आइतवार, असार १० गते, २०७५
आवेदन अनलाइनबाटै दिन सकिने
सोमवार, २०७२ फाल्गुन १० गते १२:४७

 
.

नेपाल विद्युत प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरी आफ्ना देशभरका विभिन्न कार्यालय तथा त्यहाँस्थित विभिन्न विभाग तथा समूहमा काम गर्ने गरी विभिन्न पदमा ५ सय १ जना कर्मचारीको माग गरेको छ ।

प्राधिकरणले अधिकृत स्तर र सहायक स्तरका विभिन्न समूहका लागि रिक्त पदहरुमा योग्य उम्मेद्वारबाट दरखास्त आह्वान गरेको छ । प्राधिकरणले विभिन्न समूहको अधिकृत स्तरको पदमा १ सय ६ जनाका लागि जागिरको अवसर खुलाएको छ भने सहायक स्तरका पनि विभिन्न समूहमा ३ सय ९५ जनाका लागि जागिर खुलाएको छ ।

जसअनुसार अधिकृततर्फ ७, ८, ९ र १० औं तहका लागि दरखास्त आह्वान गरेको छ । अधिकृत माग भएका समूहमा प्रशासन, इलेक्ट्रिकल, सिभिल, लेखा, विविध, मेकानिकल र कम्प्युटर रहेका छन् ।

यस्तै, प्रशासन समूहका लागि सहायक स्तरतर्फ मिटर रिडिङ सुपरभाइजर १९, प्रशासन समूहको लेखापाल १९, इलेक्ट्रिकल समूहतर्फ सुपरभाइजर ४० जना, मेकानिकल समूहतर्फ सुपरभाइजर ७, सिभिल समूहतर्फ सुपरभाइजर ३, विविध समूहतर्फ सिनियर हेभी इक्वीपमेन्ट अपरेटर एकजना, प्रशासन समूहतर्फ सिनियर मिटर रिडर ७२ जनाका लागि जागिरको अवसर खुलाइएको छ ।

यसैगरी लेखा समूहतर्फ सहायक लेखापाल पदमा २४ जना, इलेक्ट्रिकल समूहतर्फ फोरमेन पदमा ७८ जना, सिभिल समूहतर्फ फोरमेन पदमा ४ जना, विविध समूहतर्फ फोरमेन ड्राइभर पदमा ८ जना, प्रशासन समूहततर्फ मिटर रिडर पदमा ३५ जना, इलेक्ट्रिकल समूहतर्फ इलेक्ट्रिसियन पदमा ८० जना र विविध समूहतर्फ ड्राइभर पदमा ५ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।

दरखास्त आह्वान गरिएका पदहरुमा आवेदन दिन इच्छुकले नेपाल विद्युत प्राधिकरणको वेबसाइटमार्फत दरखास्त फारम डाउनलोड गरी भर्नसक्ने जनाइएको छ । दरखास्त फारम सहायक स्तरका लागि जुन क्षेत्रको पदका लागि बुझाउने हो, सोही क्षेत्रका प्राधिकरणका क्षेत्रीय कार्यालयहरु क्रमशः विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, बुटवल, नेपालगञ्ज, अत्तरियामा बुझाउनुपर्ने बताइएको छ ।

यसैगरी, अधिकृतस्तर र काठमाडौ क्षेत्रका सहायक स्तरको हकमा नेपाल विद्युत प्राधिकरण, तालिम केन्द्र खरिपाटी भक्तपुरमा दरखास्त फारम बुझाउनुपर्नेछ ।

हेर्नुस् सूचना :






प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
1.   यूएईले अवैध आप्रवासीलाई दियो तीन महिने आममाफी
2.   गैरआवासीय नेपाली र विदेशी विज्ञहरुको सम्मेलन हुँदै
3.   साउदीमा नेपाली मुस्लिम समुदायको इफ्तारी
4.   पर्यटनदूत राजा घले काठमाडौंमा अभिनन्दित
5.   मदिरा उत्पादन गरेको आरोपमा कुवेतमा ६ नेपाली पक्राउ
6.   एनआरएनए मध्यपूर्वी क्षेत्रीय भेला युएईमा हुदै
7.   एनआरएन यूएईको आयोजनामा इफ्तार
8.   बालगायक अशोक दर्जीलाई संखुवासभाली चेलीको सहयोग
9.   हत्या आरोपमा नेपाली कामदारलाई कतारमा मृत्युदण्डको फैसला
10.   कतार नाकाबन्दी एक वर्ष, देखिदैन प्रभाव
11.   श्रमिकलाई कानुनी सहायता दिन नेपाली दूतावास मलेसियामा वकिल नियुक्त
12.   साउदी जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली
13.   अष्ट्रेलियाका धनाढ्यको सूचीमा शेष घले ८१ औं स्थानमा
14.   प्रवद्र्धन बोर्डमा प्रमुख नहुँदा कामकारवाही प्रभावित
15.   रिक्त राजदूत नियुक्तको तयारीमा सरकार, मलेसियामा प्राडा संग्रौलाको नाम चर्चामा
16.   मलेसिया जाने कामदार अन्यौलमा, व्यवसायीले बन्द गरे बायोमेट्रिक स्वास्थ्य परिक्षण
17.   सिण्डिकेट खारेज भएकै हो ? मन्त्री विष्ट के भन्छन (भिडियोसहित)
18.   सातै प्रदेशमा सीप विकास केन्द्र खुल्ने
19.   विदेशको मागपत्र प्रमाणीकरण अब नेपाली नियोगको मात्र मान्य हुने
20.   त्रिभुवन विमानस्थलमा शव बुझ्ने छुट्टै कक्ष स्थापना
21.   साउदी जेलमा रहेका प्रेमबहादुरलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण
22.   वैदेशिक रोजगारको क्षेत्रमा सिन्को नभाँचिएको वर्ष
23.   वैदेशिक रोजगारीमा ठगिनेले न्याय पाउनै मुस्किल
24.   कोरियाबाट फर्किएकाहरूलार्इ पुन : अवसर, तीनहजारलाई लगिने
25.   अमेरिकाबाट ९ हजार नेपालीलाई फिर्ता पठाउने तयारी
Results 567: You are at page 1 of 23
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media