सोमवार, बैशाख १० गते, २०७५
» प्रवास
यूएईमा रहेका नेपाली श्रमिकहरुले दुबईमा भव्यताका साथ अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस मनाएका छन् । नेपाली प्रवासी श्रमिक संघ युएई (जिफन्ट) सपोर्ट ग्रुप, युएईको आयोजनामा दुबईको मुसल्ला टावरमा भएको कार्यक्रममा यूएईका बिभिन्न क्षेत्रबाट आएका नेपाली श्रमिकहरुको उपस्थिति थियो ।
ओमानमा क्रियाशिल पाँचवटा सामाजिक संघसंस्थाहरुले बिभिन्न समस्याका कारण प्रवासमा अलपत्र परेका कामदारहरुलाई तत्काल सुविधा हुनेगरी एक आश्रय गृहको माग सहित गत शुकवार नेपाली दूतावाससमक्ष ज्ञापन बुझाएको छ ।
वैदेशिक रोजगारका लागि ओमान पुगेका बैतडीका नरबहादुर चन्द आफ्नो खुट्टा गुमाएर स्वदेश फर्कदैछन् । झण्डै ३० बर्ष पहिला ओमान पुगेका ४७ बर्षे चन्द १४ बर्षदेखि गैरकानूनीरुपमा बस्दै आएपछि नेपाली दूतावास ओमान र एनआरएन ओमानको पहलमा स्वदेश फर्कन सफल भएका हुन् ।
Results 20 : You are at page 16 of 20
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20  Next »

Powered By : Unitech Media