मंगलवार, माघ ०२ गते, २०७४
किरणकुमार श्रेष्ठ, सिइयो, राष्ट्रिय बाणिज्य बैंक
शनिवार, २०७३ श्रावण ०८ गते ११:२८

 
 
राष्ट्रिय बाणिज्य बैंक पूर्ण सरकारी स्वामित्वमा स्थापित नेपालको दोस्रो पुरानो र सबैभन्दा ठूलो वाणिज्य बैंक हो । समय सापेक्ष आफ्ना ग्राहकहरूलाई विविध बैंकिङ्ग सेवा पु¥याउँदैको राष्ट्रिय बाणिज्य बैंक २०२२ साल माघ १० गते स्थापना भएको हो । ६७ जिल्लामा शाखा कार्यालय रहेको यस बैंकले भर्खरै नयाँ प्रमुख कार्यकारी अधिकृत पाएको छ । राष्ट्रिय वाणिज्य बैंकको लामो समयदेखि खाली रहेको प्रमुख कार्यकारी अधिकृतमा खुल्ला प्रतिष्पर्धाबाट किरणकुमार श्रेष्ठले जिम्मेवारी पाउनु भएको छ । संखुवासभा चैनपुरमा जन्मनुभएका श्रेष्ठले यसअघि नेपाल बैक लिमिटेडमा महाप्रबन्धकको जिम्मेवारीको सम्हालिसक्नुभएको छ । श्रेष्ठले देशको आर्थिक सामाजिक रुपान्तरणमा बैकको भूमिका अभिवृद्धिका लागि आफूले पेस गरेको व्यावसायिक योजनाबमोजिम अघि बढ्ने प्रतिबद्धतासहित आगामी चार बर्षमा राष्ट्रिय बाणिज्य बैंकलाई नेपालको नै उत्कृष्ट बैंक बनाउने महत्वकांक्षा लिनुभएको छ । राष्ट्रिय बाणिज्य बैंकका भावी रणनीति, योजना र अनुभवसहित राष्ट्रिय बाणिज्य बैंकका कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठसँग अर्थ र रोजगारले गरेको छोटो कुराकानी : 


तपाईले बाहिर बसेर हेरेको राष्ट्रिय बाणिज्य बैंक र अहिले आफै सिइओ भएर हेर्दा तथा काम गर्दा कस्तो पाउनुभयो ?

बाहिरबाट हेर्नु र भित्र सतहमै पुगेर हेर्नुमा धेरै फरक हुन्छ । मलाई पनि बाहिरबाट हेर्दा सरकारी बैंक भएको हुँदा पुरानो सोच र प्रविधि नै त होला भन्ने लाग्थ्यो । तर, जब भित्र आएँ, यहाँको कार्यप्रणाली, जनशक्ति तथा निर्णय प्रक्रिया देख्दा बाहिर बसेर हेर्नु र सतहीमा गएर हेर्नुमा कति भिन्नता हुँदोरहेछ भन्ने प्रष्ट हुने मौका पाए । 
 
लामो समयसम्मको बैंकिङ अनुभवसहित तपाई सरकारी स्वामित्वको बैंकमा आउनुभएको छ । भनेपछि भोलिका दिनमा बैंकलाई अगाडि बढाउने तपाईका त्यस्ता योजना के छन् ?

मैले सबैमाझ ४ वर्षभित्र यो बैंकलाई सबै हिसावबाट उत्कृष्ट बैंक बनाउछु भन्ने दृढदा गरेको छु । त्यसका केहि आधार र कारणहरु पनि छन् । पहिलो त यो सरकारको शतप्रतिशत लगानी भएको बैंक हो र नेटवर्कको हिसावले ६७ जिल्लामा यसको संजाल छ, अब दुई वर्ष भित्र ७५ वटै जिल्लामा यसलाई पु¥याउने हाम्रो प्रण छ । आम नेपालीले सबैभन्दा बढी विश्वास गर्नु हाम्रा लागि थप हौषलाको विषय हो, यसैले पनि होला अहिलेको अवस्थामा १ खर्ब ३५ अर्बभन्दा बढी निक्षेप हामसँग छ । अहिले बजेट भाषणपछि लगानीका प्रचुर संभावना थपिएको छ । हामीकहाँ जम्मा भएका निक्षेप लगानीको अवसर प्रचुर छ । अहिले पनि बर्षेनी ३ अर्ब मुनाफाको अवस्था छ यसमा बृद्धि आउने संभावना अब छ । उता नयाँ प्रविधि र जनशक्तिमा हामीले जोड दिएका छौ । समयसापेक्ष नयाँ ढंगबाट बढ्ने हाम्रो योजनाले पक्कै पनि उत्कृष्ट बैंक बन्ने हाम्रो लक्ष्य पुरा हुनेछ । 


 
तपाईले यसो भनिरहँदा सरकारी बैंकका सेवासुविधा र पहुँच निजी बैंकका तुलनामा कमजोर छ भन्ने जनमानसमा छ । यसलाई चिर्न सहज छ र ?

कतिपय सन्दर्भमा त्यस किसिमका कमी कमजोरी हामीमा देखिएका पक्कै पनि छन् । तर अहिले जुनढंगको प्रविधि, जनशक्ति र काम गर्ने शैलीमा परिवर्तन ल्याएका छौ यस हिसावमा बजारमा अन्य प्रतिस्पर्धी बैंकहरुसँग प्रतिस्पर्धा गर्दै आफ्ना सेवासुविधा र विश्वासलाई उच्च बनाउने दृढतासहित हामी अघि बढेका छौ ।   
 
बाणिज्य बैंकहरुले वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई लक्षित गरेर रेमिट्यान्सको सेवा पनि दिइरहेको छ, अहिले यसको अवस्था कस्तो छ ?

हो, हाम्रो बैंकले पनि आरबीबी रेमिट संचालनमा ल्याएको छ । अहिले विशेषगरी खाडी मुलुकमा आफ्नै कर्मचारी राखेर रेमिट्यान्स सेवा प्रवाह गरिरहेका छौ भने कोरिया, जापान, अमेरिकालगायतका मुलुकमा सेवा विस्तारको अन्तिम चरणमा छौ हामी । आगामी दिनमा आरबीबी रेमिटलाई व्यापक बनाउन र विश्वभर छरिएर रहेका नेपालीको पहुँचमा पु¥याउन विभिन्न योजनाहरु ल्याउने प्रयत्न गरिरहेका छौ । 
 
यस्तै वैदेशिक रोजगारीमा रहेका तथा फर्किएकाहरु स्वदेशमै लगानी गरेर केहि गर्न चाहन्छन तर उनीहरु बैंकको पहुँच वा सुविधाबाट अलि टाढा नै छन । उनीहरुलाई उत्प्रेरणा दिन बैंकहरुले के गर्नुपर्ला र यसबारेमा यहाँहरुको योजना के छ त ? 

वैदेशिक रोजगारीमा जान लागेका तथा गएर फर्किएका दुवैलाई बैंकिङ पहँुच र सुविधामा ल्याउन जरुरी छ । झन रोजगारीबाट फर्किएकाहरुले विभिन्न सीप र साथमा पूँजी पनि ल्याएका हुन्छन् । वैदेशिक रोजगारीमा जान लागेका तथा रहेका नेपालीलाई बचत गर्न प्रेरित गर्नुका साथै उनीहरु फर्कदा क्षमताको पहिचान गरेर त्यस किसिमका प्रोडक्ट ल्याउने योजनामा हामी छौ । सरकारले पनि सँगसँगै यस्ता जनशक्तिलाई सीप विकाससँग जोड्ने र बैंकिङ पहुँचमा पु¥याउने वातावरण बनाउने हो भने उनीहरुले आफ्नो सीप र ज्ञानलाई उत्पादनमूलक काममा लगाउने थिए । 
 
रेमिट्यान्स आउने क्रम बढदो छ तर यो उत्पादनमूलक क्षेत्रमा लागेन भन्ने गुनासो छ । यसलाई यहाँले कसरी मूल्यांकन गर्नुभएको छ ? 

रेमिट्यान्सबाट जुन रकम आइरहेको छ त्यसको उपयोग उत्पादनमूलक क्षेत्रमा भन्दा पनि कतिपय सन्दर्भमा अन्यत्र प्रयोग भएको देखिन्छ । जबसम्म हामीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बैंकिङ च्यानलमा ल्याएर बचत गर्ने बानीको बिकास गर्दैनौ र उनीहरुलाई लगानीसँग जोड्न सक्दैनौ तवसम्म यस्तै स्थिती रहिरहन्छ । जसले रेमिट्यान्स पठाइरहेका छन्, उनीहरुमा पनि उत्पादममूलक क्षेत्रमा लगाउनुपर्छ भन्ने चेतनावृद्धि गर्न जरुरी छ ।
 
धेरै संजाल र ग्रामिण भेगमा पनि आफ्नो उपस्थित जनाएको बैंकका रुपमा राबा बैंक परिचित छ । तर, अझ पनि ग्रामिण भेगका विशेषगरी कृषक बर्गको पहुँचमा त पुग्न सक्नुभएको छैननी ?
अझै पनि ५५ प्रतिशत भन्दा बढि जनता बैंकिङ पहुँच बाहिर नै छन् । हामी ग्रामिण भेगमा पुगे पनि अझै बास्तविक गाउँहरुमा पुग्न सकेका छैनौ । अधिकांश बैंक तथा वित्तिय संस्थाहरु सदरमुकाम तथा शहरी क्षेत्रमा मात्रै केन्द्रित छन् । हामीले अहिले कृषि क्षेत्रको विकास नभई मुलुकको समग्र अर्थतन्त्रको ठोसढंगबाट विकास हुन सक्दैन र यो विना जनताको जीवनस्तरमा सुधार ल्याउन सकिदैन भन्ने कुरालाई मध्यनजर गर्दै कृषि क्षेत्रको कर्जालाई विस्तार गरिरहेका छौ । उता हामी शाखा विस्तारका क्रममा ग्रामिण भेगलाई लक्षित गर्ने र जनताको बैंक बन्ने कुरामा गम्भिरढंगले लागिपरेका छौ । 
 
सरकारले प्रत्येक नेपालीको बैंक खाता भन्ने अवधारणा ल्याएको छ, यसमा तपाईहरु कत्तिको हिस्सेदारका लागि तयार हुनुहुन्छ ? 

अब कुनैपनि वर्गका बैंक तथा वित्तिय संस्थाहरुले ग्रामिण भेगमा आफ्नो पहुँच विस्तार गर्नु जरुरी छ । हाम्रै बैकको सन्दर्भमा भन्नुपर्दा हामीले प्रत्येक वर्ष २०÷२५ वटा शाखा विस्तार गरिरहेका छौ । यसै वर्ष पनि करिव २० शाखा विस्तारको योजनामा हामी छौ । संजाल विस्तारमा हामीले जुन ठाँउमा कुनै पनि बैंकहरु पुगेका छैनन त्यस्ता ठाँउलाई केन्द्रित गरेका छौ । बैंकिङ पहुँच नपुगेको ठाँउमा पुग्ने हाम्रो लक्ष्य हो । सरकारले अहिले जुन हरेक नेपालीको बैंक खाता भन्ने अवधारणा ल्याएको छ यसलाई हामी हाम्रोतर्फबाट पूर्ण सहयोग पुग्ने गरी योजनाहरु बनाइरहेका छौ । 
 
पछिल्लो समय देशको अवस्थाले समग्र अर्थतन्त्र डामाडोल बनेको छ । भोलिका दिनमा यो कुन दिशातर्फ जाला भन्ने यहाँलाई लाग्छ ?

गएको वर्ष भुकम्प, नाकाबन्दी, तराई आन्दोलनलगायतले देशको औद्योगिक, व्यापारिक क्षेत्रमा असर पारेकै हो तर धरासायी नै बनेको चाहि छैन । यसले केहि पाठ चाहि पक्कै सिकाएको छ । एउटा त हामीले आफ्नो राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनु पर्दोरहेछ र यसो भएमा अन्य कुराहरु व्यवस्थापन गर्न सकिदोरहेछ भन्ने सिकायो । सामान्यतया कृषि क्षेत्रको संभाव्यताबाटै हेर्दा पनि कैयौ कुराहरु गर्न सकिदोरहेछ भन्ने देखाएको छ । हामीले यही भित्र गर्नसक्ने कुराहरु धेरै छन त्यसो भएकाले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने कुरामा लगानीलाई केन्द्रित गर्न आर्थिक योजनाहरु त्यही ढंगमा अघि बढनुपर्छ र यसले मात्र देशलाई आत्मनिर्भर बनाएर विभिन्न समस्या आउदा पनि अघि बढन सकिन्छ भन्ने देखिन्छ । 
 
अबको मुलुकको लक्ष्य आर्थिक आन्दोलन र समृद्धि नै हो त ?

धेरै परिघटनाहरु हामीले हेरिसकेका छौ । आधारभूत र विशेषगरी राजनैतिक मुद्धाका विषय व्यवस्थापन भैसकेको सन्दर्भमा अबको मुद्धा भनेकै आर्थिक समृद्धिको हो । देशको अर्थतन्त्र बलियो बनाएर जनताको जिवनस्तर सुधार्दै देशलाई विकासको बाटोमा डो¥याउनु पर्ने अहिलेको माग र आवश्यकता नै यही हो । 
 
अन्त्यमा भोलिका दिनमा यो बैंकलाई नेपालीको बैंक र आफ्नो बैंक भन्ने अनुभूति गराउनका लागि के भन्नुहुन्छ ?

सरकारको स्वामित्वको बैंक भएकाले यो जनताकै बैंक हो । हामी जुन ढंगमा मुलुकका हरेक क्षेत्रमा सेवा विस्तार गरिरहेका छौ र यसले साना बचतकर्ता र लगानीकर्तादेखि लिएर ठुला उद्योग व्यवसायीहरुसम्म पुग्ने कोशिषमा छौ । हाम्रो जुन उद्देश्य तथा कार्यक्रमहरु छन त्यो नेपालीकै बैंक बनाउने बाटोमै छ । आगामी दिनमा हामीले आफुमा भएका कमिकमजोरी सच्याउदै गुणस्तरीय, छिटोछरितो र विश्वासिलो सेवा प्रवाहमा प्रतिवद्ध भएर लागेका छौ ।   
  
  
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अन्तर्वार्ता / बिचार
1.   एनआरएनप्रतिको अपेक्षा र उनीहरुले जगाएको आशा
2.   एनआरएनएको संस्थागत तथा दिगो विकासका लागि 'भिजन २०२०'
3.   एसिया प्यासिफिक क्षेत्रका समस्या समाधानका लागि मेरो उम्मेदवारी
4.   वैदेशिक रोजगार सुधार्न फिलिपिन्सबाट सिक्नेकी !
5.   बिपत्तिमा डुबेको वैदेशिक रोजगारको स्रोत क्षेत्रलाई व्यवसायीको उपहार ! ‘ब्ल्याक लेबल’
6.   एनआरएनए साझा चौतारी बन्नुपर्छ
7.   एक परदेशिको आत्मकथन : नचाहदा नचाहदै जन्मियो अपराध - शम्भु सुस्केरा
8.   असोज पहिलो सातासम्म संघको भवन निर्माण शुरु हुन्छ
9.   अनुभूति : बरदुबई पार्कमा नेपाली जोडीका पीडा - युवराज नयाँघरे
10.   भाषण होइन स्पष्ट रोडम्याप र पुरा गर्ने आधारसहित अघि बढेको छु : गडतौला
11.   २०७३ मा वैदेशिक रोजगार उपलब्धिभन्दा विवादै विवाद
12.   संघको नेतृत्वतहमा श्रेष्ठको खोजी
13.   म व्याक हुन तयार छु, तर फोरमबाट एउटै प्यानल आउछ : प्रज्ञान न्यौपाने
14.   वैदेशिक रोजगार विभागले दिने अनलाइन सेवाबारे विस्तृत जानकारी : सूर्यप्रसाद भण्डारी
15.   वैदेशिक रोजगार व्यवसायीलाई त्यसै क्षेत्रको जिम्मेवारी दिनु गलत : डा.शेखर कोइराला
16.   म पद दोहोर्याउन्न, अध्यक्षको स्वभाविक दावेदार हुँ : कुमार पन्त
17.   माफियातन्त्र उखेल्न संघ नेतृत्व अनवरत लागिरहेको छ
18.   कोरियामा नेपालीले गर्ने भनेको ‘थ्री डी’ नै हो
19.   अझै नयाँ रेमिट्यान्स कम्पनी ?
20.   आप्रवासी कामदारको सम्मान नै सुरक्षित आप्रवासन
21.   मेहनत र संघर्ष गरिरहेको छु
22.   त्रासै त्रासले घेरिएको छ वैदेशिक रोजगार
23.   इमान्दार हुँदा न्याय पाइन्छ भन्ने नजिर बस्यो
24.   चारवर्ष भित्र बैंकलाई उत्कृष्ट बैंक बनाउछौं
25.   कमिशन मिलाउन श्रममन्त्री मलेसिया गएका हुन : न्यौपाने
Results 57: You are at page 1 of 3
1 2 3 Next Last

Powered By : Unitech Media