विहिवार, फाल्गुन १० गते, २०७४
श्रम मन्त्रालयले सार्वजनिक ग¥यो सय दिने कार्ययोजना(कार्ययोजनासहित)
शुक्रवार, २०७२ पुस २४ गते १८:११

 
.
रोजगारमञ्च/ वैदेशिक रोजगारीलाई शुरक्षित, व्यवस्थित र मर्यादित बनाउन रोजगारदाता मुलुकहरुसँगको श्रम सम्झौतालाई तिब्रता दिइने श्रम तथा रोजगार मन्त्री दिपक बोहराले जानकारी दिएका छन् । छिटै नै क्यानडा, जोर्डन र लेबनानसँग श्रम सम्झौता गर्ने तयारी मन्त्रालयले गरीरहेको जानकारी दिदै मन्त्री बोहराले मलेसिया, साउदी अरब लगायतका मुलुकमा पनि यसका लागि आन्तरिक गृहकार्य भैरहेको बताए ।  

शुक्रवार एक पत्रकार सम्मेलनमार्फत सय दिने कार्ययोजनासहित मन्त्री बोहराले ३० बुदे कार्यक्रमसहित वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन सय दिने सुधार कार्ययोजना घोषणा गरेका हुन् । उनले अन्य सरोकारित मन्त्रालयसँग अन्तरसम्वन्ध कायम गर्दै यस क्षेत्रमा योजनावद्ध ढंगले काम गर्न सुधारका कार्यक्रम ल्याएको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बोहोराले पछिल्लो समय मन्त्रालयले लागू गराएको फ्री भिषा, फ्री टिकटको निर्णय कार्यान्वयनमा सहजता ल्याउन त्यसको अध्ययन र छलफलका लागि वैदेशिक रोजगार विभागका महानिर्देशक केदारबहादुर बोगटीको नेतृत्वमा एउटा टोली मलेसिया र श्रम सचिव रामकुमार आचार्यको नेतृत्वमा एउटा टोली साउदी अरब जान लागेको समेत जानकारी दिए ।

फ्री भिषा, फ्री टिकट लागू भएनभएको मन्त्रालयले अनुगमन गरिरहेको बताउदै मन्त्री बोहोराले यसलाई प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले छुट्टै अनुगमन डेस्क बनाउने तयारी थालेको समेत जनाए । उनले भने–‘अनुगमनको विषयमा अनियमितता तथा त्रुटि गरेको गुनासो आए अनुगमन गर्ने कर्मचारी र दोषी संस्था दुवैलाई कारवाही गर्छौ ।’

पत्रकार सम्मेलनमा इजरायल रोजगारीको विषयमा चर्चा गर्दै ३ महिने केयरगिभर तालिम लिएका ब्यक्ति नपाइएकाले इजरायल सरकारसँग भएको सम्झौता अनुरुप कामदार पठाउन केहि ढिलाई भएपनि यसको लागि छुट्टै मापदण्ड बनिरहेको जानकारी दिदै पहिलो चरणमा १ सय १९ जनाको नामावली पठाइसकिएको र अबको एक महिनाभित्र दोश्रो चरणको नामावली पठाउने तयारी भैरहेको जानकारी दिइएको थियो ।

पछिल्लो समय विभिन्न रोजगार गन्तव्यमा नेपालीको अवसर प्रभावित भएको भन्ने प्रश्नको जवाफ फर्काउदै मन्त्री बोहोराले कुनै एक–दुई गन्तव्य मुलुकमा नेपालीको मागमा कमी आउदैमा विश्व श्रम बजारमा नेपाली कामदारको अवसरमा कमि नआउने बताए । उनले भने–‘नेपाली कामदार इमान्दार र मेहनती छन भन्ने कुरा विश्व श्रम बजारमा स्थापित भैसकेको छ । अब हामी नयाँ र आकर्षक गन्तव्य मुलुकमा अवसर खोज्न जुटनुपर्छ ।’
userfiles/file/labour%20menister.PDF


 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   नेपाल चीन जोड्ने रेल योजनाको खाका तयार
2.   लिङ्गका आधारमा भिसामा विभेद नगर्न सर्वोच्चको आदेश
3.   आज प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
4.   आज ग्याल्बो र सोनाम ल्होसार मनाइँदै
5.   ओलीले लिए प्रधानमन्त्रीको सपथ
6.   दोश्रो पटक ओली बने प्रधानमन्त्री, आजै सपथ ग्रहण
7.   पोखरामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने
8.   क्यासिनोमा अवैध पाँच विदेशी कामदार
9.   भूकम्पपीडितका लागि दोश्रो किस्ता लिने समयावधि थपियो
10.   निगमको संरचना परिवर्तन गरिँदै
11.   ७ औं सहायक राष्ट्रिय प्रशिक्षण तालिम आरम्भ
12.   धुर्मुस-सुन्तलीको अगुवाइमा रौतहटमा बनेको एकीकृत नमुना बस्ती हस्तान्तरण
13.   ग्रामीण विकासकालागि दक्षिण कोरियाले गर्यो एक अरव सहयोग
14.   प्रदेशमा जान कर्मचारीको अटेर, नजानेलाई कारवाही गर्ने सरकारको तयारी
15.   नेपाल र भारतका नेफ्रोलोजिस्ट एकै मञ्चमा
16.   सावाको नेतृत्वमा नयाँ कार्य समिति सर्व–सम्मत चयन गर्दै प्रगतिशील मञ्चको अधिवेशन सम्पन्न
17.   मञ्चको चौथो महाधिबेशन शुरु (फोटो फिचर)
18.   आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइदै
19.   अमेरिकाले १८ लाख आप्रवासीलाई नागरिकता दिने
20.   जापानले ३२ करोड आर्थिक साहयता दिने
21.   साउदी जेलमा रहेका भुसाललाई जुटयो ‘ब्लड मनी’
22.   राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया अघि बढयो
23.   आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै
24.   काठमाडौंको भित्री बस्ती मंगलबारबाट चारपाङ्ग्रे सवारीमुक्त
25.   सुरक्षित घर अभियान सुरु
Results 654: You are at page 1 of 27
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

Powered By : Unitech Media