बुधवार, मंसिर २७ गते, २०७४
बुधवार, २०७३ जेष्ठ २६ गते १५:५५

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायीले कामदारलाई विदेश पठाइदिएर कसैलाई गुन नलगाएको बताएका छन् । उनले यो व्यवसायीको व्यवसाय भएका कारण यसमा कोही भ्रममा नपर्न आग्रह गरे । नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम सीधा कुरामा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले फ्रिभिसा, फ्रिटिकटको व्यवस्था लागु गरेपछि त्यहि अनुसार गर्नु व्यवसायीको दायित्व भएको बताए । उनले बैदेशिक रोजगार व्यवसायीले सो अनुसार गर्दिन भन्न नमिल्ने तर्क समेत गरे ।  

प्रधानमन्त्री ओलीले विदेश जाने मान्छे न्यूनतम लागतको निर्णय अनुसार मात्र जान्छु भनेर अडिन सक्ने हो भनें व्यवसायीको मात्र कुनै जोड नचल्ने दावी समेत गरे । उनले भने "मान्छे पठाइदिए वापत उनीहरुले ज्याला लिने हुन् । त्यसकारण त्यसमा(न्यूनतम लागत) अडिन सक्दा नहुने भन्ने कुरै हुन्न । तर जाने मान्छे हतारोमा हुन्छ । त्यसैले व्यवसायीले त्यस्ता मान्छेलाई लटपट्याउन सक्छन्, किनकी व्यवसायी अलिक बाठै हुन्छन् ।" 

सरकारले फ्रि भिसा, फ्रि टिकटको निर्णय लागु गरिसकेपछि कसैले त्यसलाई मान्दिन भन्न नमिल्ने प्रधानमन्त्रीको भनाई थियो । उनले कतिपय अवस्थामा गन्तव्य देशका रोजगारदाता र नेपालका व्यवसायी मिलेर अन्यथा(बढी रकम लिने काम) गरिरहेको पनि टिप्पणी गरे । उनले गन्तव्य मुलुकका रोजगारदाता र त्यहाँका सरकारसँग यसअघि भएका सम्झौताहरु के छन् भनेर पनि हेर्नुपर्ने बताए । "जहाँ प्रवद्र्धक छैनन्, त्यो ठाउँमा के गर्ने भनेर बेग्लै व्यवस्था हुन सक्ने" समेत प्रधानमन्त्री ओलीले बताए । तर त्यो 'बेग्लै व्यवस्था' के हो उनले खुलाएनन् । 

कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका निमित्त सचिव सूर्यप्रसाद श्रेष्ठले कतिपय व्यवसायीले फ्रिभिसा, फ्रिटिकटको माग लुकाउने गरेका कारण पनि समस्या परेको बताए । उनले फ्रिभिसा, फ्रिटिकट सम्वन्धि व्यवस्थालाई कसरी प्रभावकारी रुपमा लागु गर्न सकिन्छ भनेर मन्त्रालयले काम गरिरहेको जानकारी दिए । "एउटा कार्यदलले यसमा काम गरिरहेको छ, त्यसको प्रतिवेदन आएपछि मन्त्रालयले ठोस् कदम चाल्छ" श्रेष्ठको भनाई थियो । 

सरकारले गत २०७२ असार २१ गतेदेखि फ्रिभिसा, फ्रिटिकटको व्यवस्था लागु गरेपनि त्यो प्रभावकारी कार्यान्वयन भइरहेको छैन । सरकारले गन्तव्य मुलुकका रोजगारदाताले प्रवद्र्धन शुल्क उपलव्ध नगराएको अवस्थामा बढीमा १० हजारसम्म लिन पाउने व्यवस्था गरेपनि व्यवसायीले हाल पनि बैदेशिक रोजगारीमा जानेहरुसँग मोटो रकम असुलीरहेका छन् । 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: फिचर
1.   थाई नरेश भुमिबोलको अन्तेष्टिमा नेपालीवासीहरुको श्रद्धासुमन (फोटोफिचर)
2.   लाप्राक नमुनाबस्ती निर्माण अन्तिम चरणमा (फोटोफिचर)
3.   इन्टरनेशनल मेनपावरमा अन्तर्वार्ता दिनेको ओइरो (फोटो फिचर)
4.   तपाइँ कतिको सकारात्मक हुनुहुन्छ ?
5.   १७औं राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताहको शुभारम्भ ( फोटो फिचर )
6.   ‘आउट अफ ट्रयाक’मा श्रम मन्त्री देखि विदेशी
7.   सामाजिक सेवामा रोटरी र लिस्नर्स क्लब : रक्तदान र दन्त परिक्षण शिविर सम्पन्न ।
8.   कामदार विदेश पठाइदिएर व्यवसायीले कसैलाई गुन लगाएका होइनन्ः प्रधानमन्त्री ओली
9.   मनै लोभ्याउने रानिकोट (फोटोफिचरसहित)
10.   प्रत्येक घरका एक जनालाई जागिर दिने योजना
11.   लोक विजयसंग रेडियोमा एक घण्टा
12.   श्रीमतीले सोध्छिन , कहॉ काम गर्नु हुन्छ ?
13.   आफु मरेरै यात्रु बचाउने यी महान पाइलट
14.   फ्री भिषा फ्री टिकटको विरुद्ध मेनपावर नै बन्द गरि आन्दोलनमा व्यवसायीहरु (फोटोफिचर)
15.   मलेसियाको दुतावासमा नेपालीको पीडा (फोटोफिचर)
16.   यसरी गरियो नयाँ बर्षको स्वागत
17.   घरबेटीले बिधान बनाए भनेपछि डेरावाल पनि के कम ।
18.   नेपालको छाउपडी कुप्रथाबारे गार्डियनको फोटोकथा
19.   सजिलो छैन कोरियाको रोजगारी
20.   वैदेशिक रोजगार विभागको बेहाल (फोटो फिचर)
21.   मण्डेलाको अन्तिम विदाइ(फोटोफिचर)
22.   ग्राहक तान्न ब्रान्डेड कार कम्पनीका बिशेष उपहार
23.   स्वस्थ मासु र रमाइलो दसैं
24.   विजयादशमिको पहिलो दिन घटस्थापना
25.   कस्तो फोटो मान्य हुन्छ डिभी लटरीमा ?
Results 31: You are at page 1 of 2
1 2 Next Last

Powered By : Unitech Media