बुधवार, माघ ०३ गते, २०७४
शनिवार, २०७० कार्तिक ०१ गते ०४:२४

 दसैं तिहार आमजनताका लागि दशा बन्दै गएपनि गाडी व्यवसायीहरुका लागि भने राम्रो व्यापार गर्ने सिजन बन्दै गएको छ । चाडपर्वमा गाडीको बिक्री अन्य समयमा भन्दा ३र४ गुणा बढी हुने गरेको छ । यसै अवसर पारी कम्पनीहरुले नयाँ(नयाँ गाडी बजारमा भित्राउने गर्छन् । यस समयमा विभिन्न गाडी कम्पनीहरुबीच कडा प्रतिस्र्धा हुने गर्छ ।गाडी कम्पनीहरुबीच प्रतिस्पर्धा बढ्दै जान थालेपछि गाडी व्यवसायीहरुले आकर्षक छुटसहितका स्किमहरु ल्एका छन् । दसैंंमा व्यवसायीहरुले छुट तथा उपहार योजना ल्याउन थालेपछि ग्राहकहरु पनि चाड पर्व नै कुरेर बस्न थालेका छन् । विगतका जस्तै यस पटकका चाड पर्वलाई ध्यानमा राख्दै व्यवसायीहरुले आकर्षक उपहार ग्राहकहरुमाझ पस्किएका छन् । उपहारले आफ्नो व्यापार बढ्ने व्यवसायीहरु बताउँछन् ।
‘अन्य बेलामा भन्दा दसैं(तिहारमा ३र४ गुणासम्म गाडीको बिक्री गछौर्ं’ स्याकार टे्रडिङ प्रालिका अध्यक्ष सौरभ ज्योती बताउनुहुन्छ( ‘उपहार योजनाले गाडीको व्यापार अवश्य पनि बढाउँछ ।’ कतिपय कम्पनीहरुले अमेरिका, युरोप घुमाउने स्किम ल्याएका छन भने कतिपयले मोटरसाइकल र गाडी बम्पर उपहारमा राखेका छन् । कम्पनीहरुले एक्सचेञ्ज अफरहरु पनि आकर्षक(आकर्षक ल्याएका छन् । उपहार योजना कम्पनीहरुले भदौमा भएको अटो शोबाट शुरु गरेका हुन् ।
 
विभिन्न कम्पनीका उपहार योजना 

 
होण्डास् जापानीज ब्राण्ड होण्डाको ब्रिओ कार खरिद गर्ने ग्राहकहरुले १ लाख १० हजार रुपैयाँ क्यास डिस्काउन्ट पाएका छन् । त्यस्तै, होण्डा अमेज खरिद गर्ने ग्राहकहरुले १ लाख २५ हजार रुपैयाँ र होण्डा सिटी खरिद गर्ने ग्राहकहरुलाई २ लाख रुपैयाँ क्यास डिस्काउन्ट प्राप्त गरेको कम्पनीले जानकाकारी दिएको छ । प्रत्येक गाडीमा कम्पनीले १ वर्षसम्मको रोड ट्याक्स तिरिदिनुका साथै एसेस्सरिजमा १० हजार छुट प्रदान गरिरहेको छ ।
 टाटा  टाटाले दसैं तिहारलाई लक्षित गरि ‘टाटा मोटर्स सानदार, डिस्काउन्ट दमदार’ उपहार योजना ल्याएको छ । उपहार योजनाअन्तर्गत भिष्टा डी९० खरिद गर्दा २ लाख रुपैयाँ क्यास डिस्काउन्ट र ३५ हजार रुपैयाँको एसेस्सरिज निःशुल्क पाउने बताइएको छ ।
त्यसैगरि, टाटा स्ट्रोम भिएक्समा साढे २ लाख रुपैयाँ र ५५ हजार रुपैयाँको सेसेस्सोरिज निःशुल्क, टाटा माञ्जामा १ लाख ७५ हजार रुपैयाँ र ३५ हजार रुपैयाँको निःशुल्क एसेस्सोरिज, इन्डिका भिटुमा ७५ हजार डिस्काउन्ट र ४० हजार रुपैयाँको एसेस्सोरिज, इन्डिगोमा १ लाख ७५ हजार रुपैयाँ डिस्काउन्ट र ३५ हजार रुपैयाँको एसेस्सोरिज, सुमोमा २ लाख रुपैयाँ डिस्काउन्ट र ५५ हजार रुपैयाँको एसेस्सोरिज, ग्राण्डमा २ लाख रुपैयाँ छुट र ५५ हजार रुपैयाँको एसेस्सोरिज, सफारी एलएक्समा १ लाख रुपैयाँ डिस्काउन्ट र ५५ हजार रुपैयाँको एसेस्सोरिज, सफारी एलएक्स ४एक्स४ २ लाख रुपैयाँ डिस्काउन्ट र ५५ हजार रुपैयाँको एसेस्सोरिज निःशुल्क उपलब्ध गराएको सिप्रदी टे्रडिङ प्रालिले जनाएको छ ।
टोयोटा  : जापानी ब्राण्ड टोयोटाका गाडी खरिद गर्दा ग्राहकहरुले १ लाख रुपैयाँसम्मको छुट प्रदान गरेको कम्पनीले जनाएको छ । छुट गाडीको मोडल हेरिकन उपलब्ध गराउँदै आएको टोयोटाका नेपालका लागि आधिकारिक बिक्रेता युनेटेड सिन्डिकेट प्रालिले बताएको छ ।
सुजुकी  : सुजुकी गाडीमा कम्पनीले गाडी किन्दा मोटरसाइकल फ्रि नामक उपहार योजना ल्याएको छ । सुजुकी अल्टो र सुजुकी केटेन गाडी खरिद गर्ने ग्राहकहरुलाई कम्पनीले टिभिएस विगो मोटरसाइकल र वागनर तथा ए(स्टार खरिद गर्ने ग्राहकहरुलाई आरटिआर १६० अपाचे मोटरसाइकल प्रदान गर्दै आएको सीजी अटोमोबाइल्सले जानकारी गराएको छ ।
त्यस्तै, स्वीफ्ट र स्वीफ्ट डिजायर गाडी खरिद गर्ने ग्राहकहरुले १८० सीसीको अपाचे मोटरसाइकल प्रदान गरिएको छ । साथै, कम्पनीले एक वर्षको रोड ट्याक्स समेत तिरिदिने बताएको छ ।
महिन्द्रा  : महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी इनर्जीले महिन्द्र एक्युभी ५०० गाडी खरिद गर्ने ग्राहकहरुलाई १ लाखदेखि डेढ लाख रुपैयाँसम्म क्यास डिस्काउन्ट दिने बताएको छ । त्यस्तै, महिन्द्रा क्वान्टो गाडी खरिद गर्ने ग्राहकहरुमध्ये प्रत्येक ५ जनाबाट लक्कि ड्र गराएर डिम्याक बाइक बम्पर उपहार प्रदान गर्ने जनाएको छ ।
किया  : किया मोटर्सले ‘किया विग बार्गेन’ नामक आकर्षक उपहार योजना ल्याएको छ । उपहार योजनाअन्तर्गत कम्पनीले गाडीको मोडल हेरिकन ६ लाख रुपैयाँसम्म क्यास डिस्काउन्ट दिने बताएको छ ।
स्कोडा स् स्कोडा गाडी खरिद गर्ने ग्राहकहरुलाई ६ महिनासम्मको मन्थ्ली स्टलमेन्ट बुझाइदिने कम्पनीले जानकारी दिएको छ । स्टलमेन्ट गाडीको मोडल र मूल्यअनुसार फरक/फरक लाग्ने बताइएको छ ।
भक्सवागन :  जर्मनी ब्राण्ड भक्सवागनले ‘भेरि वण्डरफुल अफर’ उपहार योजना ल्याएको छ । कम्पनीले बम्पर उपहारअन्तर्गत लक्की ड्र मार्फत १ जनाको जोडीलाई ८ रात ९ दिनको युरोप भ्रमणमा लैजाने जनाएको छ । त्यस्तै, अन्य हातखाली नजाने उपहार पनि कम्पनीले प्रदान गर्ने बताएको छ ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: फिचर
1.   नाट्टाको ५१ औं साधारण सभा एक झलक
2.   थाई नरेश भुमिबोलको अन्तेष्टिमा नेपालीवासीहरुको श्रद्धासुमन (फोटोफिचर)
3.   लाप्राक नमुनाबस्ती निर्माण अन्तिम चरणमा (फोटोफिचर)
4.   इन्टरनेशनल मेनपावरमा अन्तर्वार्ता दिनेको ओइरो (फोटो फिचर)
5.   तपाइँ कतिको सकारात्मक हुनुहुन्छ ?
6.   १७औं राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताहको शुभारम्भ ( फोटो फिचर )
7.   ‘आउट अफ ट्रयाक’मा श्रम मन्त्री देखि विदेशी
8.   सामाजिक सेवामा रोटरी र लिस्नर्स क्लब : रक्तदान र दन्त परिक्षण शिविर सम्पन्न ।
9.   कामदार विदेश पठाइदिएर व्यवसायीले कसैलाई गुन लगाएका होइनन्ः प्रधानमन्त्री ओली
10.   मनै लोभ्याउने रानिकोट (फोटोफिचरसहित)
11.   प्रत्येक घरका एक जनालाई जागिर दिने योजना
12.   लोक विजयसंग रेडियोमा एक घण्टा
13.   श्रीमतीले सोध्छिन , कहॉ काम गर्नु हुन्छ ?
14.   आफु मरेरै यात्रु बचाउने यी महान पाइलट
15.   फ्री भिषा फ्री टिकटको विरुद्ध मेनपावर नै बन्द गरि आन्दोलनमा व्यवसायीहरु (फोटोफिचर)
16.   मलेसियाको दुतावासमा नेपालीको पीडा (फोटोफिचर)
17.   यसरी गरियो नयाँ बर्षको स्वागत
18.   घरबेटीले बिधान बनाए भनेपछि डेरावाल पनि के कम ।
19.   नेपालको छाउपडी कुप्रथाबारे गार्डियनको फोटोकथा
20.   सजिलो छैन कोरियाको रोजगारी
21.   वैदेशिक रोजगार विभागको बेहाल (फोटो फिचर)
22.   मण्डेलाको अन्तिम विदाइ(फोटोफिचर)
23.   ग्राहक तान्न ब्रान्डेड कार कम्पनीका बिशेष उपहार
24.   स्वस्थ मासु र रमाइलो दसैं
25.   विजयादशमिको पहिलो दिन घटस्थापना
Results 32: You are at page 1 of 2
1 2 Next Last

Powered By : Unitech Media