशकलाई मन्त्री महासेठले हटाए
10.   आउदो सोमवार संसदमा सरकारका नीति तथा कार्यक्रम पेश हुदै
11.   सन्दीप लामिछानेको अर्को फड्को : वेष्ट इन्डिजविरुद्ध आइसिसी विश्व ११ टिममा परे
12.   रन-वेको पिच उप्किएपछि त्रिभुवन विमानस्थल बन्द
13.   लोडसेडिङ अन्त्यको घोषणा, औद्योगिक क्षेत्रमा पनि बत्ती नजाने
14.   ताइवानी–नेपाली व्यापारिक अन्तरक्रिया सम्पन्न
15.   पोखरा विमानस्थलमा बम फेला, बम डिस्पोज
16.   आइतबार उपत्यकामा सार्वजनिक बिदा
17.   भारतीय प्रधानमन्त्री मोदी नेपालमा
18.   स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष खड्कालार्इ एसियाको ४० प्रभावशाली युवा उद्यमीको अवार्ड
19.   कृषिमन्त्रीले ल्याए कृषिमा आत्मनिर्भर बन्ने लक्ष्यसहित ५८ बुँदे मार्गचित्र
20.   तातोपानी नाका खुल्ने सम्भावना :नेपाली र चिनियाँ अधिकारीबीच निर्माण सम्झौता
21.   श्रमिकका अधिकार पूरा भएको छैन् : पूर्वप्रम नेपाल
22.   वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय प्रमुखमा पाण्डे नियुक्त
23.   आन्तरिक उडानमा बुद्ध एयर अग्रस्थानमा
24.   श्रमिकको न्यूनतम ज्याला बढाउने सरकारको तयारी
25.   आज २५६२ औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
Results 710: You are at page 1 of 29
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media