बुधवार, जेष्ठ ०९ गते, २०७५
काशीनाथ कोइराला, निर्देशक, एबि इम्प्लोइमेन्ट सोलुसन प्रा.लि.
शनिवार, २०७३ भाद्र ०३ गते ००:२०

 
.

प्राय : संचारमाध्यममा देखिन नखोज्ने एबि इम्प्लोइमेन्ट सोलुसन प्रा.लि.का निर्देशक काशीनाथ कोइराला वैदेशिक रोजगारको पछिल्लो अवस्थाको बारेमा खुलेर बोल्न चाहेनन् । रोजगारमञ्चले उनीसँग कुराकानी गर्न खोज्दा उनले एकै वाक्यमा जवाफ फर्काए ‘के बोल्नु र बोल्यो कि पोल्यो भन्ने स्थिति छ ।’ तर कुराकानीका क्रममा बिस्तारै खुल्दै गएका कोइरालाले वैदेशिक रोजगार व्यवस्थित गर्न व्यवसायी संघले कुनै भूमिका नखेलेको र सरकारी नीति पनि व्यवहारिक नभएको भन्दै चरम असन्तुष्टि जनाए । साउदी अरबमा विकसित पछिल्लो घटनाक्रम र समग्र वैदेशिक रोजगारको विषयमा रोजगारमञ्चका लागि दिनेश लुइटेलले गरेको कुराकानी : 

हिजोसम्म नेपालीको पहिलो गन्तव्य मलेसिया थियो । तर आज मलेसिया तेस्रो स्थानमा झ¥यो भने साउदी अरब पहिलो गन्तव्य बन्न पुगेको छ । त्यही साउदी अरबमा पनि पछिल्लो समय विभिन्न समस्या देखिन थालेको छ । यसले वैदेशिक रोजगारको क्षेत्र खुम्चिदै गएको संकेत गरेको हो ?


पहिलो कुरा मलेसियाको बजार खुम्चनुका केही कारणहरु छन् । प्रणाली सही भएपनि प्रक्रिया नपु¥याई लागू गरिएको फ्री भिसा फ्री टिकट यसको मुख्य कारण हो । मलेसियाका सबै कम्पनीले फ्री भिसा फ्री टिकट नदिइरहेको अवस्थामा नेपाल सरकारले एकतर्फिरुपमा लागू गराएको यो निर्णय मलेसियन कम्पनीलाई स्वीकार्य पनि थिएन । अर्कोतिर मलेसियाप्रति नेपालीको आकर्षण घट्नु मलेसियाका बारेमा सामाजिक संजालमा फैलाइने अफवाह पनि हो । सुरक्षाका दृष्टिकोणले केही संवेदनशिल मुलुक रहेपनि सामाजिक संजालमा फैलाइएको दुष्प्रचारले पनि धेरै नेपालीहरुले मलेसियाको विकल्प खोज्न थालेका हुन् ।
तपाइले साउदी अरबको पनि जुन प्रसंग उठाउनुभयो । समस्या साउदीका सबै कम्पनीमा देखिएका होइनन् र बाहिर प्रचारमा ल्याइए जस्तो हजारौ नेपाली कामविहिन हुने अवस्था सिर्जना भएको पनि होइन । साउदीमा एक–दुई ठुला कम्पनीमा कामदारले समयमा तलब नपाएका हुन । कच्चा तेलको मूल्यमा आएको भारि गिरावटका कारण समयमा तलब दिन नसकिएको ति कम्पनीहरुले बताएका छन् । यस्तै केही कम्पनीहरु तेलको मूल्यमा आएको गिरावटले बन्द समेत बनेका छन् । तर, साउदीका राजाले नै कामदारको तलब अबिलम्ब भुक्तानी गर्न निर्देशन दिएकाले तलब नपाइरहेका कामदारले चाँडै तलब पाउने संभावना बढेको छ । किनकि साउदीका राजाको निर्देशन भनेको त्यहाँको कानुन नै हो ।



यही समयमा हाम्रो देशका प्रधानमन्त्रीले पनि पीडित कामदारको उद्धार गर्न निर्देशन दिइसकेका छन् । कामदारप्रति प्रधानमन्त्रीले नै चासो दिनुले के संकेत गर्ला ?

देशको प्रधानमन्त्रीको हैसियदले विश्वका जुनसुकै ठाँउमा रहेका आफ्ना नागरिकको रक्षाका लागि, समस्यामा परेका भए उद्धारका लागि निर्देशन दिनु कर्तव्य र दायित्व दुवै हो । आफ्नो नागरिकको रक्षा सरकारको पहिलो प्राथमिकतामा हुनुपर्छ । प्रधानमन्त्रीले साउदी अरबमा समस्यामा परेका नेपाली र वैदेशिक रोजगारीमा रहेका समग्र नेपालीका विषयमा चासो राख्नु अर्थपूर्ण छ । किनकि समस्या पर्नुअघि वा पर्दा यस किसिमको चासो विगतका प्रधानमन्त्रीहरुबाट भएको देखिदैनथ्यो । प्रधानमन्त्रीको निर्देशन र भनाइबाट वैदेशिक रोजगारको क्षेत्रप्रति उहाँको चासो छ भन्ने संकेत स्वत दिन्छ । हिजोसम्म विदेशका कुनै कम्पनीमा कामदार समस्यामा पर्दा उद्धारका लागि मेनपावर कम्पनीलाई निर्देशन दिने चलन थियो । तर साउदीको समस्या मेनपावरले मात्र समाधान गर्न सक्दैनन् तथा साउदीको अर्थतन्त्रमै परेको असरका कारण हाम्रा कामदार पनि प्रभावित भए भन्ने महशुस स्वयं प्रधानमन्त्रीलाई भयो । मलाई लाग्दैन हाम्रो व्युरोक्रेसी लेबलको सोचाई यस्तो छ भनेर । अहिले सरकार प्रमुखबाट जुन किसिमको चासो बढेको छ यस्तै स्प्रीटमा श्रम मन्त्रालयले पनि काम ग¥यो भने वैदेशिक रोजगारको क्षेत्र चाँडै नै व्यवस्थित बन्छ ।   

साउदी अरबमा देखिएको समस्या एकाएक निम्तिएको त होइन होला । फेरि कच्चा तेलको मूल्यमा आएको गिरावटको असर साउदीको अर्थतन्त्रमा मात्र सीमित रहला भन्न सकिन्छ र ?

हो, तपाइले भनेजस्तो साउदीको समस्या एक्कासी उब्जीएको होइन । कच्चा तेलमा आएको गिरावटको असर बिस्तारै देखिन थालेको छ । यसले जस्तो पायो त्यस्तो कम्पनीमा कामदार पठाउन हुँदैन भनेर व्यवसायीहरुलाई पनि पाठ पढाएको छ । साउदीको समस्या विस्तारै कतार, युएई, बहराइनलगायतका खाडी मुलुकमा पनि नदेखिएला भन्न सकिदैन । कतारकै कुरा गर्नुहुन्छ भने त्यहाँका कतिपय कम्पनी र प्रोजेक्ट ‘होल्ड’ भएर बसेको अवस्था छ । तर त्यो समस्या भनेको कामदारको तलब बैंकिङप्रणाली मार्फत नगर्ने कम्पनी तथा केही प्रोजेक्टमा छ जसलाई सरकारले नै होल्ड गराएको हो । तेलको मुल्यमा आएको गिरावटले खाडीका थुप्रै कम्पनीहरुमा असर पर्ने निश्चित छ । त्यसैले हामी व्यवसायीले पनि अब सजक भएर कामदार पठाउन आवश्यक छ । डिमाण्ड पाइयो भन्दैमा जस्तोपायो त्यस्तो कम्पनीमा पठाउँदा भोलि समस्या हामीलाई नै पर्ने हो ।
तर, साउदीको समस्याबाट सरकारले पनि ठुलो पाठ सिक्न जरुरी छ । त्यो हो वैदेशिक रोजगारको विकल्प । वैदेशिक रोजगार रोकेर रोक्न सकिन्न । तर अब स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना गरिनुपर्छ । देशमै कलकारखाना तथा उद्योगघन्दा खोल्नका लागि सरकारले लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्दछ । गोरखकालि टायर, बासबारी छालाजुत्ता कारखाना, जनकपुर चुरोट कारखाना किन बन्द भए र यी बन्द हुँदा कति क्षति व्यहोर्नु परेको छ भनेर सरकारले मूल्यांकन गर्नु जरुरी छ । श्रम मन्त्रालय मातहतको सीप विकास तालिम केन्द्र रुग्ण उद्योग जस्तै बनिसक्यो । न त्यहाँ सीप सिकाइन्छ न केन्द्रले अरु केही काम नै गरिरहेको छ । कम्तीमा स्वदेशमै सीपमूलक तालिम दिन सरकारले अग्रसरता लिए हाम्रा युवा विदेशिनै परे पनि राम्रो कामका लागि त विदेशिन्थे नि ! नारामा मात्र मुलुक समृद्ध बनाउने र अबको क्रान्ति आर्थिक क्रान्ति भनेर हुन्छ र ? देशमा आर्थिक क्रान्ति गर्ने युवाहरुलाई खाडी पठाउँने अनि कसरी हुन्छ आर्थिक क्रान्ति ? त्यसैले अब भनेको युवाहरुलाई सीपमूलक तालिम दिने र कम्तीमा पनि १२÷१५ हजार बराबरको रोजगारी स्वदेशमै उपलब्ध गराउने गरी रोजगार नीति बनाउँनुपर्छ ।



तर तपाइले भनेजस्तै स्वदेशमै रोजगारी सिर्जना हुन थालेभने तपाइहरुको रोजिरोटी खोसिएलान नि ?

झट्ट हेर्दा सरकारले स्वदेशमै रोजगारी सिर्जना ग¥यो भने वैदेशिक रोजगार व्यवसायीको रोजीरोटी गुम्छ भन्ने लाग्ला । तर, सवाल वैदेशिक रोजगार व्यवसायी र यीनमा आश्रित केहीको रोजगारीको मात्र हो कि मुलुकलाई आर्थिक समृद्ध बनाउने भन्ने हो । हामीलाई पनि परिवारबाट अलग्याएर युवाहरुलाई विदेश पठाउन मन छैन । तर स्वदेशमा रोजगारी नहुँदा परिवार पाल्न विदेशिनुको विकल्प रहेन । सरकारले लगानीको वातावरण बनाउने हो भने हामी व्यवसायी अन्य क्षेत्रमा लगानी गर्न तयार छांै । हामी स्वदेशमै रोजगारी दिन सक्नेछांै । यहाँ जलविद्युत, कृषि, पर्यटनलगायत के कुराको सम्भावना छैन र । तर ति संभावनालाई संभव बनाउन सरकार नै अग्रसर नहुन्जेलसम्म वैदेशिक रोजगार कसरी रोकिएला र ?

स्वदेशमा रोजगारीका अवसर सिर्जना नहँुदासम्म वैदेशिक रोजगारी रोकेर रोकिन्न । तर २ दशक अघिदेखि सुरु भएको वैदेशिक रोजगारको क्षेत्र व्यवस्थित हुनुको सट्टा झनझन अव्यवस्थित हुँदै गएको देखिन्छ । यसको मुख्य दोषी त तपाइहरु पनि हो नि ?

यसमा व्यवसायीहरु पनि दोषी छन् । वैदेशिक रोजगार पेशा–व्यवसायलाई सम्मानित बनाउँनुपर्छ भन्ने सोच थोरै व्यवसायीहरुमा मात्र रह्यो । उता केहीले यो पेशालाई बदनाम गराउँदै पैसा कमाउन मात्र खोज्दा समस्या बढेको पक्कै हो । हो, कामदार पठाउने क्रममा हामीबाट पनि केही गल्ति भए होला त्यसलाई नकार्न सकिन्न । तर एकपल्ट गल्ति भयो अब गल्ति दोहोरिदैन भन्दा सच्चिने मौका दिनेकी नदिने ? खराव काम गर्नेलाई दण्डित गर्नुपर्छ यसमा कसैको दुइमत छैन् । वैदेशिक रोजगारीको क्षेत्र व्यवस्थित बनाउनुपर्छ भन्ने हाम्रो पनि चाहँना हो । तर पछिल्ला घटनाक्रमले परिस्थिति यस्तो बन्यो कि ‘बोल्यो कि पोल्यो’ भनेजस्तो । अहिले मैले अन्तर्वार्तामा बोलेका कुराहरुलाई लिएर व्यवसायीले मात्र होइन नियमनकारी निकायले पनि फोन गर्नेछन् । मेरो संस्थाप्रति निगरानी बढाइन्छ यसमा ढुक्क हुनुहोस् । यहाँ त राम्रो काम गर्दा र सही बोल्दा पनि डराउनुपर्ने स्थिति आयो । हामी नियम कानुन बमोजिम चलेका थिएनौ भने हिजो पनि त नियमन गर्ने निकाय थियो नि ! हिजो चाँहि के हेरेर बसेका थिए ति निकायहरु अनि आज एकाएक वैदेशिक रोजगारलाई चौतर्फि निशानामा पार्ने ?
वैदेशिक रोजगार ऐन बमोजिम स्वीकृति लिएर संचालनमा रहेका संस्थाहरुलाई नियमन गर्ने निकाय वैदेशिक रोजगार विभाग हो । हुन सक्छ कर लगायत केही केशमा अर्थमन्त्रालय मातहतका निकायले हेर्न सक्छन् । तर हरेक घटनालाई वैदेशिक रोजगारसँग जोडेर हामीमाथि त्रास फैलाउने काम नहोस् भन्ने हामी सम्पूर्ण व्यवसायीको धारणा हो । तर्साएर, धम्क्याएर समस्याको समाधान हुँदैन । विदेशिने कामदारलाई न्यूनतम शुल्कमा अझ भन्नुपर्दा एक पैसा पनि नलिएर रोजगारदाता कम्पनीबाटै सेवाशुल्क लिएर विदेश पठाउने हाम्रो पनि चाहँना हो । समग्रमा भन्नुपर्दा  वैदेशिक रोजगार व्यवस्थित बनाउन व्यवसायी र सरकारबीच समन्वय हुनु जरुरी छ ।

सरकारी पक्षबाट के भइदियो भने वैदेशिक रोजगार व्यवस्थित हुन सक्छ त ?

पहिलो कुरा वैदेशिक रोजगार ऐन समयसापेक्ष परिवर्तन हुनुपर्छ । २०६४ मा बनेको ऐनले अहिलेको समयमा वैदेशिक रोजगारीको क्षेत्र चल्न गाह्रो छ । अर्को कुरा कागजमा फ्री भिसा फ्री टिकट लेख्दैमा वैदेशिक रोजगार निःशुल्क हुने होइन । विदेशिने कामदारसँग एक पैसा लिन पाइदैन भनेर सरकार भन्छ अनि तिनै विदेशिने कामदारसँग अनेक वहानामा पैसा असुल्ने छुट किन दिन्छ ? एउटा कामदार दुरदराजबाट मेनपावरसम्म आइपुग्दा कति ठाँउमा ठगिइसकेको हुन्छ, के त्यसमा सरकारको ध्यान गएको छ ? हामीलाई १० हजारभन्दा बढि लिन पाइदैन भन्ने सरकारले विदेशिने नागरिकसँग राहदानी बनाउदा १५ हजारसम्म कुन आधारले लिने ? उता मलेसिया रोजगारीकै कुरा गर्ने हो भने भिएलएनको नाममा ३५ सय, बायोमेट्रिक मेडिकलको नाममा ४५ सय, झन अहिले त मेडिकल अगावै प्रोसेसिङका नाममा ३ हजार तिर्नुपर्छ । हाम्रा नागरिकले विदेशिने नाममा बढी पैसा तिर्दैनन् भनेर किन गन्तव्य मुलुकसँग सरकारले वार्ता गर्न सक्दैन । गन्तव्य मुलुकले नभई केही बिचौलिया र माफियाले विभिन्न वहानामा कामदारसँग शुल्क  असुल्ने छुट किन दिइन्छ ? अहिलेसम्म सरकारले रोजगारीका लागि जतिवटा मुलुक खुल्ला गरेपनि ती मुलुकमा आफ्ना नागरिकले पाउने सेवासुविधाका विषयलाई लिएर श्रम सम्झौता गर्न सकेको छैन् ।
अर्को कुरा वैदेशिक रोजगार व्यवसायीप्रति सरकारको नजर नै विभेदकारी छ । मुलुकको कुल ग्राहस्थ उत्पादनमा ५ प्रतिशत पनि योगदान नरहेको क्षेत्रलाई सीआइपी सम्मानबाट सम्मानित गर्ने सरकारले वार्षिक ४ लाखभन्दा बढि नेपालीलाई रोजगारी दिलाउने र कुल ग्राहस्थ उत्पादनमा एक तिहाई हिस्सा ओगट्ने वैदेशिक रोजगारको क्षेत्रलाई सम्मान त परै जाओस समान नजरले समेत हेरिदैन । अझ राज्यले यी व्यवसायीहरुलाई ठगको उपमा समेत भिराउँछ । यही हो त राज्यले हामी व्यवसायीलाई गर्ने व्यवहार ?



तर तपाईहरुका आवाज बुलन्द बनाउन तपाइहरुकै छाता संस्था वैदेशिक रोजगार व्यवसायी संघले पनि त अग्रसरता लिनुप¥यो नि ?

हिजो चुनावको समयमा भोट माग्न व्यवसायीका घरघरमा आउने नेताहरु चुनाव जितेर गएपछि समस्या प¥यो भनेर फोन गर्दा समेत उठाउँदैनन् । यस्ता संघका कुरा के नै गर्नु र ! अर्को कुरा संघले व्यवसायीका गुनासो सुन्ला, वैदेशिक रोजगारका अफ्ठयारा फुकाउन सरकारसँग समान हैसियतमा वार्ता तथा छलफल गर्ला भन्ने आशा व्यवसायीहरुलाई छैन । झन अहिलेका अध्यक्षलाई त यसअघि नेतृत्वको अनुभव नभएकोले पनि होला आसपासका २÷४ जना व्यवसायीको लहैलहैमा अघि बढिरहनुभएको छ । अध्यक्षको त आफ्नो भिजन हुनुप¥यो नि ! आज मैले यो काम गर्ने, भोलि यो गर्ने, मेरो कार्यकालमा वैदेशिक रोजगारको क्षेत्रमा यी–यी सुधार गरेर देखाउछु भन्ने खै उहाँको योजना ? उहाँ निर्वाचित भएर आएको १ वर्ष वितिसक्यो आजसम्म व्यवसायीको हितमा के काम गर्नुभयो उहाँले ? पूर्वअध्यक्ष, सल्लाहकार, अग्रज व्यवसायीहरुसँग छलफल गरेर एउटा रणनीति बनाएर अघि बढनुपर्नेमा उहाँ आफैलाई के गर्ने भन्ने नै थाहा छैन् ।

तर अहिले त्यहि संघको नेतृत्व र अन्य अग्रज व्यवसायीहरु आफु अनुकुलको श्रममन्त्री बनाउन लबिङ गर्दै हिडिरहेका छन् रे नि त ?

वैदेशिक रोजगार बुझेको र यस क्षेत्रका मान्छेहरुसँग नजिकको सम्वन्ध भएको मन्त्री आए त राम्रै हो तर केही व्यवसायीले लविङ गर्दैमा र नेताहरुलाई भेट्दैमा उनीहरुले चाहेको व्यक्ति श्रममन्त्रालयमा आउँछन भन्नु हाँस्यास्पद हो । हामीले पनि ती व्यवसायीका हैसियद बुझेका छौं । नेताका पीएलाई अनुनय विनय गरी बल्लबल्ल पाएको दर्शनभेटलाई सामाजिक संजालमा फोटो हालेर वैदेशिक रोजगारीका विषयमा छलफल गरियो भनेर लेखेको देख्दा हासो उठ्छ । हिजोका दिनमा फ्री भिसा फ्री टिकटको निर्णय लागू गराइदा यसको पुनर्विचारका लागि श्रमराज्यमन्त्रीसँग छलफल गर्नुको साटो शिर्ष तहबाटै निर्णय उल्ट्याउने बताउने उनीहरुको हैसियद त आजको दिनसम्म केही गर्न नसकेको अवस्थाले नै छर्लङग पार्छ । हाम्रा व्यवसायी नेताहरु कामभन्दा हल्ला बढि गर्नेबाहेक केही गर्नै सक्दैनन । आफु अनुकुलको श्रममन्त्री ल्याउन लबिङ गरिरहेका छौं भन्नु र हुट्टिट्याउले आकास थामेको छु भन्नु एउटै हो ।    
        
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अन्तर्वार्ता / बिचार
1.   नेपालका युवा सुहाउँदो काम कफी व्यवसाय हो
2.   सुन भरियाको कथा : वैध बाटो, अवैध कारोबार
3.   एनआरएनप्रतिको अपेक्षा र उनीहरुले जगाएको आशा
4.   एनआरएनएको संस्थागत तथा दिगो विकासका लागि 'भिजन २०२०'
5.   एसिया प्यासिफिक क्षेत्रका समस्या समाधानका लागि मेरो उम्मेदवारी
6.   वैदेशिक रोजगार सुधार्न फिलिपिन्सबाट सिक्नेकी !
7.   बिपत्तिमा डुबेको वैदेशिक रोजगारको स्रोत क्षेत्रलाई व्यवसायीको उपहार ! ‘ब्ल्याक लेबल’
8.   एनआरएनए साझा चौतारी बन्नुपर्छ
9.   एक परदेशिको आत्मकथन : नचाहदा नचाहदै जन्मियो अपराध - शम्भु सुस्केरा
10.   असोज पहिलो सातासम्म संघको भवन निर्माण शुरु हुन्छ
11.   अनुभूति : बरदुबई पार्कमा नेपाली जोडीका पीडा - युवराज नयाँघरे
12.   भाषण होइन स्पष्ट रोडम्याप र पुरा गर्ने आधारसहित अघि बढेको छु : गडतौला
13.   २०७३ मा वैदेशिक रोजगार उपलब्धिभन्दा विवादै विवाद
14.   संघको नेतृत्वतहमा श्रेष्ठको खोजी
15.   म व्याक हुन तयार छु, तर फोरमबाट एउटै प्यानल आउछ : प्रज्ञान न्यौपाने
16.   वैदेशिक रोजगार विभागले दिने अनलाइन सेवाबारे विस्तृत जानकारी : सूर्यप्रसाद भण्डारी
17.   वैदेशिक रोजगार व्यवसायीलाई त्यसै क्षेत्रको जिम्मेवारी दिनु गलत : डा.शेखर कोइराला
18.   म पद दोहोर्याउन्न, अध्यक्षको स्वभाविक दावेदार हुँ : कुमार पन्त
19.   माफियातन्त्र उखेल्न संघ नेतृत्व अनवरत लागिरहेको छ
20.   कोरियामा नेपालीले गर्ने भनेको ‘थ्री डी’ नै हो
21.   अझै नयाँ रेमिट्यान्स कम्पनी ?
22.   आप्रवासी कामदारको सम्मान नै सुरक्षित आप्रवासन
23.   मेहनत र संघर्ष गरिरहेको छु
24.   त्रासै त्रासले घेरिएको छ वैदेशिक रोजगार
25.   इमान्दार हुँदा न्याय पाइन्छ भन्ने नजिर बस्यो
Results 59: You are at page 1 of 3
1 2 3 Next Last

Powered By : Unitech Media