बुधवार, माघ ०३ गते, २०७४
» समाचार
अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट विदेश जाने र फर्कनेहरुको रेकर्ड चैत्र १० गतेवाट राख्ने भएको छ । विगतमा यसप्रकारको कुनै पनि रेकर्ड नराख्नाले विदेश जाने र फर्किएका नेपालीहरुको एकिन तथ्यांक रहन सकेको थिएन ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को प्रावधान अनुसार सन् २०१५ नोभेम्बर २४ पछि हस्तलिखित राहदानीको प्रयोगमा रोक लागेपछि अहिले नेपाली राहदानीबाहकहरुमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउने चटारो बढेको छ ।
नवनियुक्त श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले पहिला आफु मेनपावर व्यवसायी भएता पनि मन्त्रालयको कुर्सीमा वसेपछि व्यवसायीका भन्दा पनि कामदारहरुको हकहितका लागि काम गर्ने वताएका छन् । शुक्रवार मन्त्री गुरुङलाई वधाई दिनका लागि मन्त्रालय पुगेका मेनपावर व्यवसायीहरुलाई उनले सो कुरा जनाएका हुन् ।
Results 32 : You are at page 29 of 32
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32  Next »

Powered By : Unitech Media