बुधवार, माघ ०३ गते, २०७४
बुधवार, २०७० आश्विन २३ गते २१:०४

सीता सन्ध्या राई शाही:- 
नेपालीहरूका लागि दसैं र तिहार सबैभन्दा ठूलो पर्वका रूपमा लिइन्छ । हुन त धर्मनिरपेक्ष देश भएकाले दसैं नमान्ने समुदायहरू पनि रहेका छन् । तर, ठूलो संख्यामा मानिसले दसैं र तिहारलाई मान्छन् । दिनको हिसाबले अझ धेरै लामो दसैं मनाइने गरिन्छ । दसैंका बेला लामो बिदा पनि हुने गरेको कारण पनि यसको रौनक नै बेग्लै हुने गर्छ । यसपालिको दसैं लगभग घरआँगनमै आइपुगेको छ ।

दसैं भन्ने बित्तिकै हामीलाई विभिन्न परिकारको याद आउन थाल्छ । ती परिकारमध्ये पनि सबैभन्दा बढी मासुका परिकार नै प्राथमिकतामा पर्छन् । वास्तवमै दसैं र मासुको सम्बन्ध गहिरो रहेको छ । शाकाहारीबाहेक सबैले दसैंका बेला सदाभन्दा धेरै मासु घर भिœयाउने गर्छन् । फूलपातीका दिनदेखि पूर्णिमासम्म घर घरमा मासुका परिकार बन्छन् । नेवारी समुदायको कुरा गर्ने हो भने उनीहरूले राँगाको मासुको मात्रै ६–७ ओटाभन्दा बढी परिकारहरू बनाएर खाने गर्छन् । कतिले घरमै मासु काछन् भने अधिकांशले खरिद गर्छन् । यो पटक बर्डङ्खलु निकै पटक देखा परेको कारणले गर्दा पनि कुखुराको मासुको परिकार खानेहरू केही हिच्किएका छन् ।

जे होस् विभिन्न जातजातिले आफूले रुचाएको मासु खान घरमै पनि बली चढाएर खाने चलन पनि रहेको छ । तर, धेरैजसोले भने बजारबाट किनेर ल्याएर मासु खाने गर्छन् । बजारदेखि उपभोक्ताका घरसम्म मासु आइपुग्दा यो स्वास्थ्यका दृष्टिकोणले कतिको उपयुक्त हुन्छ कसैलाई हेक्का हँुदैन । अझ हाम्रै गाउँघरमा केही यस्ता मानिसहरू पनि छन् जो अलि–अलि बसाएको मासु खान पाइएन भने दसैंजस्तै लाग्दैन भनेर भन्छन् । मांसहारीका लागि दसैंमा मासुको महŒव साँच्चै ठूलो हुन्छ । आफन्तसँग भेटघाट गरी आशीर्वाद थापेर सँगै बसी मिठामिठा मासुका परिकार खाँदा मन निकै आनन्दित भएको महसुस हुन्छ । तर, यसरी उत्सव र चाडका बेला खुसी साट्न र मनोरञ्जनका लागि प्रयोग गरिने मासु मान्छेका लागि कति खतरनाक हुन सक्छ त्यो थोरैले मात्र महसुस गरेका छन् ।

प्रायः धेरै जसो मानिसहरूले मासु कस्तो ठाउँमा, कसरी काटिन्छ भन्ने वास्ता समेत नगरी मासु खरिद गर्ने गर्छन् । अझसम्म पनि विभिन्न हाटबजार साथै गाउँघरमा राँगा, खसी, सुँगुर र कुखुराका मासु साइकल र गाडामा हालेर नछोपिकनै बाटोभरि रगत चुहाउँदै लैजाने गरेको दृश्य पनि देखिन्छ । त्यस्तै बाटोबाटोमा नछोपिकनै झिँगा भन्काएर मासु बेच्ने पसलेहरू पनि धेरै देखिन्छन् । मासुको परिकार बनाएर खानेले स्वस्थकर मासुसम्बन्धी पूर्वज्ञान लिन जरुरी छ । जीव–जनावरलाई बध गरेर त्यसको मासु खाँदा जीवजन्तुलाई लागेको रोग मानिसमा पनि सर्न सक्छ । अहिले कतिपय देशमा चराबाट सरेको बर्डङ्खलुयक्त मासु खाएर कैयौंको ज्यान पनि गइसकेको छ ।

नेपालमा भने बर्डफ्लुका कारण मानिसको मृत्यु नै भएको समाचार भने आएको छैन । तैपनि, हामीलाई सायद यो पनि ज्ञान नहुन सक्छ कि मानिसमा लाग्ने करिब ८० प्रतिशत रोग रोगी जीवजन्तुको मासुबाट सर्छ । जन्डिस, एमोबिक डिसेन्ट्री (झाडापखाला), टाइफाइड, कलेरा (झाडावान्ता), क्षयरोग, अंकुसे जुका, टेपवर्म (नाम्लेजुका), बँदेल वा सुँगुरमा हुने ट्रिचिनोसिस आदि मुख्य रोग हुन् । यी रोगहरू मानिसमा रोगी जनावर, जनावरलाई काटमार गर्ने अस्वस्थकर स्थान, काटमार गर्ने स्थानबाट बिक्री वितरण गर्ने पसलसम्म पु¥याउँदा गरिनुपर्ने सफाइमा हेलचक्र्याइँ आदिले मानिसमा सर्छ । हामी नेपालीहरू कला र संस्कृतिका धनी छौं । यसमा हामी गर्व पनि गर्छौं, तथापि कतिपय चलन हाम्रै लागि घातक पनि छन् ।

जीवजन्तुलाई दुःख दिएर मार्ने हाम्रो चलन छ । दसैंका लागि त हजारौं जनावरहरूलाई विभिन्न जातिका समुदायले आफ्ना परम्परा संस्कारअनुसार बली चढाउने गर्छन् । बली चढाउँदा दुःख दिएर मार्ने र रगत चढाउने गरिन्छ । हरेक दृष्टिले यो राम्रो होइन । जीव वैज्ञानिकहरूका अनुसार पनि दुःखले छटपटाएको जनावरको शरीरमा एक प्रकारको हार्मोन निस्कन्छ र त्यो रगतको माध्यमबाट शरीरका सबै स्थानमा फैलिन्छ । त्यस्तो मासुले मानवको शारीरिक र मानसिक स्वास्थ्यलाई नराम्रो असर गर्छ । त्यो जनावर रोगी पनि रहेछ भने त ज्यादै खतरनाक पनि हुन सक्छ । दुःखले छटपटिएर मरेको जनावरको मासु खाँदा सुरुमा त केही पनि हुँदैन तर भविष्यमा मानिसको रक्त सञ्चालन र मेटाबोलिजमा प्रतिकूल असर पर्न सक्छ ।

त्यसैले पनि हरेक वर्ष विरोध हुँदै आएको बली प्रथालाई कुन रूपमा लैजाँदा स्वास्थ्यमा असर नहोला भनी सोच्ने बेला आएको छ । हामी यदि सभ्य मानव हौं भने हामीले जनावरको अधिकारलाई पनि नकार्न हुँदैन । स्वास्थ्यकर मासुको आपूर्तिलाई ध्यान दिई आधुनिक बधशालाको चलन बढेको छ । आधुनिक बधशालामा जनावरलाई दुःख दिएर मारिँदैन । उनीहरूलाई बेहोस् गरेर मारिने र रगतसँग पनि लथपथ नगरिने हँुदा मासु स्वस्थकर मानिन्छ । नेपाल सरकारले पनि आधुनिक बधशालालाई प्राथमिकताका साथ लागू गर्न ऐनमा परिमार्जन गरी कडाइका साथ लागू गर्नुपर्छ ।

किनभने यसले लाखौंै नेपालीको स्वास्थ्यलाई प्रत्यक्ष असर पार्छ । मासु खानेले पनि मासुबाट लाग्ने रोगबाट बँच्न रोगी वा रोग लागेर मरेका जनावरको मासु नखाने, मासुमा आन्द्राभुँडी नमिसाउने, व्यवस्थित बधशालाबाट ताजा मासु चिनेर खरिद गर्ने, पशु खरिद गर्न परे निरोगी र स्वास्थ्य पशु मात्र खरिद गर्ने, मासु राम्ररी पखालेपछि उमालेर अथवा पकाएर खाने गर्नुपर्छ । हाम्रो देशमा केही जनजातिमा अहिले पनि मासु उसिनेर टपरामा सिन्काले प्याक गरी अन्य कोसेलीसँग बोकेर टीका लगाउन जाँदा लैजाने चलन रहेको छ । यो चलन पहाडी भेगमा बढी र तराई तथा सहरी क्षेत्रमा बसोबास गर्नेहरूले पनि मान्छन् । दसैंभरि मासु खाँदा तथा यसरी बोकेर लैजाँदा आर्थिक अवस्था कमजोर भएकाहरू कतिपय ऋणमा डुब्ने गरेका छन् । ऋण गरी ल्याएको मासु स्वस्थकर भएन भने यसले बिरामी भिœयाएर थप ऋणको भारी बोकाउन सक्छ ।

यो कुरामा पनि ध्यान दिन जरुरी छ । साथै यसरी मासु उसिनेर बोकिरहँदा मासु कुहिने समस्या पनि हुन्छ भने झन्झटिलो साथै महँगो पनि पर्न जान्छ । पुरानो संस्कारलाई समयअनुसार परिवर्तन गर्दै लैजान पनि सकिन्छ । मासु बोक्ने ठाउँमा अन्य फलफूल तथा छिटो नबिग्रने खानेकुराहरू पनि बोक्न सकिन्छ । मासु प्रयोग गर्ने उपभोक्ताले पनि आफ्नो स्वास्थ्यका लागि सचेत बन्नुपर्ने देखिन्छ भने यसलाई व्यवस्थित गर्न राज्यको तर्फबाट पनि पहल हुन जरुरी छ ।

हुन त नेपाल सरकारले ०५५ सालमै मासुको स्वस्थता र गुणस्तर कायम राख्न, स्वच्छ व्यापारलाई प्रोत्साहन दिन, मासुबाट बन्ने खाद्य पदार्थमा मिसावट रोक्नका लागि पशु बधशाला तथा मासु जाँच ऐन बनाएको त छ । तर, यी ऐननियमहरू व्यवहारमा लागू भएका छैनन् । यसतर्फ पनि सबैको ध्यानाकर्षण हुन जरुरी छ । दसैं दसा नबनोस् यसका लागि बेलैमा सबै सचेत बनौं । स्वस्थ मासु खाऔं र दसैं रमाइलोसँग मनाऔं ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: फिचर
1.   नाट्टाको ५१ औं साधारण सभा एक झलक
2.   थाई नरेश भुमिबोलको अन्तेष्टिमा नेपालीवासीहरुको श्रद्धासुमन (फोटोफिचर)
3.   लाप्राक नमुनाबस्ती निर्माण अन्तिम चरणमा (फोटोफिचर)
4.   इन्टरनेशनल मेनपावरमा अन्तर्वार्ता दिनेको ओइरो (फोटो फिचर)
5.   तपाइँ कतिको सकारात्मक हुनुहुन्छ ?
6.   १७औं राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताहको शुभारम्भ ( फोटो फिचर )
7.   ‘आउट अफ ट्रयाक’मा श्रम मन्त्री देखि विदेशी
8.   सामाजिक सेवामा रोटरी र लिस्नर्स क्लब : रक्तदान र दन्त परिक्षण शिविर सम्पन्न ।
9.   कामदार विदेश पठाइदिएर व्यवसायीले कसैलाई गुन लगाएका होइनन्ः प्रधानमन्त्री ओली
10.   मनै लोभ्याउने रानिकोट (फोटोफिचरसहित)
11.   प्रत्येक घरका एक जनालाई जागिर दिने योजना
12.   लोक विजयसंग रेडियोमा एक घण्टा
13.   श्रीमतीले सोध्छिन , कहॉ काम गर्नु हुन्छ ?
14.   आफु मरेरै यात्रु बचाउने यी महान पाइलट
15.   फ्री भिषा फ्री टिकटको विरुद्ध मेनपावर नै बन्द गरि आन्दोलनमा व्यवसायीहरु (फोटोफिचर)
16.   मलेसियाको दुतावासमा नेपालीको पीडा (फोटोफिचर)
17.   यसरी गरियो नयाँ बर्षको स्वागत
18.   घरबेटीले बिधान बनाए भनेपछि डेरावाल पनि के कम ।
19.   नेपालको छाउपडी कुप्रथाबारे गार्डियनको फोटोकथा
20.   सजिलो छैन कोरियाको रोजगारी
21.   वैदेशिक रोजगार विभागको बेहाल (फोटो फिचर)
22.   मण्डेलाको अन्तिम विदाइ(फोटोफिचर)
23.   ग्राहक तान्न ब्रान्डेड कार कम्पनीका बिशेष उपहार
24.   स्वस्थ मासु र रमाइलो दसैं
25.   विजयादशमिको पहिलो दिन घटस्थापना
Results 32: You are at page 1 of 2
1 2 Next Last

Powered By : Unitech Media