विहिवार, फाल्गुन १० गते, २०७४
स्काजले हस्तान्तरण गर्यो २ लाख सहयोग
मंगलवार, २०७२ मंसिर १५ गते २३:४१

 
मलेसियामा कार्यरत उमेश थापा अचानक व्लड क्यान्सरबाट पिडित भएर नेपाल फर्काइएपछि उनको उपचारको लागि हङकङमा रहेका नेपालीहरुको पहलमा संखुवासभा काठमाडौ जर्नालिष्ट एशोसिएसन (स्काज) मार्फत २ लाख १९ हजार ६ सय १० रुपैया प्रदान गरिएको छ ।
एक कार्यक्रमकाबीच थापा उपचारार्थ सिभिल अस्पतालमा पुगी उक्त सहयोग रकम संखुवासभा काठमाडौ जर्नालिष्ट एशोसिएसनका अध्यक्ष शंकर खनाल र महासचिव हेमन्त गौतमले पीडित थापाकी श्रीमती लिला थापा र काका छत्रबहादुर थापालाई उक्त सहयोग रकम हस्तान्तरण गरे । 
 
विगत डेढबर्षबाट मलेसियामा कार्यरत थापा अचानक विरामी भएपछि  उपचारार्थ मलेसियाकै स्थानीय अस्पताल पुर्याईएको थियो । अस्पतालले क्यान्सर भएको बताएपछि स्वदेश फर्काइएका थापा काठमाडौको सिभिल अस्पतालको आईसियुमा उपचारार्थ छन् । परिवारको आग्रहपछि संखुवासभा समाज हङकङका उपाध्यक्ष टोपबहादुर राईको संयोजकत्वमा हङकङमा रहेका नेपालीहरुले यो सहयोग गरेका हुन ।
आर्थिक अवस्था ज्यादै कमजोर रहेका थापा परिवारले सहयोगको अपिल गरेसँगै संखुवासभा समाज हङकङको सहयोगमा उनलाई सो सहयोग प्रदान गरिएको हो । हङकङको स्व. डोमा राई शेर्पा स्मृति कोषले उक्त सहयोग रकम जुटाएको थियो । 
 
अस्पताल श्रोतका अनुसार थापाको स्वास्थ्य सुधारोेन्मुख छ । रोजगारमञ्चसँग कुराकानी गर्दै थापाको परिवारले सहयोगी हातलाई धन्यबाद दिदै उपचारको लागी थप सहयोग गर्न सहयोगी हातहरुलाई आग्रह गरेका छन् ।   
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   नेपाल चीन जोड्ने रेल योजनाको खाका तयार
2.   लिङ्गका आधारमा भिसामा विभेद नगर्न सर्वोच्चको आदेश
3.   आज प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
4.   आज ग्याल्बो र सोनाम ल्होसार मनाइँदै
5.   ओलीले लिए प्रधानमन्त्रीको सपथ
6.   दोश्रो पटक ओली बने प्रधानमन्त्री, आजै सपथ ग्रहण
7.   पोखरामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने
8.   क्यासिनोमा अवैध पाँच विदेशी कामदार
9.   भूकम्पपीडितका लागि दोश्रो किस्ता लिने समयावधि थपियो
10.   निगमको संरचना परिवर्तन गरिँदै
11.   ७ औं सहायक राष्ट्रिय प्रशिक्षण तालिम आरम्भ
12.   धुर्मुस-सुन्तलीको अगुवाइमा रौतहटमा बनेको एकीकृत नमुना बस्ती हस्तान्तरण
13.   ग्रामीण विकासकालागि दक्षिण कोरियाले गर्यो एक अरव सहयोग
14.   प्रदेशमा जान कर्मचारीको अटेर, नजानेलाई कारवाही गर्ने सरकारको तयारी
15.   नेपाल र भारतका नेफ्रोलोजिस्ट एकै मञ्चमा
16.   सावाको नेतृत्वमा नयाँ कार्य समिति सर्व–सम्मत चयन गर्दै प्रगतिशील मञ्चको अधिवेशन सम्पन्न
17.   मञ्चको चौथो महाधिबेशन शुरु (फोटो फिचर)
18.   आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइदै
19.   अमेरिकाले १८ लाख आप्रवासीलाई नागरिकता दिने
20.   जापानले ३२ करोड आर्थिक साहयता दिने
21.   साउदी जेलमा रहेका भुसाललाई जुटयो ‘ब्लड मनी’
22.   राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया अघि बढयो
23.   आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै
24.   काठमाडौंको भित्री बस्ती मंगलबारबाट चारपाङ्ग्रे सवारीमुक्त
25.   सुरक्षित घर अभियान सुरु
Results 654: You are at page 1 of 27
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

Powered By : Unitech Media