सोमवार, असार ११ गते, २०७५
सोमवार, २०७२ श्रावण १८ गते १२:१८

 
. नेपाली लोकदोहोरी क्षेत्रमा सक्रिय योगदान पुराउदै आएकी सावित्री गिरी कुनै नौलो नाम होइन ।२०६२ सालमा ‘अल्झियो नजर’ एल्बमबाट सांगीतिक जीवन शुभारम्भ गरेकी उनको आधुनिक गित ‘शिशा होस या दिल’ बजारमा आउने तरखरमा छ । जुन गितको भिडियोको छायांकन भर्खरै मात्र दुवईमा सम्पन्न भएको छ ।

लोकगीत ‘सेतै फुल्यो, मेलैमा सरर दोहोरी खेलैमा’, र तीजगीतहरु पढ्नलेख्न नजाने नि ईङ्लिस सिक्ने हो, छम छमी नाच्ने हो, काठमाडौ जादा अचानक सेती नदि उर्लेर आयो आदि चर्चाको शिखर चुम्न सफल रहेका छन । तिनै गायिका आज कामको शिलशिलामा प्रदेशि भुमी दुबईमा छिन । ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भने झै यहाँ रहेर पनि करिब आधा दर्जन गीतमा स्वर दिईसकेकी छिन ।

सृजना र रचनालाई निरंतरता दिईरहे पनि प्रवासमा हुदा कहिलेकाही छायांकनमा आफ्नो थिम अनुसार नहुने बताइन । भर्खरैमात्र दुबईको जेबलपार्कमा छायांकन सकिएको उनको आधुनिक गीत ‘शिशा होस या दिल’ बजारमा आउने तयारिमा रहेको छ, जसमा दुबई कार्यरत पत्रकार एबम मोडल लाल बहादुर ढेङगाले निर्देशन गरेका छन ।



२०६२ सालमा गायक बम बहादुर कार्कीको सहयोगमा गायन यात्रा आरम्भ गरेकी गिरीले रामजि खाड, राजु परियार, बिष्णु माझी, राधिका हमाल, देबि घर्ती, शिरीष देबकोटा, खड्क गर्बुजा, आदि चर्चित गायकगायिकासंग स्वर दिएकि छिन ।२०६७ सालमा कतारमा रहंदा कतारका संघसंस्थासंग मिलेर रमाइलो तीजगीत महोत्सवको संयोजक रहि ५०० भन्दाबढि नेपाली चेलीको सहभागी जुटाई तीज कार्यक्रम सम्पन्न गरेकी थिइन । जसको नेपाल टेलिभिजनले ४० मिनेट बढी प्रत्यक्ष प्रशारण गरेको थियो । त्यस कार्यक्रमले कतारमा काम गर्ने प्रबाशी नेपालीसामु थप लोकप्रियता हासिल गर्न सफल भएकि थिइन ।

सानै उमेरदेखि गीतसंगीतमा रुचि राख्ने उनी आमाले लेखीदिएको गीत कक्षाकोठामा गुरु साथीहरु लाइ सुनाउथिन । पछि क्रमशः स्कुल कलेजका सास्कृतिक कार्यक्रममा भाग लिदै सफलता बटुल्दै आज यहासम्म आएको बताईन ।

उनको काठमाडौ अनामनगर स्थित आफ्नै लगानीमा स्काईकल्चर कृयशन म्युजिक प्रालि पनि रहेको छ,जस्लाई उनको छोरी एबम गायिका ज्योती गिरीले सन्चालन गर्दै आएकि छिन । पहिले पहिले भाइ महेन्द्र गिरि, जर्मनबाट हरिप्रसाद कडेल, युएसबाट धर्मदाजु नर बहादुर गुरुङहरुले एल्बम निकाल्न आर्थिक सहयोग गरेपनी हाल आफै सक्षमभई एल्बम निकाल्ने गरेको उनले बताइन।

आफू जुन ठाउँ र परिबेशमा रहे पनि नेपाली गीतसंगीतलाई माया गरि निरंतरता दिने र सम्पुर्ण नेपालीको मौलिक पहिचान मध्ये एक गीतसंगीतको खस्कदो अवस्थालाई माथी उठाउन अनुरोध गरेकी छिन ।
सेलिब्रिटी खबरबाट



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन फिचर
1.   राष्ट्रिय पारा पौडी प्रतियोगिता सम्पन्न, खेलाडीहरु उत्साहित
2.   एकताको सन्देश दिने विश्वकपको गीत
3.   लोकदोहोरीमा उदाउदै सरीता
4.   चेन्नाईले जित्यो आईपीएलको उपाधि
5.   रियलले रच्यो इतिहास, तेस्रो पटक जित्यो च्याम्पियन्स लिगको उपाधि
6.   च्याम्पियन्स लिग फाइनल : को बन्ला युरोपियन च्याम्पियन ?
7.   सांगीतिक उचाइमा मञ्जु
8.   प्रवासमा चम्कदै नवराज
9.   लिस्नर्स क्लब र रोटरी क्लब अफ राजधानीले गहना पोखरीमा होली मनायो
10.   समाजसेवामा समर्पण
11.   फरकधारका सिर्जनामा रमाउछु
12.   सुमधुर आवाजकी धनी टीका प्रसाई
13.   ‘बाँच्न कर्म गर्छु,सन्तुष्टीका लागि सिर्जना ।’
14.   दुर्गा खरेल : स्वरमै जादु
15.   ‘कलाकारितामार्फत विश्वमा चिनिने इच्छा छ’
16.   बहुप्रतिक्षित चलचित्र ‘परदेशी’ को फस्टलुक सार्वजनिक (गीत सहित)
17.   सावित्रीको ‘शिशा होस या दिल’ दुबईमा छायांकन
18.   ‘भाग्यले बाँचेकाहरु’ को कथा वृत्तचित्रमा
19.   यर्थाथवादी धरातलमा गीतकार अधिकारी
20.   ओमानमा जनगायक जीवन शर्मा
21.   गुरुङ जाति उद्गमस्थल पहिलोपटक प्रदर्शनीमा
22.   गुरुङ जातिको उदगमस्थलबारे पहिलो फोटो प्रदर्शनी
23.   'काठमाण्डौ जादा' दुबइमा सार्वजनिक
24.   खरेलद्वयले ओमानमा हंगामा मच्चाए
25.   ‘राहादानी’को मारुनी गीत लोकसंगीत महोत्सवमा
Results 27: You are at page 1 of 2
1 2 Next Last

Powered By : Unitech Media