सोमवार, असार ११ गते, २०७५
» समाचार
करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ ले पक्राउ परेका छन् । गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनलाई सार्वजनिक गरिएको हो । गोरेलाई सार्वजनिक गरेलगत्तै मोरङ जिल्ला अदालतमा पेश गर्न पठाइने भएको छ ।
सरकारले आर्थिक वर्ष २०७५र०७६ मा आर्थिक बृद्धिदर १० प्रतिशत हाराहारी पुर्‍याउने महत्वकांक्षी योजना सार्वजनिक गरेको छ । पाँच वर्षपछि सधैं १० प्रतिशतभन्दा बढीको आर्थिक बृद्धि गर्ने समेत सरकारले जनाएको छ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आउँदो वर्ष दोहोरो अंक नजिकको आर्थिक बृद्धिदर गर्ने बताएकी हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबारबाट दैनिक २१ घण्टा सञ्चालनमा आउने भएको छ । विमानस्थल हाल दैनिक १८ घण्टा सञ्चालन हुँदै आएकोमा थप तीन घण्टा बढी सञ्चालनमा ल्याइने भएको हो ।
Results 37 : You are at page 2 of 37
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37  Next »

Powered By : Unitech Media