मंगलवार, जेष्ठ ०८ गते, २०७५
सोमवार, २०७३ भाद्र १२ गते ०१:०२

रोजगार मञ्च 
 
शनिवार सधैं झैं शान्त थियो नेपाल पर्यटन बोर्ड । बोर्डकै लेक्चर हलमा भिन्न प्रकारको कार्यक्रम आयोजना हुँदै थियो । तीज आउन एक हप्ता बाँकी रहे पनि कार्यक्रममा सहभागि हुन आउनुभएका महिलाहरुको पहिरन तिजकै दिनको जस्तै राताम्मै थियो । अधिकांश महिलाहरु सारीमा सजिएका थिए । सन्दर्भ थियो, स्रष्टा सम्मान । 
 
राष्ट्रिय सूचना आयोग कि सूचना आयुक्त तथा प्रवक्ता यशोदा देवी तिम्सिनाको प्रमुख आतिथ्यतामा चारजना नारी स्रष्टा सम्मानित भएका छन् । 

लिस्नर्स क्लब नेपालले आयोजना गरेको विशेष समारोहमा नेपाली पत्रकारिताको क्षेत्रमा विशिष्ठ योगदान दिनु भएकी वरिष्ठ संचारकर्मी कृष्णा ताम्राकार, ऐक्यबद्धता मासिक कि सम्पादक मीना तिवारी (घिमिरे), नेपाली शास्त्रीय संगीत कि चर्चित गायिका सुजाता वर्मा र नेपाली साहित्यमा विगत लामो समय देखि कलम चलाउदै आउनु भएकी बरिष्ठ साहित्यकार बालिका गिरी सम्मानित भएका हुन् । 
 
‘आफ्नो क्षेत्रमा विशिष्ठ योगदान पु¥याउनुभएका स्रष्टाहरुलाई हामीले सम्मान गरेका हौं ।’ क्लबका अध्यक्ष हरिराम पौडेलले भन्नुभयो । 

 
शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि यशोदा देवी तिम्सिनाले सूचनाको हक प्रति नागरिक स्वयं सचेत हुनुपर्ने र नागरिकको सूचनाको हकको लागी राष्ट्रिय सूचना आयोग सधैं नागरिकको पक्षमा रहेको बताउनु भयो । 
 
वरिष्ठ साहित्यकार युवराज नयाँघरेले तीज साँस्कृतिक पर्व भएको उल्लेख गर्दै हिजो र आज तीज मनाउने तरिकामा फरक आएको बताउदै तीजलाई सभ्य र मौलिक पर्वका रुपमा मनाउन पर्नेमा जोड दिनु भयो । 
 
शुभकामना मन्तब्य दिदै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीले तीजको सन्दर्भमा नारी श्रष्टाहरुलाई सम्मान गरिनु सकारात्मक पक्ष भएको चर्चा गर्नु भयो साथै वहाले नारी प्रति गरिने यस्ता सम्मानले समस्त नारीमा सकारात्मक उर्जा प्राप्त हुने बताउनु भयो । 
 
सम्मानित बरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारले रेडियोमा बोल्दाका अनुभवहरु सुनाएर सबैलाई मन्त्रमुग्द पार्नुभयो । उहाँले भन्नुभयो – ‘कति पटक त म रेडियोमा आफ्नो नाम नै भन्न बिर्सन्थेँ, झुक्किएर अरुको नाम पढिन्थ्यो । श्रोताहरुको संस्थाबाट प्राप्त सम्मान, सबै प्राप्त गरेका अन्य सम्मान र शिल्डहरु भन्दा विशिष्ठ सम्मान हो ।’
 
कार्यक्रम सञ्चालिका संचारकर्मी तथा गायिका निरा रानाभाटले तिजको अवसरमा तीजको गित गाएर हललाई रोमाञ्चक बनाउनुभएको थियो भने सम्मानित गायिका सुजाता बर्माले आफ्ना गित गाएकी थिइन् । 
 
कार्यक्रम अन्य कार्यक्रमहरु जस्तो थिएन । कार्यक्रमको सभापति पुरुष भएपनि मञ्चमा महिलाहरुकै बाहुल्यता थियो । कार्यक्रम सञ्चालिका महिला नै थिइन् । प्रमुख अतिथि महिला, सम्मानित हुने सबै महिलाहरु नै थिए । मञ्चमा पाँच जना महिला र ३ जना पुरुष रहेका थिए । 
 
मन्तब्यको क्रममा प्रमुख अतिथि यसोधा तिल्सिनाले भनिन् – ‘हामीले पुरुषलाई ३३ प्रतिशत आरक्षण दिएका छौं ।’
 
हलमा हाँसो गुन्जियो ।  
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: साहित्य
1.   खप्तडमा काठमाडौंका लेखकहरु
2.   बिकुको ‘सपनाको ट्रान्जिटमा’ विमोचित
3.   राष्ट्रिय कलाश्री सम्मान चार जनालाई
4.   मुनामदनका संगीतकार शर्माको निधन
5.   सिड्नीमा निबन्धकार नयाँघरे सम्मानित
6.   क्यानबेरामा साहित्यकार नयाँघरे सम्मानित
7.   भविनको ‘छायाँ’ विमोचित
8.   तिम्रो विर्यको मुल्य कति ?
9.   वरिष्ठ कलाकार डिना वाङ्देलको निधन
10.   झापामा नयाँघरे र धनकुटे कान्छा सम्मानीत
11.   संचारकर्मी डब्बु क्षत्रीको 'नमस्ते काठमाडौं' सार्वजनिक
12.   अनुभूति : सुन्दर गोरखा र ती राष्ट्रनिर्माता
13.   सेल्फी भनेपछि भुतुक्कै भद्रिका
14.   बसन्तले ल्याए भुमरी उपन्यास
15.   नयाँघरे र धनकुटेलाई प्रतिभा पुरस्कार
16.   हिमालको गोठालो लोकार्पित
17.   सुष्माको उपन्यास ‘सिमल’ सार्वजनिक
18.   विश्वमा सबैभन्दा बढी बिक्रि भएका १० पुस्तक यि हुन
19.   वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन
20.   अफ्रिकामा जीवा लामिछानेको ‘सरसर्ती संसार’ विमोचित
21.   उपन्यासकार कटुवालको ‘अधुरो सपना’ सार्वजनिक
22.   नारी स्रष्टाहरु सम्मानित
23.   रेडियोमा जागिर खानेको कथा: रेडियोमा कन्डमको कुरा गर्दा घरमा आमाको गाली
24.   निवन्धकार नयाँघरेको नियात्रा संग्रह ‘हाराबारा’ विमोचित
25.   हे भगवान मलाई किन ‘आइमाई’ बनाएनौ ?
Results 65: You are at page 1 of 3
1 2 3 Next Last

Powered By : Unitech Media