आइतवार, असार १० गते, २०७५
अहिले वैदेशिक रोजगार नै ठप्प
शनिवार, २०७२ चैत्र १३ गते १२:१३

 


सुमन गिरी /
नेपाली कामदारको सबैभन्दा ठुलो गन्तव्य मुलुक मलेसियाको रोजगारी पछिल्लो समय संकटको बाटोतर्फ उन्मुख हुन थालेको छ । अघिल्लो वर्षसम्म सबैभन्दा बढी नेपाली रोजगारीका लागि मलेसिया जाने गरेकोमा अहिले मलेसिया जाने नेपालीको संख्यामा आधाभन्दा पनि बढिले कमि आएको छ ।

खाडिका अन्य देशबाट नेपालीहरुको मागमा मागमा बृद्धि आइरहँदा मलेसिया जाने भने दिनानुदिन घटिरहेका छन् । यद्यपी अहिले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आन्दोलनका कारण वैदेशिक रोजगारको क्षेत्र नै ठप्प भएको छ ।

हिजोसम्म १ लाखभन्दा बढी तिरेर पनि मलेसिया जान मरिहत्ते गर्ने युवाहरु अहिले निःशुल्क अवसर आउँदा पनि मलेसिया जान चाहिरहेका छैनन् । बरु उनीहरुको रोजाई खाडि क्षेत्रका कतार, युएई, साउदी अरब, ओमानलगायतका मुलुक हुन थालेपछि मलेसिया पहिलो गन्तव्यबाट तेस्रोमा झरिसकेको छ । मलेसिया जाने नेपालीको संख्यामा कमि आएसँगै मलेसिया रोजगारीका लागि कामदार पठाउँदै आएका अधिकांश मेनपावर कम्पनी पनि प्रभावित बन्न पुगेका छन्  । नेपालमा रहेका ७० प्रतिशत भन्दा बढि मेनपावर कम्पनीहरु मलेसिया कामदार पठाउन केन्द्रित रहेका छन्, उनीहरु अहिले मलेसिया जाने कामदारमा आएको गिरावटबाट संकटमा परेका छन् ।

यद्यपी अझै पनि नेपालीहरु कार्यरत मुलुकको हिसावमा सवैभन्दा बढी नेपाली रहेको मुलुक यही हो । वैदेशिक रोजगार विभागका अनुसार सरकारले तथ्यांक राखेयता आर्थिक वर्ष २०५०÷५१ बाट २०७१÷७२ सम्म १३ लाख ४९ हजार १ सय २९ नेपाली रोजगारीका लागि मलेसिया पुगेका छन् । त्यसबाहेक अनौपचारिक तथा अवैध बाटोबाट जानेहरु पनि जोड्ने हो भने अहिले पनि मलेसियामा १४ लाख बढि नेपाली कार्यरत छन् ।

चालु आर्थिक वर्षको पछिल्लो सातमहिना माघ मसान्तसम्म अन्तिम श्रमस्वीकृति लिएर मलेसिया जानेको संख्या ३९ हजार १० जना मात्र रहेको वैदेशिक रोजगार विभागको तथ्यांकमा छ । जवकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मलेसिया जाने नेपालीको संख्या १ लाख ३७ हजार ९ सय ८५ रहेको थियो ।

यही बाट मलेसिया रोजगारीको अवसर र अवस्थाको संकट प्रष्ट हुन्छ । फ्री भिसा फ्री टिकट, कामदारको अशुरक्षा, न्युन पारिश्रमिक, रिंगेटको रेटमा कमी तथा अर्थतन्त्र राम्रो नभएकाले मलेसिया जाने कामदारको संख्या घटिरहदा मलेसियन सरकारको पछिल्लो नीतिले पनि अबका दिनमा मलेसियामा नेपालीहरुको अवसर प्रभावित हुने खतरा बढेको मेनपावर व्यवसायीहरुको भनाई छ । मलेसिया जाने नेपालीहरूको संख्यामा कमि आएसँगै समग्र वैदेशिक रोजगारीको क्षेत्रनै प्रभावित भएको छ ।

एकातिर नेपाली कामदारको आकर्षण घटनु तथा उता मलेसियाली पक्षले पनि नेपालीप्रतिको मोहमा दोधारे अवस्था देखाउदा सवैभन्दा ठुलो रोजगार गन्तव्य प्रभावित बन्ने खतरा झनै बढेको छ । फ्री भिसा फ्री टिकट लागू भएलगत्तै मलेसियाका साना तथा मझौला उद्योगको आकर्षण अन्य मुलुकका कामदारप्रति मोडिनु एवं स्वयं मलेसिया सरकार लामो समयदेखि आफैले प्रतिवन्ध लगाएको बंगलादेशी कामदार ठुलो मात्रामा भित्र्याउने भन्दै छलफलमा अघि बढनु थप समस्याकोरुपमा खडा बनिरहदा विदेशी कामदारप्रतिको परनिर्भरता घटाउने तथा सेक्युरिटी गार्डमा नेपालको विकल्प खोज्ने नीतिका कारण पनि मलेसिया रोजगारीे नेपालीका लागि प्रभावित बन्ने देखिदै गएको यस क्षेत्रका जानकारहरु बताउँछन् ।

मलेसिया रोजगारी प्रभावित हुनुमा प्रमुख कारण त्यहाको शुरक्षा अवस्था र भ्रामक प्रचारवाजी पनि रहेको मेनपावर व्यवसायीहरुको भनाई छ । त्यसो त दिनानुदिन हुने लुटपात तथा झैझगडा अनि सामाजिक संजालमा त्यसभन्दा बढि भ्रामक प्रचार गरिनाले यो क्षेत्रप्रति अधिकांश नेपालीको धारणा नकारात्मक बन्दै गैरहेको वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष कुमद खनाल बताउँछन । केही समयअघि मलेसियाका आप्रबासी कामदार हेर्ने मन्त्रीले नेपालका मेनपावर व्यवसायीसँगको भेटमा फेसबुकमार्फत मलेसियाका झुटा खबर फैलाउने विरुद्ध ‘साइबर क्राइम’ को मुद्दा चलाउने तयारी आफुहरूले गरिरहेको जानकारी नै दिएका थिए ।

यस्तै व्यापारिक साझेदार चिनको अर्थतन्त्र विग्रदा यसको अप्रत्यक्ष असर मलेसियामा पनि देखिएको छ । कुनै समय मलेसियन १ रिंगेटको नेपाली दर ३२ रुपैयासम्म पुगेकोमा अहिले मलेसिय मुद्रा कमजोर बनेर यसको रेट २६ रुपैयाको छेउमा आइपुगेको छ । न्यूनतम तलब बृद्धि नहुँदा, मुद्राको रेट घट्दा तथा पछिल्लो समय मलेसियन सरकारले लेबी बृद्धि गर्ने तयारी गरिरहनुले पनि मलेसियाप्रति नेपाली कामदारको आकर्षण घट्न पुगेको तथा अवसरमा गिरावट आएको सरोकारवालाहरुको तर्क छ ।



सवैभन्दा बढी भिसाका लागि कमिशनको प्रतिष्पर्धा हुने तथा लागतका हिसावले बढी महँगो गन्तव्य हुँदा पनि नेपालीको आकर्षणको केन्द्रविन्दु बनेको मलेसिया रोजगारीमा अहिले फ्रि भिसा फ्रि टिकट हँुदा पनि जाने कामदार पाउन मुस्किल रहेको आकर्षण इन्टरनेशनलका अध्यक्ष बिष्णु केसी बताउँछन् ।

‘हिजोका दिनमा पनि व्यवसायीहरुले मागको २५ प्रतिशत भन्दा बढी फ्रि भिसा फ्रि टिकटमा कामदार पठाएकै हुन्,सरकारले तोकेको भन्दा पनि न्यून शूल्कमा पनि पठाउने क्रम चलेकै हो, अहिले फ्रि भिसा फ्रि टिकटले माग घटेको जस्तो लाग्दैन’ वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बलबहादुर तामाङ बताउछन् ।

फ्री भिसा फ्री टिकटले मलेसियाको डिमाण्डमा कमि आएको कतिपय व्यवसायीहरूले भनिरहेका बेला मलेसिया केन्द्रित व्यवसाय गरिरहेका ६० प्रतिशतभन्दा बढि व्यवसायीहरु भने यही कारण मात्र मलेसिया जाने कामदार घटेको मान्न तयार छैनन । इन्टरनेशनल मेनपावर रिक्रुटमेन्ट प्रा.लिका संचालक वाईवी राई भने फ्री भिसा फ्री टिकटले डिमाण्डमा कमि आएको भन्दा पनि मलेसिया जाने कामदार नै पाउन छाडेको बताउछन् । ‘फ्री भिसा फ्री टिकटमा उल्टै कमिशन दिन्छु भन्दा पनि मलेसिया जाने कामदार पाउन छाडियो ।’

व्यवसायीहरूका अनुसार मलेसिया रोजगारीको ठुलो संख्याको माग अहिले पनि काठमाडौंका मेनपावरमा थन्किएर रहेका छन् । ‘अन्य मुलुक जाने नेपालीको संख्या नघटे पनि मलेसिया जाने कामदार नै पाउन मुस्किल छ’ आकर्षण इन्टरशेनलका अध्यक्ष केसी बताउँछन् । उनी अघि भन्छन– ‘हिजोसम्म मलेसिया भनेपछि जस्तो पनि काममा जान मरिहत्ते गर्ने युवाहरु अहिले आकर्षक र लोभलाग्दा अवसरमा पनि जान हिच्किचाइरहेका छन् ।’

बानेश्वरमा रहेको बिएम ओभरसिजका संचालक रोजेन्द्र गिरीको अनुभव पनि उस्तै छ ।  उनी भन्छन– ‘झण्डै १ सयको हाराहारीमा मलेसियाको राम्रो कम्पनीको डिमाण्ड हुँदा पनि हामीले बल्ल–बल्ल १२ जना कामदार पठाउन सक्यौ ।’

मलेसिया नै रोज्ने नेपालीका कारण अधिकांश मेनपावर यही मुलुकमा मात्र केन्द्रित छन् । तर, मलेसियाप्रतिको विकर्षण र मलेसियाको रोजगारी प्रभावका कारण यी मेनपावर मात्र होइनन यसमा आश्रित हजारौ कामदार तथा यससँग प्रत्यक्ष अप्रत्यक्ष जोडिएका व्यवसाय पनि प्रभावित बन्न पुगेका छन् ।  
 
सवैभन्दा ठुलो गन्तव्य मलेसिया रोजगारीको यस अवस्थालाई समयमै सम्वोधन नगरिए वैदेशिक रोजगारीको अवसरमा ठुलो प्रभाव देखापर्ने व्यवसायीहरूको भनाई छ । राम्रा राम्रा अवसरको खोजि तथा दक्ष कामदार पठाउने गरी श्रम सम्झौता गर्न सके यो अवस्था सुधारिदै जाने व्यवसायीहरू बताउछन् ।

सुरक्षागार्ड एकाधिकार तोडिदैै

सन् २००६ बाट नेपालबाट मात्र सुरक्षागार्ड लिइरहेको मलेसियाले नेपालबाहेकका मुलुकबाट पनि सुरक्षागार्ड लिन छलफल चलाएपछि यो अवसरमा प्रभाव पर्ने देखिएको हो ।

मापदण्ड बिपरित गैह्र सैन्य जनशक्ति आपूर्ति गरेको तथा माग अनुसार आपूर्ति गर्न नसकेको भन्दै मलेसियाले नेपालबाहेक श्रीलंका, भारत, बंगलादेशलगायतका मुलुकबाट पनि सुरक्षागार्ड लिनका लागि नयाँ नीति बनाउन लागेको बताइएको छ । नक्कली प्रमाणपत्रका आधारमा यस्ता कामदार पठाउने क्रम बढेकाले पनि मलेसियाले आफ्नो नीतिमा पुनर्बिचार गर्न लागेको बुझिएको छ ।

सेना तथा प्रहरीका रिटार्यर तथा सो पृष्ठभूमि भएकालाई सुरक्षागार्डको अवसर प्रदान गर्दै आएको मलेसियाले नेपालबाट सोचे अनुरुप सुरक्षागार्ड नपाएकाले विकल्प खोज्न बाध्य भएको बताएको छ । मलेसियाली सरकारका उप—गृहमन्त्री नुर जजलानले भन्छन ‘गोर्खाली कार्यशैलीका कारण नेपालीलाई रोजेका थियौं । तर, न्युन आपूर्तिका कारण अन्य देशबाट पनि सुरक्षागार्ड लिन अब मलेसियाली कम्पनी बाध्य बन्ने अवस्था आयो ।’

अन्य कामभन्दा सुरक्षित, आकर्षक र लोभलाग्दो अवसरकारुपमा रहेको शुरक्षागार्डका रुपमा झण्डै २४ हजार नेपाली मलेसियामा कार्यरत छन् ।

रेमिट्यान्समा प्रभाव


तत्कालका लागि मलेसियाबाट नेपाल भित्रने रेमिट्यान्स रकममा कमि नआएपनि नेपाली जानेक्रम ह्वात्तै घट्दा यसको प्रभाव विस्तारै पर्दै जाने देखिन्छ । नेपाल भित्रिने कुल रेमिट्यान्समध्ये झन्डै ४० प्रतिशत हिस्सा मलेसियाको छ । दैनिक एक अर्ब ४८ करोड रेमिट्यान्स नेपाल भित्रिन्छ । यो वर्ष ६ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिने अनुमान गरिएकोमा मलेसियाबाट आउने रेमिट्यान्स रकम घटेमा यसले समग्र अर्थतन्त्रमा नै असर गर्ने रेमिट्यान्स कम्पनीका संचालकहरु बताउछन् । 




 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
1.   यूएईले अवैध आप्रवासीलाई दियो तीन महिने आममाफी
2.   गैरआवासीय नेपाली र विदेशी विज्ञहरुको सम्मेलन हुँदै
3.   साउदीमा नेपाली मुस्लिम समुदायको इफ्तारी
4.   पर्यटनदूत राजा घले काठमाडौंमा अभिनन्दित
5.   मदिरा उत्पादन गरेको आरोपमा कुवेतमा ६ नेपाली पक्राउ
6.   एनआरएनए मध्यपूर्वी क्षेत्रीय भेला युएईमा हुदै
7.   एनआरएन यूएईको आयोजनामा इफ्तार
8.   बालगायक अशोक दर्जीलाई संखुवासभाली चेलीको सहयोग
9.   हत्या आरोपमा नेपाली कामदारलाई कतारमा मृत्युदण्डको फैसला
10.   कतार नाकाबन्दी एक वर्ष, देखिदैन प्रभाव
11.   श्रमिकलाई कानुनी सहायता दिन नेपाली दूतावास मलेसियामा वकिल नियुक्त
12.   साउदी जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली
13.   अष्ट्रेलियाका धनाढ्यको सूचीमा शेष घले ८१ औं स्थानमा
14.   प्रवद्र्धन बोर्डमा प्रमुख नहुँदा कामकारवाही प्रभावित
15.   रिक्त राजदूत नियुक्तको तयारीमा सरकार, मलेसियामा प्राडा संग्रौलाको नाम चर्चामा
16.   मलेसिया जाने कामदार अन्यौलमा, व्यवसायीले बन्द गरे बायोमेट्रिक स्वास्थ्य परिक्षण
17.   सिण्डिकेट खारेज भएकै हो ? मन्त्री विष्ट के भन्छन (भिडियोसहित)
18.   सातै प्रदेशमा सीप विकास केन्द्र खुल्ने
19.   विदेशको मागपत्र प्रमाणीकरण अब नेपाली नियोगको मात्र मान्य हुने
20.   त्रिभुवन विमानस्थलमा शव बुझ्ने छुट्टै कक्ष स्थापना
21.   साउदी जेलमा रहेका प्रेमबहादुरलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण
22.   वैदेशिक रोजगारको क्षेत्रमा सिन्को नभाँचिएको वर्ष
23.   वैदेशिक रोजगारीमा ठगिनेले न्याय पाउनै मुस्किल
24.   कोरियाबाट फर्किएकाहरूलार्इ पुन : अवसर, तीनहजारलाई लगिने
25.   अमेरिकाबाट ९ हजार नेपालीलाई फिर्ता पठाउने तयारी
Results 567: You are at page 1 of 23
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media