शुक्रवार, बैशाख १४ गते, २०७५
आइतवार, २०७३ जेष्ठ ०२ गते १६:२२

 

रोजगारमञ्च/ काठमाडौ नजिकैको एउटा थुम्को जहाँ पुग्दा जोकोहीले एक पटक भन्छ वाह !  सिंगै उपत्यका (ललितपूरका केही भाग बाहेक), वरपरका सम्पूर्ण डाँडाकाँडा, धुलिखेल, चन्द्रागिरीदेखि लिएर शिवपुरी, यतिमात्र होइन मौसम खुलेको बेला नेपालका ८ हजार मिटरअग्ला ६ वटा हिमाल आखै अगाडि देख्दा त्यहाँ पुग्नासाथ खुसीमात्र होइन उफ्रनै मन लाग्छ ।

छट्टि मिल्नासाथ व्यस्त जीवनशैली र कोलाहलबाट एकदिन भएपनि शान्त वातावरण खोज्ने नेपाली मात्र होइन नेपालको प्राकृतिक सुन्दरता हेर्न आउने विदेशी पर्यटकका लागि पनि यो स्थल सरप्राइज हुनेमा दुईमत नै छैन् ।

घुमघाम र रिफ्रेसमेण्टका लागि सायद मुलुककै उत्कृष्ट गन्तव्य रानीकोट केहिवर्ष अघिसम्म गुमनाम थियो । संसार खाएका भोजपुरका पीपी थुलुङले २ दशकअघिबाट यो स्थलको पहिचान गरे पनि २ वर्षदेखि उनैले पानोरमा भ्यु टावर रिर्सोट खोलेसँगै यहाँ पर्यटक आगमनको शुरुवात भएको छ । थुलुङले आगामी १० वर्षभित्र १ सय ५० फिट अग्लो भ्यू टावर र सुविधासम्पन्न रिसोर्ट बनाउने योजना रहेको समेत बताएका छन् ।



छुट्टि मनाउन जादा एक रातको प्याकेज अन्तर्गत रिसोर्टले भेजलाई रु. १८०० र ननभेज रु २००० तोकिएको छ । यसमा बेलुका वेलकम ड्रिङस (चिया, कफि), डिनर, बे्रकफास्ट र लन्च रहेको छ । आफ्नो इच्छा अनुुसार बारबिक्यू, क्याम्प फायर, लोकल कुखुराको पनि व्यवस्था रहेको संचालक थुलुङ बताउछन ।

भक्तपुरको सुर्यविनायकबाट मात्र ६.५ किलोमिटर माथि, थोरै समयमै पुग्न सकिने यो ठाँउ नजिकै, सुलभ, सस्तो मात्र होइन पुगेपछि स्वर्गनै लाग्छ । (बाकी अर्थ र रोजगार मासिक तथा नेपाल टेलिभिजनबाट हरेक विहिबार विहान ८ः३० मा प्रशारण हुने कार्यक्रम रोजगारीका आवाजमा)









प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: फिचर
26.   विजयादशमिको पहिलो दिन घटस्थापना
27.   कस्तो फोटो मान्य हुन्छ डिभी लटरीमा ?
28.   नर्बेमा मध्यरातमा घाम ?
29.   विदेशमा ज्यान गुमाउनेको डरलाग्दो तथ्याङ्क
30.   इन्टरनेटबाट मितेरी साइनो
31.   वाह् सेक्स टोय
32.   अञ्जूको वियोगान्त कथा
33.   कतारमा मल अफ एसिया
Results 33: You are at page 2 of 2
First Prev 1 2

Powered By : Unitech Media