विहिवार, फाल्गुन १० गते, २०७४
शुक्रवार, २०७२ पुस २४ गते १३:४४

 

वैदेशिक रोजगार पत्रकार समाजले छोराको कलेजो प्रत्यारोपण गराउने क्रममा आर्थिक समस्या झेलिरहेका रहेका सिन्धुपाल्चोकमा क्रियाशिल पत्रकार टंक खड्कालाई आर्थिक सहयोग गरेको छ । समाजले विहिवार एक कार्यक्रम गरी आफ्ना सदस्यहरुबाट सामुहिक रुपमा संकलन गरी ११ हजार पाँच रुपैयाँ खड्कालाई हस्तान्तरण गरेको हो ।

गत असार १४ गते  जुम्ल्याहा जन्मिएका खड्का दुई छोरा मध्ये सम्राट खडकाको कलेजो नै प्रत्यारोपण गर्नुपर्ने गरी विग्रिएको छ । सञ्चारकर्मी खड्काले महाराजगञ्जस्थित एक अस्पतालले डाईग्नोसिस गरेपछि वालकको जीवनका लागि कलेजो प्रत्यारोपण गर्न अनिवार्य भएको र उपचार गराउँदा बढीमा डेढ लाख रुपैयाँ लाग्ने भन्दै भारतको एपोलो अस्पताल जैजान रिफर गरेपछि आफु आर्थिक दृष्टिले कमजोर रहँदा रहँदै पनि वाध्यतावश बच्चालाई एपोलो अस्पताल लगेको  बताए ।

उनले भने–‘शुरुमा उपचार खर्च डेढ लाख रुपैयाँ लाग्ने भनियो अहिले कलेजो प्रत्यारोपणका लागि मात्रै कम्तीमा १४ लाख भारु अर्थात् नेरु.२० लाख लाग्ने भनिएको छ । आउने जाने र विरामी कुरुवाका लागि थप पाँच लाख लाग्ने देखियो । तीन महिना भित्रै अनिवार्य रुपमा कलेजो प्रत्यारोपण गर्नु पर्ने  भनिएपछि आर्थिक रुपले समस्या परेको छ ।’

अर्थ र रोजगार मासिक तथा राजधानीबाट प्रकाशित हुने कारोवार दैनिकका सिन्धुपाल्चोक संवाददाता रहेका खड्काले आफु जत्तिको चेतनशील र सक्रिय व्यक्तिलाई उपचार खर्च जुटाउन मुस्किल परेको भन्दै सहयोगका लागि सबैलाई आग्रह गरे ।

विभिन्न दाताहरुको सहयोगमा हालसम्म बैकमा ३ लाख ५८ हजार रुपैयाँ जम्मा भएको जानकारी दिदै  खड्काले नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले एक लाख रुपैयाँ उपचार खर्च संकलन गरिदिएको  बताए ।

खड्काले वैदेशिक रोजगार पत्रकार समाजले गरेको सहयोग आफ्नो ७ महिने वच्चाको जीवन रक्षाका लागि सहयोगी हुने भन्दै आभार व्यक्त गरे ।

समाजका अध्यक्ष निरञ्जन ज्ञवालीले श्रमजीवी पत्रकारहरुका तर्फबाट जुटाईएको सहयोग राशी भारतमा हुने बच्चाको कलेजो प्रत्यारोपणका लागि अत्यन्त सानो भएपनि विपतमा परेको सञ्चारकर्मीलाई सहयोग गर्नुपर्छ भन्ने भावनाले सहयोग गरेको भन्दै आर्थिक हैसियत सवल हुने व्यक्ति तथा संस्थाले बालकको उपचारका लागि सहयोग गरे ठूलो परोपकार हुने बताए ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   नेपाल चीन जोड्ने रेल योजनाको खाका तयार
2.   लिङ्गका आधारमा भिसामा विभेद नगर्न सर्वोच्चको आदेश
3.   आज प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
4.   आज ग्याल्बो र सोनाम ल्होसार मनाइँदै
5.   ओलीले लिए प्रधानमन्त्रीको सपथ
6.   दोश्रो पटक ओली बने प्रधानमन्त्री, आजै सपथ ग्रहण
7.   पोखरामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने
8.   क्यासिनोमा अवैध पाँच विदेशी कामदार
9.   भूकम्पपीडितका लागि दोश्रो किस्ता लिने समयावधि थपियो
10.   निगमको संरचना परिवर्तन गरिँदै
11.   ७ औं सहायक राष्ट्रिय प्रशिक्षण तालिम आरम्भ
12.   धुर्मुस-सुन्तलीको अगुवाइमा रौतहटमा बनेको एकीकृत नमुना बस्ती हस्तान्तरण
13.   ग्रामीण विकासकालागि दक्षिण कोरियाले गर्यो एक अरव सहयोग
14.   प्रदेशमा जान कर्मचारीको अटेर, नजानेलाई कारवाही गर्ने सरकारको तयारी
15.   नेपाल र भारतका नेफ्रोलोजिस्ट एकै मञ्चमा
16.   सावाको नेतृत्वमा नयाँ कार्य समिति सर्व–सम्मत चयन गर्दै प्रगतिशील मञ्चको अधिवेशन सम्पन्न
17.   मञ्चको चौथो महाधिबेशन शुरु (फोटो फिचर)
18.   आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइदै
19.   अमेरिकाले १८ लाख आप्रवासीलाई नागरिकता दिने
20.   जापानले ३२ करोड आर्थिक साहयता दिने
21.   साउदी जेलमा रहेका भुसाललाई जुटयो ‘ब्लड मनी’
22.   राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया अघि बढयो
23.   आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै
24.   काठमाडौंको भित्री बस्ती मंगलबारबाट चारपाङ्ग्रे सवारीमुक्त
25.   सुरक्षित घर अभियान सुरु
Results 654: You are at page 1 of 27
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

Powered By : Unitech Media