बुधवार, माघ ०३ गते, २०७४
» रोजगार
रोजगार मञ्च ।नेपाली दूतावास रहेका मुलुकमा वैदेशिक रोजगारीका लागि आउने कामदारको मागपत्र प्रमाणीकरण सोही देशमा रहेको राजदूतावासबाट मात्र गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले निर्देशन दिएको छ । समितिको बैठकमा सभासद्हरुले मागपत्र प्रमाणीकरणको जिम्मा ती देशका स्थानीय चेम्बर अफ कमर्स वा नोटरी पब्लिकलाई दिँदा उनीहरुको विश्वसनीयता नहुने भन्दै दूतावासमा कर्मचारी थपेर भए पनि दूतावासबाटै ती कार्य हुनुपर्ने सुझाव दिएका थिए ।
पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले १ सय ९५ जना स्थायी कर्मचारी माग गरेको छ । तीन तहदेखि आठसम्मका लागि बैंकले राजधानी र मोफसलमा कर्मचारी माग गरेको हो ।
सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि एक हजार छ सय ९९ जनाका लागि जागिरको आवेदन माग गरेको छ । प्राधिकरणले आइतवार सार्वजनिक सुचना जारी गर्दै तीनदेखि १० तहसम्मका लागि जागिरको आवेदन खुला गरेको हो ।
Results 26 : You are at page 21 of 26
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26  Next »

Powered By : Unitech Media