सोमवार, असार ११ गते, २०७५
वैदेशिक रोजगारको वास्तविक कथा
विहिवार, २०७२ भाद्र ०३ गते १७:१२

 

 
.
‘भन्थ्यौ आमा नेपालमा दुःख छ
विदेशमा त पैसाको रुख छ
कालो बादल निलो आकासमा
गयौ आमा चढेर जहाजमा
फर्केयौ बाकसमा’


नेपाली कथानक चलचित्र ‘परदेशी’को फस्टलुक सार्वजनिक समारोहमा निर्देशक तथा निर्माता नारायण रायमाझिले प्रस्तुत गरेको चलचित्रको यो गीत सुन्दा उपस्थित आगन्तुक र संचारकर्मी निकै भावुक बने ।

वास्तवमै वैदेशिक रोजगार नेपालीहरुको लागि रहर नभई बाध्यता बनेको यथार्थ छर्लंङ्गनै छ । रेमिट्यान्स नै मुलुकको अर्थतन्त्रको मेरुदण्ड बनिरहदा उनै प्रवासमा रहेका नेपालीको दुःख, पीडा र समस्या भने दिनानुदिन बढिरहेका छन् । विदेश भन्नासाथ पैसाको बोट छ भन्ने हाम्रो मानसिकताका कारण आँखै चिम्लेर वैदेशिक रोजगारीमा जाँदा यस्ता समस्याका घटना बढेको चलचित्रको मुल सन्देश छ ।

चलचित्र परदेशीले विशेषगरी खाडी क्षेत्रमा घरेलु महिला कामदारका दर्दनाक पीडा, उनीहरुको अवस्था तथा कार्यस्थलमा भोग्नुपरेका शोषणका घटनाका अलवा परिबन्दले फस्न पुगेका कैयौ नेपालीका दर्दनाक कथा बोलेको छ । हरेक घरबाट वैदेशिक रोजगारका क्षेत्रमा जान बाध्य नेपालीको साझा कथा चलचित्रले बोकेको बताउदै निर्देशक  रायमाझिले भने –‘हाम्रो उद्देश्य वैदेशिक रोजगारमा जानु हँुदैन भन्ने होइन । केही ज्ञान, सीप र जानकारी लिएर गए समस्यामा परिदैन भन्ने नै हो ।’ करिब ३ बर्षको अनुसन्धान र अध्ययन पछि बनेको परेदेशी चलचित्र यही दशैको फुलपातीदेखि नेपालभर प्रदर्शनमा आउँदैछ ।



चलचित्रको छायांकन खाडीमा पनि गरिएको र त्यहाँ कार्यरत नेपालीहरुको सल्लाह र सुझाव लिइएको निर्देशक रायमाझिको भनाई छ । कसैलाई बद्नाम गराउने भन्दा पनि वैदेशिक रोजगारमा जाँदा प्रकृया पु¥याएर गएको खण्डमा समस्या नआउने सन्देश यस फिल्मले बोकेको निर्माता राजेश बंशलले जानकारी दिए । चलचित्र परदेशीलाई संसारा मनि ट्रान्सफरले साथ दिएको छ ।

फस्टलुक समारोहमा अतिथि समेत रहेका वरिष्ठ अधिवक्ता तथा संविधानविद डा. भिमार्जुन आचार्यले भने ‘च्यारिटी शो हेर्ने मौका मिल्यो, चलचित्र हेर्दा आँशु नै झर्यो । यत्तिको मौलिकता बोकेको र आम नेपालीको साझा समस्या बोकेको यस्तो चलचित्र पनि सफल नभए सिनेकर्मीहरुले नेपाली कला, संस्कृती र मौलिकता बोकेको चलचित्र नबनाए पनि हुन्छ ।’

निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले परदेशी विशुद्ध मौलिक र मन छुने चलचित्र भएको संज्ञा दिदै भने –‘परदेशी नेपाली समाजको यस्तो यर्थाथ चित्रण हो जुन साजसज्जा र मेकअप विनानै उत्कृष्ट मौलिक छ ।’ यस्तै कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रीयले काल्पनीक नभई मन नै छुने वास्तविक जिवनको कथा बोकेको यो चलचित्र सफल हुनेमा आफु आशावादी रहेको बताए ।

‘गीत सुन्दै चलचित्र प्रष्ट भयो अब सेन्सर बोर्डले यस्ता चलचित्र प्रवद्र्धनमा ध्यान दिओस’ नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले भने । उनले मौलिक नेपाली चलचित्रलाई सरकार, दर्शक र संचारकर्मीले माया गर्नुपर्ने बताउदै भने ‘गलत र छाडा प्रर्वद्धित हुने हाम्रो चलचित्रको बजारमा यस्ता मौलिक चलचित्रले सवैलाई मार्गनिर्देश गराओस ।’

प्रमुख अतिथी नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले चलचित्र परदेशी मौलिक बनेको बताए । ‘हामी नारामा नेपाली चलचित्र संरक्षणका कुरा बेजोड उठाउँछौ तर हामीले अझै पनि नेपाली कलासंस्कृती, मौलिकता र जीवनशैली पस्कन सकेका छैनौ, यस्ता चलचित्र बन्ने क्रमले हामीलाई आफ्नोपनको आभाष र इज्जत दिन्छ ।’ उनले भने ।

गोरखापल्टनको अपार सफलतापछि राजेश बंशल र नारायण रायमाझीको दोश्रो प्रस्तुती रहेको चलचित्र ‘परदेशी’ले गोरखापल्टनको शाखलाई धान्छ या धान्दैन त्यो चलचित्र प्रर्दशन पछि मात्र भन्न सकिएला तर यतीबेला यस चलचित्रप्रतिको टिप्पणी, दर्शकहरुको प्रतिक्षा र च्यारिटी शो हेरेका सर्वसाधारणको प्रतिक्रिया हेर्ने हो भने नेपाली चलचित्रको क्षेत्रमा एक कोसेढुंगोको रुपमा परदेशीले छाप छाडने भने निश्चित छ ।

नारायण रायमाझीको कथा, रमेश डीजीको पटकथा रहेको चलचित्रलाई शिव ढकालले छायांकन गरेका हुन् भने संगीत बिबि अनुरागी र नारायण रायमाझि तथा सम्पादन बनिश शाह र मिलन श्रेष्ठको रहेको छ । चलचित्रमा नायकका रुपमा इन्डियल आइडल प्रशान्त तामाङले देखिएका छन भने अन्य कलाकारमा नायिका रजनी केसी, नरेन खड्का, केशव भट्टराई, शुशिल पोखरेल, हिउँवाला गौतम, शेरबहादुर तामाङ, तारा शर्मालगायतको अभिनय रहेको छ ।  
   

 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन फिचर
1.   राष्ट्रिय पारा पौडी प्रतियोगिता सम्पन्न, खेलाडीहरु उत्साहित
2.   एकताको सन्देश दिने विश्वकपको गीत
3.   लोकदोहोरीमा उदाउदै सरीता
4.   चेन्नाईले जित्यो आईपीएलको उपाधि
5.   रियलले रच्यो इतिहास, तेस्रो पटक जित्यो च्याम्पियन्स लिगको उपाधि
6.   च्याम्पियन्स लिग फाइनल : को बन्ला युरोपियन च्याम्पियन ?
7.   सांगीतिक उचाइमा मञ्जु
8.   प्रवासमा चम्कदै नवराज
9.   लिस्नर्स क्लब र रोटरी क्लब अफ राजधानीले गहना पोखरीमा होली मनायो
10.   समाजसेवामा समर्पण
11.   फरकधारका सिर्जनामा रमाउछु
12.   सुमधुर आवाजकी धनी टीका प्रसाई
13.   ‘बाँच्न कर्म गर्छु,सन्तुष्टीका लागि सिर्जना ।’
14.   दुर्गा खरेल : स्वरमै जादु
15.   ‘कलाकारितामार्फत विश्वमा चिनिने इच्छा छ’
16.   बहुप्रतिक्षित चलचित्र ‘परदेशी’ को फस्टलुक सार्वजनिक (गीत सहित)
17.   सावित्रीको ‘शिशा होस या दिल’ दुबईमा छायांकन
18.   ‘भाग्यले बाँचेकाहरु’ को कथा वृत्तचित्रमा
19.   यर्थाथवादी धरातलमा गीतकार अधिकारी
20.   ओमानमा जनगायक जीवन शर्मा
21.   गुरुङ जाति उद्गमस्थल पहिलोपटक प्रदर्शनीमा
22.   गुरुङ जातिको उदगमस्थलबारे पहिलो फोटो प्रदर्शनी
23.   'काठमाण्डौ जादा' दुबइमा सार्वजनिक
24.   खरेलद्वयले ओमानमा हंगामा मच्चाए
25.   ‘राहादानी’को मारुनी गीत लोकसंगीत महोत्सवमा
Results 27: You are at page 1 of 2
1 2 Next Last

Powered By : Unitech Media