बुधवार, जेष्ठ ०९ गते, २०७५
» मनोरञ्जन
फणीन्द्र दाहाल / दोहा, कतार । बाल गायक साई उज्ज्वल कोइराला अचेल पढाइसँगै गायनमा जुटेका छन् । अत्यन्तै सुरिलो र कोमल स्वर भएका कोइरालासँग गायन क्षमता निकै परिष्कृत र परिमार्जित रहेको छ । नवलपरासी, गैडाकोट–११ स्थायी घर भएका प्रकाश र सरिता कोइरालाका सन्तान साई उज्ज्वल सानैदेखि गायनमा निकै शक्तिशाली र क्षमतावान कला देखाएर श्रोतामाझ हिजोआज आइरहेका छन् ।
रवि रोषी, दोहा । नेपालका ख्याति प्राप्त लोक दोहोरी गायक राजु परियारलाई लमजुङ सेवा समाज कतारले इदको अवसरमा दोहा झार्ने भएको छ । लमजुङ सेवा समाज कतारका जुझारु युवाहरुको सामाजिक संस्थाले लमजुङ जिल्लामा प्राविधिक शिक्षा विकासको लागि इस्लाम धर्मावलम्वीहरुको महान पवित्र पर्व बकरीदमा सो लमजुङ सांगीतिक धमाका आयोजनाको तयारी गरेको हो ।
२०७३ को हरितालिका तीजको अवसर पारेर उमा गिरी र खुमन अधिकारी नक्कली गहना बारेको गीतमा चोरबाट भोग्नुपरेको सक्कली पिडा बोकेर बजारमा आएका छन् । नक्कली गहना नामक एल्बममा समेटिएको सो गीतमा सुप्रसिद्ध अधिकारीले लोक दोहोरीमा ख्याती कमाएकी गिरीलाई स्वरमा जोडी साथ दिएका छन् । एक दर्जन जति गीत गाएर नेपाली लोकदोहोेरी सांगीतिक आकाशमा आफ्नो अलग पहिचान बनाउन सफल भएकी उमा lu/L नेपालका विभिन्न महोत्सवहरुमा आफ्नो अलग पहिचान बनाउन सफल भएकी छिन् ।
Results 8 : You are at page 4 of 8
« Prev  1 2 3 4 5 6 7 8  Next »

Powered By : Unitech Media