आइतवार, असार १० गते, २०७५
शुक्रवार, २०७३ भाद्र २४ गते २२:५१


अवैधरुपमा अमेरिका लैजाने तथा मानव ओसारपसार तथा बेचबिखन गर्ने गिरोहमा संलग्न दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

रुकुम, मग्मा गाविस घर भई हाल ललितपुर महालक्ष्मी स्थान बस्ने ३२ वर्षीय ‘नवीन’ भनिने नवराज खत्री र बाग्लुङ, रिगा गाविस घर भई हाल लैनचौर बस्ने ३७ वर्षीय सागर शिरीषलाई प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले भदौ १७ गते पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरुले सङ्गठित रुपमा अन्तर्राष्ट्रियस्तरको सञ्जाल बनाएको अनुसन्धानका क्रममा खुल्न आएको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए ।

अभियुक्तले नवलपरासी, रुपौलियाका प्रेमनारायण महतो लगायत व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हँुदै विभिन्न देश ‘ट्रान्जिट’ बनाई अमेरिका पठाइदिने भनी प्रलोभनमा पारी प्रतिव्यक्ति रु २० लाख देखि ३० लाखसम्म रकम लिएको महाशाखाले जनाएको छ ।
काठमाडौँबाट भारत–थाइल्यान्ड–जापान–फ्रान्स–मेक्सिको हुँदै अमेरिका जान लागेका अवस्थामा पीडित महतो भदौ १७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४० हजार डलरसहित पक्राउ परेका थिए । उनी पक्राउ परेपछि अनुसन्धानका क्रममा खत्री र शिरीष गिरोहको खुलासा भएको हो । अनुसन्धानका क्रममा अमेरिकामा मानव तस्करी गर्न प्रयोग गरिने विभिन्न मार्गसमेत पत्ता लागेको खनालले जानकारी दिए ।

मानव तस्करीका लागि प्रयोग गरिएको पहिलो मार्गमा काठमाडाँ–भारत–फ्रान्स–मेक्सिको–अमेरिका, दोस्रो मार्गमा काठमाडाँै–भारत, जापान ट्रान्जिट हुँदै मेक्सिको–अमेरिका र तेस्रो मार्गमा काठमाडाँ–सिंगापुर–जापान–मेक्सिको–अमेरिका छ । ती देशमा रहेका एजेन्टले नेपालबाट पठाइएका उनीहरुलाई सम्पर्क गर्ने र अन्य देशमा जानका लागि आवश्यक व्यवस्था मिलाउने गरेका थिए । मेक्सिकोमा पुगेपछि सबै मानिस अलपत्र पारी मेक्सिको प्रहरीले पक्राउ गरी थुनामा राख्ने गरेको छ । थुनामा परेपछि त्यहाँको एजेन्टले भेटी उनीहरुलाई कानुन व्यवसायीसँग सम्पर्क गराइदिने गरेको खनालले जानकारी दिए ।

जेनीशा नामकी कानुन व्यवसायीले थुनामा परेका व्यक्तिबाट प्रतिव्यक्ति रु दश हजार डलर लिई कानुनी सहजताको काम गर्ने गरेको र कानुनी प्रक्रिया मिलाई मेक्सिको प्रहरीको थुनाबाट मुक्त गरी अमेरिकाको टेक्सासको शरणार्थी शिविरमा राख्ने व्यवस्था मिलाउने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

मानव तस्करी गर्दा काठमाडौँमा अमेरिका जान इच्छुक व्यक्तिसँग सम्पर्क गरी यहाँका एजेन्टले प्रतिव्यक्ति रु दश लाख, मेक्सिको पुगेपछि कानुन व्यवसायीले रु दश लाख र टेक्सास शरणार्थी शिविरमा पुगेपछि रु दश लाख गरी तीन किस्तामा रकम लिने गरेको अनुसन्धानका क्रममा खुलेको छ । रासस



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
2.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
3.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
4.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
5.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
6.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
7.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
8.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
9.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
10.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
11.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
12.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
13.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
14.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
15.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
16.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
17.   नयाँ अमेरिकी राजदूत नेपाल आउदै, को हुन् र्‍यान्डी ?
18.   चक्रपथमा मोनोरेल चलाउन कानमपा र चिनियाँ कम्पनीबीच सम्झौता
19.   केन्द्र सरकारमा २१ प्रतिशत कर्मचारीमात्र रहने, सबैभन्दा धेरै स्थानिय तहमा
20.   सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ
21.   आर्थिक वृद्धिदर १० प्रतिशत पुर्‍याउने सरकारको घोषणा
22.   आजबाट त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने
23.   नागढुंगा–धुलिखेल मेट्रो रेल बनाउन विश्वव्यापी टेन्डर खोलियो, लागत करिब दुई खर्ब
24.   सिन्डिकेट हटाउन भूमिका खेलेका महानिर्देशकलाई मन्त्री महासेठले हटाए
25.   आउदो सोमवार संसदमा सरकारका नीति तथा कार्यक्रम पेश हुदै
Results 725: You are at page 1 of 29
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media