बुधवार, मंसिर २७ गते, २०७४
आइतवार, २०७३ जेष्ठ ०२ गते ११:०४

सरकारले अघिल्लो हप्ता संसदमा जारी गरेको नीति तथा कार्यक्रममा प्रत्येक घरका एक जनालाई जागिर दिने योजना ल्याएको छ । आगामी बजेट बारे नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवि भन्डारीले रोजगारीलाई सामाजिक सुरक्षाको महत्वपूर्ण कडीको रुपमा स्थापित गर्न एक घर, एक रोजगारी प्रत्याभूतिको व्यवस्था गरिने बताइन् ।

सरकारले एक बर्ष्िभत्र आधारभूतरुपमा र दुई बर्षभित्र माग बमोजिम विद्युत आपूर्ति गर्ने भएको छ । यसका लागि सरकारले जलविद्युत र अन्य नवीकरणीय ऊर्जा उत्पादन कार्य अघि बढाउने भएको हो ।

राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत विकास दशकसम्बन्धी कार्ययोजना–२०७२ कार्यान्वयन गर्दै वि. सं २०८२ भित्र दश हजार मेघावाट जलविद्युत उत्पादन गर्ने कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने सरकारी योजना रहेको जनाएको छ ।

सरकारले प्राकृतिकरुपमा संभव भएका सबै प्रदेशमा कम्तीमा एक–एक जलासययुक्त विद्युत आयोजना निर्माण गर्नेगरी विस्तृत अध्ययन सुरु गर्ने भएको छ । निर्माणाधीन बुढीगण्डकी र पश्चिम सेती जलविद्युत आयोजना लगायतका जलासययुक्त जलविद्युत आयोजनाको निर्माण प्रक्रियातीव्र गतिमा अगाडि बढाउने सरकारले जनाएको छ ।

सरकारले सौर्य, वायु, तापीय तथा जैविक ऊर्जाको प्रवर्धन गरी आधुनिक ऊर्जामा क्रमशः सबैको पहुँच पुर्याइने जनाएको छ । प्रत्येक घरः उर्जा घरको मान्यता अनुरुप वैकल्पिक उर्जा उत्पादन गर्न सौर्य र जैविक ग्यासमा अनुदान दिइने सरकारी योजना छ । नगरपालिकाहरुमा समुदाय, नगरपालिका र सरकारको सहभागितामा सौर्य सडक बत्ति कार्यक्रम संचालन गरिनेछ । दलित, विपन्न महिला, अल्पसंख्यक र विपन्न विद्यार्थीहरुलाई सोलार टुकी उपलब्ध गराइने योजना सरकारको छ ।

तर सरकारले संसदमा जारी गरेको प्रत्येक घरका एकजनालाई जागिर दिने महत्वकांक्षी योजना के कार्यान्वयन होला त ? 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: फिचर
1.   थाई नरेश भुमिबोलको अन्तेष्टिमा नेपालीवासीहरुको श्रद्धासुमन (फोटोफिचर)
2.   लाप्राक नमुनाबस्ती निर्माण अन्तिम चरणमा (फोटोफिचर)
3.   इन्टरनेशनल मेनपावरमा अन्तर्वार्ता दिनेको ओइरो (फोटो फिचर)
4.   तपाइँ कतिको सकारात्मक हुनुहुन्छ ?
5.   १७औं राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताहको शुभारम्भ ( फोटो फिचर )
6.   ‘आउट अफ ट्रयाक’मा श्रम मन्त्री देखि विदेशी
7.   सामाजिक सेवामा रोटरी र लिस्नर्स क्लब : रक्तदान र दन्त परिक्षण शिविर सम्पन्न ।
8.   कामदार विदेश पठाइदिएर व्यवसायीले कसैलाई गुन लगाएका होइनन्ः प्रधानमन्त्री ओली
9.   मनै लोभ्याउने रानिकोट (फोटोफिचरसहित)
10.   प्रत्येक घरका एक जनालाई जागिर दिने योजना
11.   लोक विजयसंग रेडियोमा एक घण्टा
12.   श्रीमतीले सोध्छिन , कहॉ काम गर्नु हुन्छ ?
13.   आफु मरेरै यात्रु बचाउने यी महान पाइलट
14.   फ्री भिषा फ्री टिकटको विरुद्ध मेनपावर नै बन्द गरि आन्दोलनमा व्यवसायीहरु (फोटोफिचर)
15.   मलेसियाको दुतावासमा नेपालीको पीडा (फोटोफिचर)
16.   यसरी गरियो नयाँ बर्षको स्वागत
17.   घरबेटीले बिधान बनाए भनेपछि डेरावाल पनि के कम ।
18.   नेपालको छाउपडी कुप्रथाबारे गार्डियनको फोटोकथा
19.   सजिलो छैन कोरियाको रोजगारी
20.   वैदेशिक रोजगार विभागको बेहाल (फोटो फिचर)
21.   मण्डेलाको अन्तिम विदाइ(फोटोफिचर)
22.   ग्राहक तान्न ब्रान्डेड कार कम्पनीका बिशेष उपहार
23.   स्वस्थ मासु र रमाइलो दसैं
24.   विजयादशमिको पहिलो दिन घटस्थापना
25.   कस्तो फोटो मान्य हुन्छ डिभी लटरीमा ?
Results 31: You are at page 1 of 2
1 2 Next Last

Powered By : Unitech Media