आइतवार, असार १० गते, २०७५
सोमवार, २०७२ फाल्गुन २३ गते ०९:०८

 
रोजगार मञ्च । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आह्वानमा आइतबारबाट सबै मेनपावर कार्यालय बन्द भएका छन् । वैदेशिक रोजगारमा पठाउनका लागि वैदेशिक रोजगार विभागबाट पूर्व र अन्तिम स्वीकृति आइतबारबाट ननिकाल्ने समेत जनाएका छन् । 
 
यस अघि सबै मेनपावर कार्यालयहरुले आफ्नो सक्कल इजाजत पत्र संघमा बुझाइसकेका छन् भने सबै व्यवसायीहरुले आफ्नो कार्यालय बन्द गर्न संघको निर्णयमा समर्थन जनाएका छन् । 
 
मेनपावर व्यवसायीहरु माथि चौतर्फी आक्रमण भएको र यस अघि सरकारसँग भएको ३१ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै यसको सुनुवाई नभएसम्म मेनपावर नखोल्ने संघले चेतावनी दिएको छ । 
 
‘ भिषा आई अन्तिम श्रमस्वीकृति लिइसकेका बाहेक नयाँ कामदार पठाउने प्रकृया आजैबाट बन्द गरेका छौ’ संघका अध्यक्ष बिमल ढकालले भने । 
 
यता श्रम तथा रोजगार मन्त्रालयले भने व्यवसायीहरुका मागलाई गम्भिरतापूर्वक लिएको जनाएको छ । ‘हामी व्यवसायीहरुको रक्षा गर्दै वैदेशिक रोजगारलाई मर्यादित र व्यस्थित बनाउन प्रतिबद्ध छौ’ मन्त्री दीपक बोहोराले बताए । 
 
यो पनि पढनुहोस्

बैदेशिक रोजगार ठप्प भए के हुन्छ ?

वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांकअनुसार दैनिक औसत १ हजार ५ सय नेपाली वैदेशिक रोजगारीमा गइरहेका छन् भने त्यही हाराहारीमा उच्च शिक्षा र अवसरका लागि विकसित मुलुकतिर शिक्षित युवाहरूको प्रवाह बढ्दो देखिन्छ । अर्कोतिर वैदेशिक रोजगारीको क्रम सँगसँगै यसमा हुने ठगी बेथिति र शोषण हुने गरेको भने सर्वविदितै छ ।
 
२०४२ सालदेखि वैदेशिक रोजगारीलाई विधिवत् कानुनी मान्यता दिएपछि नै नेपाली नागरिकका लागि बाँकी विश्व औपचारिकरूपमा खुला हुन पुग्यो । नेपाली युवाहरू कामको खोजीमा खाडी मुलुकलगायत धेरै युवाहरू अध्ययनका लागि पश्चिमा देशहरूमा जाने क्रम भूमण्डलीकरको प्रभावसँगै बढेको छ । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि वैदेशिक रोजगार ऐन–२०६४ र वैदेशिक रोजगार नियमावली–२०६४ को अधिनमा रही सम्बन्धित निकायको नीति निर्देशनअनुसार वैदेशिक रोजगार सञ्चालनमा ल्याएको हो । जुन अहिलेसम्म पनि चलिरहेको छ । 
 
यही ऐन अनुसार वैदेशिक रोजगार व्यवसाय गर्ने मेनपावर कम्पनीहरु दर्ता भई अहिले ७ सयभन्दा बढि संस्था क्रियाशिल रहेका छन् । वैदेशिक रोजगार ऐन परिमार्जन नहुँदा र यस क्षेत्रमा बिकृति बढिरहँदा अहिले राज्यले नियन्त्रणमा लिन खोजिरहेको छ । वैदेशिक रोजगार विभागले मात्र यस क्षेत्रलाई व्यवस्थित गर्न नसकेको भन्दै नेपाल प्रहरी, अख्तियार अनुसन्धान आयोग, राजस्व विभाग, सम्पत्ती शुद्धिकरण कार्यालयलगायतले प्रत्यक्ष कारवाही अगाडि बढाउन थालेपछि मेनपावर व्यवसायीहरु आतंकित बनेका छन् । 


 
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले यही फागुन २२ गतेबाट यही अवस्था रहे व्यवसाय संचालन गर्न नसक्ने भन्दै ठप्प पार्ने निर्णय गरेका छन् । संघको कार्यालयमा सम्पूर्ण व्यवसायीहरुले सरकारले प्रदान गरेको सक्कली इजाजत पत्र बुझाइरहेका छन् । सबै व्यवसायीले गल्ती नगरेको र कानूनी दायरामा ल्याउनका लागि ऐन नै परिवर्तन गर्नु पर्ने माग राख्दै उनीहरुले व्यवसाय ठप्प पार्दा कहाँ के के असर पुग्छ रु 
बेरोजगारी बढ्ने  
 
देशभित्र विद्यमान राजनीतिक अस्थिरता, बेरोजगारी, स्वरोजगार हुन घर परिवारबाटै अविश्वास, गरिबी, परिवारको ऋणभार उठाउन, नयाँ अनुभवहरू सँगाल्न तथा पैसा कमाएर समृद्ध जीवन जिउने उद्देश्यले वैदेशिक रोजगार धेरै युवाहरूको रोजाइ हुन पुगेको छ । दैनिक १५ सय नेपालीलाई विदेशको रोजगारी प्रदान गर्ने यो क्षेत्र ठप्प भएमा महिना दिनमा मात्र ४५ हजार नेपालीहरु स्वदेशमा नै बेरोजगार हुनेछन् ।  
 
अर्कोतर्फ अहिले संचालनमा रहेका ७ सय ५६ मेनपावर कम्पनीहरुमा कार्यरत कर्मचारीहरु पनि बेरोजगार हुने छन् । प्रत्येक मेनपावरमा १० जना कर्मचारी हुँदा पनि ७ हजार ५ सयभन्दा बढि प्रत्यक्ष बेरोजगार हुनेछन् । त्यसैगरी मेनपावरका शाखा कार्यालय, एजेण्ट, मेडिकल सेन्टरका कर्मचारी, अभिमूखिकरण संस्थाका  कर्मचारीहरुले पनि आफ्नो रोजगारीबाट हात धुनु पर्छ । अप्रत्यक्ष असर भने धेरै क्षेत्रमा पुग्ने देखिन्छ । सानाठूला होटल, यातायात, मेडिकल, अभिमूखिकरण संस्था, विमा कम्पनी, संचार क्षेत्रमा असर पुग्ने व्यवसायीहरु बताउँछन् । 
 
‘शसस्त्र द्वन्द्व, आन्दोलन, महाभूकम्प, नाकाबन्दी यही वैदेशिक रोजगार क्षेत्रले उथलपुथल हुनबाट जोगायो’ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बलबहादुर तामाङ बताउँछन् । 
 
बिप्रेषणमा गिरावट 
 
 वैदेशिक रोजगारीमा संलग्न नेपाली कामदारहरूले नेपालको अर्थतन्त्रमा ठूलो योगदान दिएको छ । स्वाभाविक रूपमा जति धेरै मात्रामा युवाहरू बिदेसिएका छन् त्यति नै मात्रामा देशभित्र विप्रेषणको प्रवाह पनि बढेको छ । संसारको सबैभन्दा बढी विप्रेषण भित्र्याउने ठूला पाँच मुलुकमध्ये नेपाल पनि पर्दछ । पछिल्लो नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकिङ प्रणालीमार्फत नेपालले वार्षिक अर्बौं विप्रेषण प्राप्त गरिरहेको छ ।
 
वैदेशिक रोजगारीको उपलब्धता र वैदेशिक मुद्राको आयात सँगसँगै नेपाली समाजको रूपान्तरण हँुदै गएको छ । ग्रामीण समाजमा मुद्राको प्रवाहले विकट र पछाडि पारिएका र परेका वर्गको शिक्षा, स्वास्थ्य र प्रविधिमा पहँुच बढेको छ जसले उनीहरूको जीवनशैलीमा परिवर्तन आउनुको साथै सचेत र शिक्षित हुँदै गएका छन् । तर, नेपालीहरूको सामाजिक, आर्थिक र सांस्कृतिक बन्धन कमजोर हुँदै जाँदा नैतिक आधार खुकुलो हँुदै जानु र परिवार टुक्रिँदै व्यक्तिमा केन्द्रित हुँदै जाँदा सामाजिक मूल्यमान्यतामा स्खलन आई विकृति बढ्दै गएको पछिल्लो आधुनिक जीवनशैलीबाट प्रस्ट देखिन्छ ।
 
देशको अर्थतन्त्र जोगाइरहेको क्षेत्र ठप्प हुँदा यसले सर्बत्र असर पु¥याउने छ । देशको अर्थतन्त्रमा नै धक्का नदेला भन्न सकिन्न । 

अन्तर्राष्ट्रिय एयरलाइन्समा असर 
दैनिक १५ सय नेपालीहरुलाई बोकेर उड्ने अन्तर्राष्ट्रिय एयरलाइन्समा पनि प्रत्यक्ष असर पुग्छ । अहिले धेरै देशका जहाजहरु दैनिक उडान भरिरहेका छन् । यदि वैदेशिक रोजगारमा जाने र पठाउने क्रम रोकियो भने यो क्षेत्रमा असर पुगेको देखिन्छ । अहिले अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारमा जानेहरु कै भीड देखिन्छ त्यो ह्वात्तै घट्ने छ । 
 
यसका अन्य प्रत्यक्ष तथा अप्रत्यक्ष असर पु¥याउने धेरै क्षेत्र भएकाले तत्काल सरकार तथा व्यवसायीहरु संवोधन गरेर समस्याको समाधान खोजिहाल्नु पर्छ । 
 
तसर्थ देशको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक सम्पूर्ण क्षेत्रमा यति धेरै योगदान पु¥याउने वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकहरूको समस्या भने आफ्नै खालका जटिलताभित्र अनगिन्ती रहेका छन् । दैनिक द्रुत र साधारण सेवामार्फत पासपोर्ट बनाउने क्रममा राज्यले करोडौं राजस्व संकलन गर्दछ तर राजस्व तिरेर पासपोर्ट बनाएका नागरिकलाई राजस्वबापत वैदेशिक रोजगार तथा यात्राबारे प्रभावकारी जानकारी गराउन राज्यको पहल न्यून रहेको छ । नागरिक आपूmले पाउने सुविधा र अधिकारबारे बेखबर रहनु र राज्य आफ्नो दायित्व र जिम्मेवारीबाट पन्छिएर बेप्रवाह रहनुले वैदेशिक रोजगारबाट अपेक्षित सफलता हासिल गर्न नसकेको देखिन्छ ।
 
वैदेशिक रोजगारीबाट कसरी देश र नागरिकको हित हुन सक्छ त्यतातर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गर्न आवश्यक छ । वैदेशिक रोजगारमा रहेका समस्याहरूको समाधान गर्न राज्य र निजी क्षेत्रको सहकार्यमा श्रमबजारको उचित व्यवस्थापन हुन सके वैदेशिक रोजगारमा जाने र जान चाहने सबै लाभान्वित हुन सक्छन् । 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
1.   यूएईले अवैध आप्रवासीलाई दियो तीन महिने आममाफी
2.   गैरआवासीय नेपाली र विदेशी विज्ञहरुको सम्मेलन हुँदै
3.   साउदीमा नेपाली मुस्लिम समुदायको इफ्तारी
4.   पर्यटनदूत राजा घले काठमाडौंमा अभिनन्दित
5.   मदिरा उत्पादन गरेको आरोपमा कुवेतमा ६ नेपाली पक्राउ
6.   एनआरएनए मध्यपूर्वी क्षेत्रीय भेला युएईमा हुदै
7.   एनआरएन यूएईको आयोजनामा इफ्तार
8.   बालगायक अशोक दर्जीलाई संखुवासभाली चेलीको सहयोग
9.   हत्या आरोपमा नेपाली कामदारलाई कतारमा मृत्युदण्डको फैसला
10.   कतार नाकाबन्दी एक वर्ष, देखिदैन प्रभाव
11.   श्रमिकलाई कानुनी सहायता दिन नेपाली दूतावास मलेसियामा वकिल नियुक्त
12.   साउदी जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली
13.   अष्ट्रेलियाका धनाढ्यको सूचीमा शेष घले ८१ औं स्थानमा
14.   प्रवद्र्धन बोर्डमा प्रमुख नहुँदा कामकारवाही प्रभावित
15.   रिक्त राजदूत नियुक्तको तयारीमा सरकार, मलेसियामा प्राडा संग्रौलाको नाम चर्चामा
16.   मलेसिया जाने कामदार अन्यौलमा, व्यवसायीले बन्द गरे बायोमेट्रिक स्वास्थ्य परिक्षण
17.   सिण्डिकेट खारेज भएकै हो ? मन्त्री विष्ट के भन्छन (भिडियोसहित)
18.   सातै प्रदेशमा सीप विकास केन्द्र खुल्ने
19.   विदेशको मागपत्र प्रमाणीकरण अब नेपाली नियोगको मात्र मान्य हुने
20.   त्रिभुवन विमानस्थलमा शव बुझ्ने छुट्टै कक्ष स्थापना
21.   साउदी जेलमा रहेका प्रेमबहादुरलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण
22.   वैदेशिक रोजगारको क्षेत्रमा सिन्को नभाँचिएको वर्ष
23.   वैदेशिक रोजगारीमा ठगिनेले न्याय पाउनै मुस्किल
24.   कोरियाबाट फर्किएकाहरूलार्इ पुन : अवसर, तीनहजारलाई लगिने
25.   अमेरिकाबाट ९ हजार नेपालीलाई फिर्ता पठाउने तयारी
Results 567: You are at page 1 of 23
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media