सोमवार, असार ११ गते, २०७५
आइतवार, २०७३ जेष्ठ ३० गते १३:१२

 
टीका प्रसाईले नेपाली आधुनिक गीतको क्षेत्रमा धेरै गीत गाइसकेकी छिन् । केही गीतहरूमा उनी आफैंले संगीतको धुन भरेकी छिन् अनि केही गीत उनले आफै लिपिवद्ध पनि गरेकी छिन् । आधुनिक गीत मात्र होइन उनले चलचित्रका गीतहरूमा पनि स्वर दिएकी छिन् । नेपाली चलचित्र ‘बिच बाटो’ मा उनले गाएको गीत ‘पप्पी देउ न....सेल्फीको जमानाले’ चलचित्र विचबाटोले भन्दा निक्कै राम्रो बजार लियो । युट्ुवमा उक्त गीतका दर्शक पाच लाखको हाराहारीमा पुगिसकेका छन् । उक्त गीतलाई विकास चौधरीले संगीत दिएका हुन् भने दयाराम पाण्डेको शब्द रचना रहेको छ । केही विश्लेषकहरूले उक्त गीतले गीति क्षेत्रमा विकृति ल्याएको भनेर टिप्पणी गरे पनि उक्त गीतको पारो भने झनभन् बढ्ने क्रममा रहेको छ ।

टीका प्रसाई नेपाली संगीत क्षेत्रकी चर्चित गायीका हुन् । कार्तिक २५ गतेका दिन तोपगाछी– ९, सरङ्गपाडा, झापामा आमा बालकला प्रसाई र बुवा रेमानन्द प्रसाईबाट उनको जन्म भएको हो । टीकाको बाल्यकाल झापामै बित्यो । विद्यालय जीवनदेखि नै विभिन्न गायन प्रतियोगिताहरूमा भाग लिदा पुरस्कार जित्ने टीकालाई गायनमा लाग्ने चाह केटाकेटी देखिनै थियो । उनले नरेन्द्र जनता मा.वि.मा कक्षा १ देखि प्रवेशिका सम्मको अध्ययन पुरा गरिन् । मेची बहुमुखी क्याम्पसबाट मानविकी शास्त्रमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेकी उनी त्यस पछिको अध्ययनको लागी भने काठमाडौं आइन् ।

झापामा नै कोशेश्वर राईसँग संगीतको सारेगम सिकेकी उनले काठमाडांै आएर ललितकला क्याम्पसमा संगीत अध्ययन सुरु गरिन् । सोही क्याम्पसबाट संगीतमा स्नातक तहसम्मको अध्ययन पुरा गरिन् । यसका अतिरिक्त उनले डोरेमी संगीत पाठशालामा गुरु भानुभक्त ढकाल, इश्वर अमात्य र गुरुदेव कामतसँग शास्त्रीय संगीतको थप अध्ययन गरिन् । यस्तै रत्न बहादुर खड्गीसँग पनि उनले केही समय संगीतको ज्ञान लिइन । यसरी लामो समय संगीत अध्ययन र साधना पश्चात मात्र संगीतको क्षेत्रमा लागेकी गायिका टीका अहिले नेपाली संगीतमा स्थापित गायीकाको पहिचान बनाउन सफल भएकि छिन् ।

२०५८ सालमा झल्को एल्बमका लागि ‘के गर्नु मेरो खसम’ बोलको गीत रेकर्ड गराएर औपचारीक रुपमा गीतसंगीतमा प्रवेश गरेकी गायीका टीका परिवारकि कान्छी सुपुत्री हुन् । उनको परिवारमा आमा, बुवा, दुई दिदी, एक दाजु र एक भाई रहेका छन् ।

२०६१ सालमा नेपाल टेलिभिजनको अन्ताक्षरी कार्यक्रममा पहिलो पटक भेट भएको हो टीका र लेखराजको । त्यो बेलाको सहकार्य नेपाल वान टेलिभिजनको कार्यक्रम मायाको डोरीसम्म निरन्तर रह्यो । मायाको डोरी कार्यक्रममा गाउँदा गाउँदै आफै मायाको डोरीमा बाँधिएको भने दुवैलाइ पत्तै भएन । जब एकअर्काबाट टाढा हुदा मनमा सम्झनाको लहर लहरिन थाल्यो तब पो दुबैलाई महशुष भयो एकअर्काको मायाको डोरीमा बाधिएको कुरा । लगभग ४ वर्ष एकअर्काको मायामा हराएका टीका र लेखराजले २०६४ मा विहे गर्ने निर्णय गरे । टीकाको हात माग्न लेखराज टीकाको घर पुगे तर अन्तरजातीय विवाह भएकोले टीकाको परिवारले विवाहको मञ्जुरी नदिनुका साथै टीकाका भाई पाखुरा सुर्केर लेखराजलाई कुट्ने मुढमा प्रस्तुत भए ।

परिवारले मञ्जुरी नदिदैमा, सालोले थर्काउदैमा मुनामदन पढेर लगाएको उनीहरूको मायाको डोरी किन पो चुडिन्थ्यो र ? सालोलाई सिंगल भने सिंगल, ग्याङ्ग भने ग्याङ्गको चुनौती दिदै २०६४ को असारमा भगाएरै लगे लेखराज गुरुङ्गले आफ्नी प्रियसी टीकालाई । आफ्नो घरमा लगेर विधिपूर्वक विवाह गरि टीकालाई सधैको लागी उनले आफ्नी बनाए । अहिले त उनीहरूका सुपुत्र संस्कार पनि ६ वर्षका भइसकेका छन् । त्यो बेला विहेको अनुमति नदिने टीकाको परिवारले विहे भएको १५ दिन पनि नवित्दै कृष्ण अष्टमीको शुभ दिन पारेर छोरी, ज्वाईको टीका फुकाए । अचेल त लेखराज गुरुङ्ग टीकाको परिवारको लागी आखामा राखे पनि नविझाउने छोरा जस्तै प्यारो भइसकेका छन् । उ बेला करङ भाच्ने चुनौती दिने सालो अचेल भिनाजु भनेर साष्टाङ्ग दण्डवत गर्छन् ।

‘नेपाली तारा’ बाट सुरुवात गरि ‘मायाको डोरी’ हुँदै ‘ब्राइटर तिम्रो सुर मेरो गीत–२०६२’ को विजेता भई नेपाली गीत संगीतमा उदाएकि गायीका टीकाले हालसम्म डेढ सयको हाराहारीका गीतहरूमा आफ्नो सुमधुर आवाज दिईसकेकि छिन् । सेल्फीको जमाना, तिमी भन्छौ भने, हातैमा चुरा र नतोडन ती बाचाहरू बोलको गीत अहिले चर्चामा रहेका छन् । भर्खरै उनले मेलोडी नामक एकल गीति एल्बम बजारमा ल्याइसकेकी छिन् । मेलोडी एल्वममा संग्रहित धेरै गीतहरू श्रोताका मन छुन सफल भएका छन् । गायीका टीकाले नेपाली चलचित्र आगो–२, कन्यदान–२, पाँचपाण्डव, आँधीतुफान, छोरीको कर्म लगायत ४० भन्दा बढि चलचित्रमा पनि स्वर दिइसकेकी छिन् । चलचित्र बीच बाटोमा उनले गाएको गीत सेल्फीको जमाना अहिले निक्कै चर्चामा रहेको छ ।

डेढ दशकदेखि काठमाडौंमा रहेर नेपाली संगीतमा क्रियाशिल टीकाले नेपाली बाहेक भोजपुरी चलचित्रहरूका लागि पनि सरोवर आवाज दिई रहेकी छिन् । शम्भुजीत बाँस्कोटा, सुरेश अधिकारी, चेतन सापकोटा, महेश खड्का, टीका भण्डारी लगायत चलेका र व्यस्त संगीतकारसँग कामको अनुभव बटुलेकी टीका क्षमता भएका र मेहनत गर्न सक्नेहरूलाई संगीतले नै राम्ररी बचाउन पनि सक्ने धारणा राख्छिन् ।

अहिलेका चर्चित संगीतकार भानुभक्त ढकाल टीकाका गुरु हुन् । टीका प्रसाईको आवाजमा छुट्टै माधुर्यता झल्कने ढकाल बताउछन् । टीकामा मीठो, सुरिलो आवाजले श्रोतालाई लट्ठ बनाउने क्षमता भेट्ने भानुभक्त उनले गीतलाई न्याय गरेर गाउन सक्ने विश्वास राख्दछन् । आवाज मसिनो भएकोले अलि मोटो बनाउन अझ रियाज गर्नु पर्ने पनि टीकालाई उनको सुझाव रहेको छ ।

आफ्ना श्रीमान तथा गायक लेखराजबाट आफ्नो संगीतयात्रामा अतुलनीय सहयोग प्राप्त भएको बताउने गायिका टीका श्रीमान् पनि आफ्नी पूर्व प्रेमिका तथा श्रीमती टीकाको स्वरको खुलेरै प्रशंसा गर्ने गर्छन् । अति उत्कृष्ट गायीका र आफ्नो जीवनको अति उत्कृष्ट नायीका दुवै हुन् टीका उनका लागि । झापामा रहदा कृष्ण धारावासी, लिला अनमोल जस्ता मुर्धन्य साहित्यकारहरूको संगतले टीकामा शब्द खेलाउने समेत क्षमता रहेको लेखराज बताउछन् । हुन पनि टीकाले आफूले गाएका कतिपय गीतहरू आफैंले लिपिवद्ध गरेकी छिन् । ती गीतहरू सुन्दा लेखराजको भनाई पुष्टि हुन्छ ।

श्रोताहरूलाई सम्झदै टीका प्रसाई भन्छिन् मलाई माया गर्नु हुने, मेरा गीत सुनिदिनु हुने सबैलाई मेरो शाब्दिक पप्पी..कतै भेटियौ भने सेल्फी खिचौला, फेसबुकमा रिक्वेष्ट पठाए एसेप्ट गरौला .... ।
 प्रस्तुती  : हरिराम पौडेल


 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन फिचर
1.   राष्ट्रिय पारा पौडी प्रतियोगिता सम्पन्न, खेलाडीहरु उत्साहित
2.   एकताको सन्देश दिने विश्वकपको गीत
3.   लोकदोहोरीमा उदाउदै सरीता
4.   चेन्नाईले जित्यो आईपीएलको उपाधि
5.   रियलले रच्यो इतिहास, तेस्रो पटक जित्यो च्याम्पियन्स लिगको उपाधि
6.   च्याम्पियन्स लिग फाइनल : को बन्ला युरोपियन च्याम्पियन ?
7.   सांगीतिक उचाइमा मञ्जु
8.   प्रवासमा चम्कदै नवराज
9.   लिस्नर्स क्लब र रोटरी क्लब अफ राजधानीले गहना पोखरीमा होली मनायो
10.   समाजसेवामा समर्पण
11.   फरकधारका सिर्जनामा रमाउछु
12.   सुमधुर आवाजकी धनी टीका प्रसाई
13.   ‘बाँच्न कर्म गर्छु,सन्तुष्टीका लागि सिर्जना ।’
14.   दुर्गा खरेल : स्वरमै जादु
15.   ‘कलाकारितामार्फत विश्वमा चिनिने इच्छा छ’
16.   बहुप्रतिक्षित चलचित्र ‘परदेशी’ को फस्टलुक सार्वजनिक (गीत सहित)
17.   सावित्रीको ‘शिशा होस या दिल’ दुबईमा छायांकन
18.   ‘भाग्यले बाँचेकाहरु’ को कथा वृत्तचित्रमा
19.   यर्थाथवादी धरातलमा गीतकार अधिकारी
20.   ओमानमा जनगायक जीवन शर्मा
21.   गुरुङ जाति उद्गमस्थल पहिलोपटक प्रदर्शनीमा
22.   गुरुङ जातिको उदगमस्थलबारे पहिलो फोटो प्रदर्शनी
23.   'काठमाण्डौ जादा' दुबइमा सार्वजनिक
24.   खरेलद्वयले ओमानमा हंगामा मच्चाए
25.   ‘राहादानी’को मारुनी गीत लोकसंगीत महोत्सवमा
Results 27: You are at page 1 of 2
1 2 Next Last

Powered By : Unitech Media