बुधवार, मंसिर २७ गते, २०७४
आइतवार, २०७२ श्रावण १७ गते १८:२८

 
.

एजेन्सी/ भुतजस्तो बनेर तर्साउने पोशाकमा मध्यराति सडकमा निस्किएका एक व्यक्तिले झन्डै ज्यान गुमाएका छन् । भुतजस्तै देखिने सेतो पोशाक लगाएर सडकमा मानिसलार्इ तर्साउन निस्केक एक मानिसलार्इ कारले ठक्कर दिँदा उनको अवस्था चिन्ताजनक भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पापा क्रेजी नामको समूहका सदस्य भुतको भेषमा केही दिनअघि मानिसलार्इ डराउँदै भारतको एक सडकमा मध्यराति निस्कँदा अर्का सदस्यले भने लुकेर भिडियो खिचिरहेका थिए ।

युट्युबमा हालिएको यो भिडियोमा देख्दै मानिस तर्सिने पोशाकमा एक मानिस अचानक सडकमा गुडिरहेको कारको सामुन्ने आएको देखिन्छ ।

मध्यरातिको स्ट्रिट लाइट भएको सडकमा अचानक सेतो पोशाकमा सामुन्ने आएको देख्दा कार चालकको आत्तिन पुग्छन् । भुत अगाडि आएपछि आत्तिएका उनि कारलार्इ ब्याक गर्न पुग्छन् ।
तर उनले कारलार्इ ब्याक गर्दा पनि भुतजस्तै देखिने सेतो पोशाकमा अर्का मानिस पनि कारको पछाडिको सडकमा उभिए ।

पछाडि उभिएको भुतजस्तो मानिस कारमा चढ्न थाल्यो । त्यही बेला कार चालकले हिम्मत जुटाएर कारलार्इ अघि बढाउन पुगे । चालकले कार अगाडि बढाएपछि भुतजस्ता ती मानिस कारमै चढ्न ढोका खोल्न खोज्छन् । कार चालकले तत्कालै कारको स्पिड बढाइ भुतजस्ता मानिसलार्इ किच्दै अगाडि बढ्न पुग्छन् ।

कारले किचेर भुत बनेका ती मानिसको घुँडा, कुहिना र शरीरका अन्य भागमा चोट लागेको छ ।





प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रमाइलो संसार
1.   मध्यरातमा भुत बनेर सडकमा निस्कँदा (भिडियो)
2.   क्रिकेटमा कहिल्यै नतोडिने रेकर्डः १ बलमा २८६ रन
3.   बुढी वेश्याहरुको जिन्दगी (फोटोफिचर)
4.   रेष्टुँरामा लोकप्रिय बन्न थाल्यो मुसाको कवाब
5.   आफूमा मात्र सिमित राख्नुपर्ने ६ कुरा
6.   सेक्स लगत्तै भन्न नहुने कुराहरु
7.   एक्लो महसुस गर्दै हुनुहुन्छ ? अधबैंसे मानिसलाई भाडामा लिनुहोस्
8.   छोरीका लागि मरिन् आमा
9.   जोडी टुटेकाहरुमा सम्भोगको चाहना तिब्र
10.   महिलाको झोला कति फोहोर ?

Powered By : Unitech Media