शुक्रवार, माघ ०५ गते, २०७४
आइतवार, २०७३ जेष्ठ ०२ गते ११:०४

सरकारले अघिल्लो हप्ता संसदमा जारी गरेको नीति तथा कार्यक्रममा प्रत्येक घरका एक जनालाई जागिर दिने योजना ल्याएको छ । आगामी बजेट बारे नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवि भन्डारीले रोजगारीलाई सामाजिक सुरक्षाको महत्वपूर्ण कडीको रुपमा स्थापित गर्न एक घर, एक रोजगारी प्रत्याभूतिको व्यवस्था गरिने बताइन् ।

सरकारले एक बर्ष्िभत्र आधारभूतरुपमा र दुई बर्षभित्र माग बमोजिम विद्युत आपूर्ति गर्ने भएको छ । यसका लागि सरकारले जलविद्युत र अन्य नवीकरणीय ऊर्जा उत्पादन कार्य अघि बढाउने भएको हो ।

राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत विकास दशकसम्बन्धी कार्ययोजना–२०७२ कार्यान्वयन गर्दै वि. सं २०८२ भित्र दश हजार मेघावाट जलविद्युत उत्पादन गर्ने कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने सरकारी योजना रहेको जनाएको छ ।

सरकारले प्राकृतिकरुपमा संभव भएका सबै प्रदेशमा कम्तीमा एक–एक जलासययुक्त विद्युत आयोजना निर्माण गर्नेगरी विस्तृत अध्ययन सुरु गर्ने भएको छ । निर्माणाधीन बुढीगण्डकी र पश्चिम सेती जलविद्युत आयोजना लगायतका जलासययुक्त जलविद्युत आयोजनाको निर्माण प्रक्रियातीव्र गतिमा अगाडि बढाउने सरकारले जनाएको छ ।

सरकारले सौर्य, वायु, तापीय तथा जैविक ऊर्जाको प्रवर्धन गरी आधुनिक ऊर्जामा क्रमशः सबैको पहुँच पुर्याइने जनाएको छ । प्रत्येक घरः उर्जा घरको मान्यता अनुरुप वैकल्पिक उर्जा उत्पादन गर्न सौर्य र जैविक ग्यासमा अनुदान दिइने सरकारी योजना छ । नगरपालिकाहरुमा समुदाय, नगरपालिका र सरकारको सहभागितामा सौर्य सडक बत्ति कार्यक्रम संचालन गरिनेछ । दलित, विपन्न महिला, अल्पसंख्यक र विपन्न विद्यार्थीहरुलाई सोलार टुकी उपलब्ध गराइने योजना सरकारको छ ।

तर सरकारले संसदमा जारी गरेको प्रत्येक घरका एकजनालाई जागिर दिने महत्वकांक्षी योजना के कार्यान्वयन होला त ? 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: फिचर
26.   कस्तो फोटो मान्य हुन्छ डिभी लटरीमा ?
27.   नर्बेमा मध्यरातमा घाम ?
28.   विदेशमा ज्यान गुमाउनेको डरलाग्दो तथ्याङ्क
29.   इन्टरनेटबाट मितेरी साइनो
30.   वाह् सेक्स टोय
31.   अञ्जूको वियोगान्त कथा
32.   कतारमा मल अफ एसिया
Results 32: You are at page 2 of 2
First Prev 1 2

Powered By : Unitech Media