बुधवार, माघ ०३ गते, २०७४
मञ्जु घिमिरे, होची कलाकार
आइतवार, २०७२ पुस २६ गते १६:४२

 
रोजगारमञ्च/ अस्वभाविक उचाई भएपछि ५ बर्षकै बालपनमा एसओएस बालग्राममा टुहुरो बच्चा भनेर आफ्नै बुबाले जिम्मा लगाएको सम्झँदा चितवनकी मञ्जु घिमिरेलाई आज पनि त्यो कुराले चसक्क घोच्छ । ‘होचोपुड्को हुनु मेरो दोष होइन नी ! तर बुवाआमा हुँदासमेत टुहुरो बनेर होस्टल जानुपर्दा मनै कुँडिन्छ ।’ विगत सम्झेर भाबुक हुँदै उनले भनिन् ‘यही कुराले आज कलाकारिताको माध्यमले विश्वमाझ चिनिन्छु भन्ने साहस पलाएको छ ।’ यद्यपी अहिले उनलाई आफ्नो बुवाआमाभन्दा एसओएस बालग्रामको होस्टेल नै आफ्नो घर लाग्न थालेको छ ।

नेपालकै होची महिलाकोरुपमा परिचित उनी उचाईले ३० इन्च मात्र छिन् । उमेरले ३३ बर्ष नाघेपनि बच्चा झै देखिन्छिन् । एसओएसको नक्सालमा रहेको होस्टलमा भेटिएकी उनले होचो कलाकारका रुपमा विश्वभर चर्चा भएको स्मरण गर्दै भनिन्–‘अब कलाकारिताको माध्यमबाट विश्वभर चिनिन चाहन्छु ।’ हुन पनि उनको दैनिकी आजभोलि भ्याइनभ्याई छ । स्वदेशमा हुने हरेक महोत्सवमा उनको माग बढ्दो छ साथै विदेशमा पनि अहिले उनको डिमाण्ड बढ्न थालेको छ  ।



कार्यक्रमको सिलसिलामा देशविदेश जाने तयारीमा रहेकी उनले विगतमा यूएई पुग्दा भोगेको आफ्नो तीतो अनुभव पनि पोखिन् । ‘कार्यक्रम भनेर लगियो तर त्यहाँ पुगेपछि थाहा पाएँ बार डान्सरको लागि लगिएको रहेछ । एकछिन त केहि सोच्नै सकिन ३ बर्षको भिसा लगाइएको रहेछ म १५ दिनमै फर्किए ।’ उनी भन्छिन–‘अहिले खुसी छु नेपाली दाजुभाईले सेलिब्रेटीकारुपमा विदेशमा बोलाउन थालेकोमा ।’   

सानैबाट कलाकारिताको भोक चढेको उनको इच्छालाई उचाई र पीडाले ढाल्न सकेन । ११ बर्षकै उमेरमा नेपाली चलचित्र जगतमा छिरेकी उनी आजसम्म पनि उत्तिकै सक्रिय छिन् । हाल कुवेतमा रहेकी साथी आस्था राउतले नृत्य गर्न दिएको प्रेरणाले आफुलाई यस क्षेत्रमा लाग्न थप प्रेरित गरेको उनको भनाई छ । घिमिरे भन्छिन–‘टुहुरो चलचित्रबाट शुरु गरेको कलाकारिता यात्रा बसन्त ऋतु, नसिव आफ्नो, बर्षातलगायत दर्जनौ चलचित्र हुदै पछिल्लो समय पागल बस्तीसम्म जारी छ, अहिले पनि म एउटा नयाँ चलचित्रको काममा छु ।’  म्युजिक भिडियो र सिरियलमा पनि उनी उत्तिकै जमेकी घिमिरेले झयाँइकुटी, ५२ ठक्कर ५३ घुस्सा, थोरै भए पुगिसरीलगायतका सिरियलमा पनि काम गरिसकेकी छिन् ।



होचापुड्का भन्नासाथ अर्कै दृष्टिले हेर्ने गरिएको यर्थाथ पोख्दै उनले आफुले भने अहिलेसम्म त्यस्तो पीडा भोग्नु नपरेको बताइन् । ‘सवैले प्रोत्साहन र सम्मान गर्दा अझै केहि गर्ने आँट जागेको छ ।’ उनी भन्छिन–‘सरकारले हामीलाई हेर्छ भन्ने कहिल्यै लाग्दैन यसैले आफुले सकेको गरेर बाँच्न र समाजमा स्थापित हुनुको विकल्प हामीसँग छैन ।’

होचो भएकै कारण सहयोगी विना कहिकतै जान तथा हिडडुल गर्न कठिनाई हुने गरेको उनको अनुभव छ । उनी भन्छिन–‘यस्तै अवस्थामा पनि सुभेच्छुक तथा सहयोगीको साथ पाएर देशका ४० भन्दा बढी जिल्लामा कार्यक्रमको सिलसिलामा पुगिसके ।’ भारत, बंगलादेशका विभिन्न कार्यक्रममा भाग लिने मौका पाएकी उनी अहिले कतार जाने तयारीमा छिन । लगत्तै युएई लगायतकोे मुलुकमा जाने कुरा चलिरहेको बताउने घिमिरे भन्छिन –‘कलाकारिताको माध्यमले मनोरञ्जन दिन सक्छु हामीलाई प्रोत्साहन गर्नुहोस ।’

विश्वमा आफ्नो नाम पु¥याउने चाहेकी घिमिरेले भनिन ‘होचापुड्काले पनि अन्य सामान्य मानिस जस्तै संघर्ष गर्न सक्छन भन्ने प्रमाणित गर्न चाहन्छु यसका लागि सवैले साथ, सहयोग, उत्साह र प्रेरणा दिनुहुनेछ भन्ने मेरो आशा छ ।’       
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन फिचर
1.   सांगीतिक उचाइमा मञ्जु
2.   प्रवासमा चम्कदै नवराज
3.   लिस्नर्स क्लब र रोटरी क्लब अफ राजधानीले गहना पोखरीमा होली मनायो
4.   समाजसेवामा समर्पण
5.   फरकधारका सिर्जनामा रमाउछु
6.   सुमधुर आवाजकी धनी टीका प्रसाई
7.   ‘बाँच्न कर्म गर्छु,सन्तुष्टीका लागि सिर्जना ।’
8.   दुर्गा खरेल : स्वरमै जादु
9.   ‘कलाकारितामार्फत विश्वमा चिनिने इच्छा छ’
10.   बहुप्रतिक्षित चलचित्र ‘परदेशी’ को फस्टलुक सार्वजनिक (गीत सहित)
11.   सावित्रीको ‘शिशा होस या दिल’ दुबईमा छायांकन
12.   ‘भाग्यले बाँचेकाहरु’ को कथा वृत्तचित्रमा
13.   यर्थाथवादी धरातलमा गीतकार अधिकारी
14.   ओमानमा जनगायक जीवन शर्मा
15.   गुरुङ जाति उद्गमस्थल पहिलोपटक प्रदर्शनीमा
16.   गुरुङ जातिको उदगमस्थलबारे पहिलो फोटो प्रदर्शनी
17.   'काठमाण्डौ जादा' दुबइमा सार्वजनिक
18.   खरेलद्वयले ओमानमा हंगामा मच्चाए
19.   ‘राहादानी’को मारुनी गीत लोकसंगीत महोत्सवमा
20.   कोरिया तताए नेपाली कलाकारले !
21.   खेलकुदः च्याम्पियनस लिगमा मेस्सीको कीर्तिमानी हृयाट्रिक

Powered By : Unitech Media