बुधवार, जेष्ठ ०९ गते, २०७५
» समाचार
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई आधार मानेर कुनै माध्यम वा संस्थाले मत सर्वेक्षण गर्न नहुने बताएका छन् । डा. यादवले निर्वाचन आचारसंहिताविपरीत कसैले निर्वाचनलाई लिएर मत सर्वेक्षण गरेमा निर्वाचन आचारसंहिता उल्लंघन गरेबापतको कारबाही हुने जानकारी दिए ।
पहिलो चरण अन्तर्गत आज बिहानदेखि ३२ जिल्लामा सुरू भएको मतदान कार्य सम्पन्न भएको छ । उच्च हिमाली क्षेत्रका मतदान केन्द्रहरूमा चिसोका कारण केही समय ढिलो मतदान सुरू भएतापनि मतदान कार्य सोचेजस्तै ढंगले सकिएको निर्वाचन आयोगले बताएको छ ।
मुलुकका हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य अहिले बिहान ७ बजेदेखि शुरु भएको छ । प्रदेश नं १ का ७, प्रदेश नं ३ का ६, प्रदेश नं ४ का ६, प्रदेश नं ५ का २, प्रदेश नं ६ का ७ र प्रदेश नं ७ का ४ जिल्लामा यो निर्वाचन भइरहेको छ ।
Results 36 : You are at page 6 of 36
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36  Next »

Powered By : Unitech Media