बुधवार, माघ ०३ गते, २०७४
होमनाथ न्यौपाने, गीतकार
सोमवार, २०७३ जेष्ठ १० गते १९:२६

 



रोजगारमञ्च/ सानै उमेरबाट गीत, गजल तथा कविता प्रतियोगितामा अब्बल र पुरस्कृत बन्दै आउनुभएका जितपुर–५, इलामका होमनाथ न्यौपाने आजको दिनसम्म आइपुग्दा स्थापित गीतकारकारुपमा नेपाली सांगीतिक बजारमा परिचित हुनुहुन्छ । नेपालको चर्चित ब्राण्ड नेबिको बिस्कुट उत्पादन गर्ने नेबिको प्रालिका प्रमुख कार्यकारी अधिकृत न्यौपाने आफ्नो व्यवसायीक जीवनको व्यस्तताको बावजुत पनि गीतगजल सिर्जनामा उत्तिकै सक्रिय हुनुहुन्छ ।

‘व्यवसाय र सिर्जना मेरा जीवनका दुई हात हुन, एउटा नहुँदा अर्को अपूरो हुन्छ ।’ न्यौपाने भन्नुहुन्छ –‘बाँच्न कर्म गर्छु अनि सन्तुष्टीका लागि सिर्जना ।’ एउटा सर्जकले आफ्ना सिर्जना बजारमा पस्कन कलासँगै आर्थिक पक्ष पनि बलियो हुनुपर्ने उहाँको बुझाई छ । यसैले व्यवसाययिक जीवन र गीत लेखनको पाटोलाई उहाँले सँगसँगै लगिरहनुभएको छ ।

रामकृष्ण ढकालको स्वरमा वि.सं. २०५९ मा ‘आफैलाई आँखामा लुकाइदेऊ’ गीत रेकर्ड गराएर औपचारिकरुपमा नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गर्नुभएका न्यौपानेको पछिल्लो गीति संग्रह गायक भविन ढुंगानासँगै ‘होराइजन’ लिएर बजारमा आएपछि एकाएक चर्चा आकासिएको छ ।



उहाँले वि.सं. २०६४ मा ‘चेतना’, २०६९ मा ‘हिमालको चन्द्र’ र २०७२ मा ‘होराइजन’ गरी ३ वटा गीतिसंग्रह र झण्डै ५ दर्जन गीतहरु बजारमा ल्याइसक्नु भएको छ । संख्यात्मक भन्दा पनि गुणस्तरीयतालाई ख्याल गर्ने गीतकार न्यौपाने आगामी वर्ष आफ्ना गीतगजलका पुस्तक प्रकाशनको तयारीमा रहेको बताउनुहुन्छ ।

उहाँका चर्चित गीतहरुमा अञ्जु पन्तको स्वरमा रहेको ‘टाढाटाढा नजाउ तिमी’, शिवानी मोक्तानको स्वरमा ‘मायानै हो’, मुरारी गुरागाईको स्वरमा रहेको राष्ट्रिय गीत ‘म ज्यूँदो लास बन्न चाहन्न’ तथा पछिल्लो संग्रह होराइजनमा भविन ढुंगानाले गाएको ‘वर्षियो आज मेरो मन’ चर्चित बनिरहेका छन् ।

पप, गजल, स्वदेश गान, लोकगीत, भजन, विज्ञापन गरी गीतसंगितका हरेकजसो विधामा उत्तिकै पोख्त न्यौपाने २०६९ मा कालिका अवार्ड, पोखरेली समाज तथा अनुपम म्युजिक पोखराबाट सम्मान तथा विभिन्न संघसंस्था तथा समूदायबाट सम्मानित भैसक्नुभएको छ ।



मायाप्रेम, वियोग, राष्ट्रियता तथा लोकसंस्कृतिका सेरोफेरोमा रहेर गीतगजल लेख्न रुचाउने उहाँका सिर्जनामा नेपाली मौलिकपन भेट्न सकिन्छ । बजारमा हरेक किसिमका गीतसंगित आइरहँदा कुन सही र कुन गलत छुट्याउने कुनै परिपाटी नहँुदा विकृति पनि सँगसँगै भित्रिएको उहाँको बुझाई छ । दशकौदेखि साधनारत र एकाधदिनमा आएकालाई एउटै तराजुमा राख्नु र छुट्टयाउने मापदण्ड नहुँदा पीडादायी अवस्था भएको बताउदै न्यौपाने भन्नुहुन्छ– ‘खोलामा बाढि आउँदा सालिग्राम पनि बग्छ र खेतको ढुंगा पनि तर त्यसलाई टिप्ने मान्छेले ढुंगा र सालिग्राम चिन्ने र चिनाउने निकाय नै भएन ।’

गीत मात्र लेखेर बाँच्ने अवस्था अझै नभएको न्यौपानेको भनाई छ ‘गीतसंगितको प्रवद्र्धन गर्ने नीति, बजारको दायरा र संचारमाध्यमको सहयोग भए यो संभव छ ।’ पहिलाको तुलनामा संचारमाध्यमको विकास र सहयोगसँगै गायक संगीतकार जस्तै सर्जक पनि फ्रन्ट लाइनमा आउन थाल्नु समग्र रचनाकारका लागि सुखद पक्ष भएको उहाँ बताउनुहुन्छ ।



अबका दिनमा गीत बनाउनु मात्र ठुलो नभएर बजाउनु र मन जित्नु ठुलो कुरा भन्दै गीतकार न्यौपाने आफु यो पक्षमा इमान्दार र सजक भएको बताउनुहुन्छ । नयाँ सर्जक,गायक तथा संगितकार पनि यी कुरामा सजक बन्नुपर्ने र सिर्जना मेरो हो भन्ने भावना जाग्नुपर्ने उहाँ बताउनुहुन्छ ।

अब नेपाली संगितको बजार विस्तार गर्नु अति आवश्यक रहेको न्यौपाने बताउनुहुन्छ । एउटा नेपाली आर्किटेकले नेपालमा बसेर युरोपको घरको डिजाइन गर्छ भने नेपाली म्युजिसियनहरुले पनि यही बसेर बलिउड र हलिउडमा आफ्ना सिर्जना गर्न सक्ने उहाँको भनाई छ । नेपाली संगीतको ब्रान्ड विस्तार गर्दै अनुभव, दक्षता र सीप जति फराकिलो बनाउन सक्यो उतिनै सर्जकहरु सबल बन्दै विश्व बजारमा नेपाली गीतसंगीतकर्मी खरो रुपमा उत्रन जरुरत भैसकेको उहाँ बताउनु हुन्छ ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन फिचर
1.   सांगीतिक उचाइमा मञ्जु
2.   प्रवासमा चम्कदै नवराज
3.   लिस्नर्स क्लब र रोटरी क्लब अफ राजधानीले गहना पोखरीमा होली मनायो
4.   समाजसेवामा समर्पण
5.   फरकधारका सिर्जनामा रमाउछु
6.   सुमधुर आवाजकी धनी टीका प्रसाई
7.   ‘बाँच्न कर्म गर्छु,सन्तुष्टीका लागि सिर्जना ।’
8.   दुर्गा खरेल : स्वरमै जादु
9.   ‘कलाकारितामार्फत विश्वमा चिनिने इच्छा छ’
10.   बहुप्रतिक्षित चलचित्र ‘परदेशी’ को फस्टलुक सार्वजनिक (गीत सहित)
11.   सावित्रीको ‘शिशा होस या दिल’ दुबईमा छायांकन
12.   ‘भाग्यले बाँचेकाहरु’ को कथा वृत्तचित्रमा
13.   यर्थाथवादी धरातलमा गीतकार अधिकारी
14.   ओमानमा जनगायक जीवन शर्मा
15.   गुरुङ जाति उद्गमस्थल पहिलोपटक प्रदर्शनीमा
16.   गुरुङ जातिको उदगमस्थलबारे पहिलो फोटो प्रदर्शनी
17.   'काठमाण्डौ जादा' दुबइमा सार्वजनिक
18.   खरेलद्वयले ओमानमा हंगामा मच्चाए
19.   ‘राहादानी’को मारुनी गीत लोकसंगीत महोत्सवमा
20.   कोरिया तताए नेपाली कलाकारले !
21.   खेलकुदः च्याम्पियनस लिगमा मेस्सीको कीर्तिमानी हृयाट्रिक

Powered By : Unitech Media