बुधवार, जेष्ठ ०९ गते, २०७५
ब्यवसायी संघको स्वागत
बुधवार, २०७० कार्तिक २६ गते ०१:०८

उद्वव भट्टराई 
 
नेपाल सरकारले बैदेशिक रोजगार व्यवसायमा देखिएका समस्याहरुको समाधान गर्न दुई महत्वपूर्ण निर्णय गरी राजपत्रमा प्रकाशित गरेकोमा नेपाल बैदेशिक रोजगार व्यवसायी संघले स्वागत गरेको छ । संघको कार्यालय तेजभवनमा मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी संघका अध्यक्ष बलबहादुर तामाङले ब्यवसायीहरुको माग सरकारले संवोधन गरेकोमा सरकारप्रति आभार प्रकट गरे । 
 
श्रम तथा रोजगार मन्त्रालयले नेपाल राजपत्र खण्ड ६३, कार्तिक २५, २०७० को भाग ५ मा सूचना प्रकाशन गरी श्रम स्वीकृतिका विषयमा बाधा अड्काउ फुकाउ आदेश जारी गरेको छ । बैदेशिक रोजगार ऐन २०६४ को दफा १९ लाई सजिलो बनाउनका लागि  पूर्व स्वीकृतीमा उल्लेख भए अनुसार देश र कम्पनी फरक नपरेमा  पारिश्रमिक, कामको प्रकृति र कार्य क्षेत्र फरक नपर्ने गरी समान प्रकृतिका पद भएमा वैदेशिक रोजगार विभागले अन्तिम श्रम स्वीकृती दिने आदेश राजपत्रमा प्रकाशित भएको छ । केही समय अगाडि देखि पद र पेशा नमिलेको भन्दै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कामदार फर्काइने र श्रम स्वीकृति नै बैदेशिक रोजगार विभागले दिने गरेको थिएन । त्यसैगरी राजपत्रमा पूर्व स्वीकृति लिदाको अवस्थामा ग्रुप अफ कम्पनीको व्यवस्था उल्लेख गरेको भए  त्यसमा पनि अन्तिम श्रम स्वीकृति दिने जनाएको छ तर सम्बन्धित देशको नेपाली दूतावासवाट उक्त गु्रप अफ कम्पनीको सूचिलाई प्रमाणित गरेको हुनुपर्ने उल्लेख गरेको छ । 
 
सोमवार राजपत्रमा प्रकाशित भएपछि ब्यवसायीहरुको मागलाई सरकारले गम्भिरता पुर्वक लिएकोमा संघका अध्यक्ष बलबहादुर तामाङले पत्रकार सम्मेलनमा खुशी ब्यक्त गरे । उनले भने–‘अव यसको अक्षरस पालना हुन जरुरी छ ।’ 
यता संघका सल्लाहकार सरोज पोखरेलले सरकारको यस कदमले ब्यवसायीका केही समस्या हल हुने भएता पनि धेरै समस्याहरु अझै बाँकी रहेको हुँदा त्यति धेरै सन्तोष ब्यक्त गर्न नमिल्ने बताए । उनले भने–‘ सरकारको आदेशले व्यवसायीहरुका लागि मात्र नभएर विदेश जाने कामदारलाई समेत फाइदा पुग्छ ।’
 
बैदेशिक रोजगारको क्षेत्रमा ठगी बढिरहेको अवस्थामा सरकारले अझ सहज बनाउँदा अझ धेरै ठगीको बढ्ने होकी भन्ने आशंका एकाथरीले गर्दै आएका छन् ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ
2.   आर्थिक वृद्धिदर १० प्रतिशत पुर्‍याउने सरकारको घोषणा
3.   आजबाट त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने
4.   नागढुंगा–धुलिखेल मेट्रो रेल बनाउन विश्वव्यापी टेन्डर खोलियो, लागत करिब दुई खर्ब
5.   सिन्डिकेट हटाउन भूमिका खेलेका महानिर्देशकलाई मन्त्री महासेठले हटाए
6.   आउदो सोमवार संसदमा सरकारका नीति तथा कार्यक्रम पेश हुदै
7.   सन्दीप लामिछानेको अर्को फड्को : वेष्ट इन्डिजविरुद्ध आइसिसी विश्व ११ टिममा परे
8.   रन-वेको पिच उप्किएपछि त्रिभुवन विमानस्थल बन्द
9.   लोडसेडिङ अन्त्यको घोषणा, औद्योगिक क्षेत्रमा पनि बत्ती नजाने
10.   ताइवानी–नेपाली व्यापारिक अन्तरक्रिया सम्पन्न
11.   पोखरा विमानस्थलमा बम फेला, बम डिस्पोज
12.   आइतबार उपत्यकामा सार्वजनिक बिदा
13.   भारतीय प्रधानमन्त्री मोदी नेपालमा
14.   स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष खड्कालार्इ एसियाको ४० प्रभावशाली युवा उद्यमीको अवार्ड
15.   कृषिमन्त्रीले ल्याए कृषिमा आत्मनिर्भर बन्ने लक्ष्यसहित ५८ बुँदे मार्गचित्र
16.   तातोपानी नाका खुल्ने सम्भावना :नेपाली र चिनियाँ अधिकारीबीच निर्माण सम्झौता
17.   श्रमिकका अधिकार पूरा भएको छैन् : पूर्वप्रम नेपाल
18.   वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय प्रमुखमा पाण्डे नियुक्त
19.   आन्तरिक उडानमा बुद्ध एयर अग्रस्थानमा
20.   श्रमिकको न्यूनतम ज्याला बढाउने सरकारको तयारी
21.   आज २५६२ औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
22.   मुस्लिम संघको अध्यक्षमा पुनः सत्तार निर्वाचित
23.   योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त
24.   भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउने
25.   नेपाल, भारत र बंगलादेशबीच सीधा बस सेवा शुरु हुँदै
Results 706: You are at page 1 of 29
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media