सोमवार, असार ११ गते, २०७५
सोमवार, २०७३ भाद्र ०६ गते २३:४८



रोजगारमञ्च संवाददाता

रोटरी क्लव अफ राजधानीको आयोजना तथा लिस्नर्स क्लव नेपालको सहआयोजनामा गत शनिवार वृहत रक्तदान कार्यक्रम तथा निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न भएको छ । कान्तिपथ, काठमाण्डौ स्थित होटल यलो पगोडामा आयोजित उक्त वृहत रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदानको लागी नाम दर्ता गराउनु भएको थियो ।

स्वास्थ्य परीक्षण पश्चात ४० जना पुरुष तथा १२ जना महिला गरि ५२ जनाले रक्तदान गर्नु भएको थियो । उक्त कार्यक्रमको प्रचार प्रसारको लागी रेडियो सिटी एफ.एम. ९८.८ को संचार सहकार्य रहेको थियो । 



रोटरी क्लव अफ राजधानी कि अध्यक्ष डा. कोकिला वैद्यको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ का पूर्व गर्भनर रत्नमान शाक्यले प्रमुख अतिथिको आतिथ्यता तथा रोटरी क्लव अफ राजधानीका संस्थापक अध्यक्ष राजेन्द्र बहादुर श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसंचार सेवा कि निर्देशक डा. मनिता राजकर्णिकार, रेडियो सिटी एफ.एम. ९८.८ कि अध्यक्ष रुपा विमल, प्रा.डा. अञ्जना राजभण्डारी अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

उक्त अवसरमा रोटरी क्लव अफ राजधानी कि अध्यक्ष डा. कोकिला वैद्यले स्वागत मन्तव्य दिनु भएको थियो । स्वागत मन्तव्यको क्रममा डा. वैद्यले सबैको साथ र सहयोगले कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्दै उपस्थित सबैलाई आफ्नो मनतव्य मार्फत स्वागत गर्नु भएको थियो ।

प्रमुख अतिथि रत्नमान शाक्यले आफ्नो संक्षिप्त मन्तव्य राख्दै पोलियोको क्षेत्रमा रोटरीले धेरै योगदान गरेको स्मरण गर्नु भयो । साथै रोटरी क्लव अफ राजधानीले आयोजना गर्ने सामाजिक कार्यहरु उत्कृष्ट रहेकोले रोटरी क्लव अफ राजधानीले आयोजना गर्ने कार्यक्रममा सहभागिता जनाउन पाउँदा खुशी लागेको बताउनु भयो । 



त्यसै गरि नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसंचार सेवा कि निर्देशक डा. मनिता राजकर्णिकारले रक्तदानको कार्यमा रोटरी क्लवहरुले खेलेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै रोटरी क्लव अफ राजधानी र लिस्नर्स क्लव नेपाल विचको सहकार्यमा भएको वृहत रक्तदान कार्यक्रमले अहिलेको रगत अभावलाई पूर्ति गर्न सहयोग पुग्ने बताउनु भयो ।

रेडियो सिटी एफ.एम ९८. ८ कि अध्यक्ष रुपा विमलले रेडियो सिटीले सामाजिक कार्यमा सधैं हातेमालो गर्दै अघि बढ्ने बताउनु भयो ।

भर्खरै मात्र रोटरी क्लव अफ राजधानीको सदस्यता लिनु भएकी प्रा.डा. अञ्जना राजभण्डारीले रोटरी क्लवअफ राजधानी संग जोडिएर सामाजिक कार्यमा संलग्न हुन पाएकोमा खुशी व्यक्त गर्नुभयो । वहाको नेतृत्वमा सम्पन्न निःशुल्क दन्त परीक्षण शिविरमा ७० जनाको निःशुल्क दन्त परीक्षण पनि गरिएको थियो ।

परीक्षणको क्रममा विशेष उपचार गर्नुपर्नेहरुलाई वहा द्धारा होटल एलो पगोडामा संचालित अर्थो डेन्टल क्लिनिकमा विशेष छुटका साथ उपचार गरिने पनि वहाले बताउनु भयो । 

वृहत रक्तदान तथा निःशुल्कदन्त परीक्षण शिविरको आवश्यकता र औचित्यता माथी प्रकाश पार्दै रोटरी क्लव अफ राजधानीका संस्थापक अध्यक्ष तथा कार्यक्रम संयोजक श्री राजेन्द्र बहादुर श्रेष्ठले १८ वर्ष देखि ६० वर्ष उमेर समुहका व्यक्तिले रक्तदान गर्न सक्ने भएकोले विशेष गरि युवावर्गले रक्तदान कार्यमा उत्सुकता देखाउनु पर्नेमा जोड दिनु भयो ।

हाल सम्म वैज्ञानिकहरुले कृतिम रगत उत्पादन गर्न नसकेकोले मानवले दान गरेको रगत नै दुर्घटनामा परेका, प्रशवको बेलामा समस्या खेपेका महिलाहरु र गम्भीर प्रकृतिका विरामीहरुको जीवन रक्षा गर्न सकिने भएकोले रक्तदान गर्न सबैलाई आग्रह गर्नुभयो । मनले चाहदैमा रक्तदान गर्न नमिल्ने भएकोले स्वास्थ्यले साथ दिदैमा रक्तदान गरेर पुन्य कमाउन पनि वहाले सबैलाई अनुरोध गर्नु भयो । 

उक्त वृहत रक्तदान कार्यक्रममा रोटरी क्लव अफ राजधानीका निवर्तमान अध्यक्ष देवेन्द्रलाल श्रेष्ठ, रेडियो सिटी एफ.एम. कि अध्यक्ष रुपा विमल, लिस्नर्स क्लव नेपालका अध्यक्ष हरिराम पौडेल, संरक्षक रोजु अधिकारी, दृष्टिविहिन रक्तदाता जीतवहादुर राई, रोटरियन, लिस्नर्स क्लव नेपालका सदस्यहरु, न्यानो स्पर्शका सदस्यहरु लगायतले रक्तदान गर्नु भएको थियो ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: फिचर
26.   विजयादशमिको पहिलो दिन घटस्थापना
27.   कस्तो फोटो मान्य हुन्छ डिभी लटरीमा ?
28.   नर्बेमा मध्यरातमा घाम ?
29.   विदेशमा ज्यान गुमाउनेको डरलाग्दो तथ्याङ्क
30.   इन्टरनेटबाट मितेरी साइनो
31.   वाह् सेक्स टोय
32.   अञ्जूको वियोगान्त कथा
33.   कतारमा मल अफ एसिया
Results 33: You are at page 2 of 2
First Prev 1 2

Powered By : Unitech Media